Connect with us
Advertisement

कोरोना भाइरस: सङ्क्रमण नियन्त्रण गर्न सकिने यी दाबी जुन नपत्याउनुहोस्

Published

on

दुर्भाग्यवश स्वास्थ्यसम्बन्धी अनुपयोगी सल्लाहको चक्र रोकिएको छैन। मानिसहरूले चर्चा गरेका केही कुरा तुलनात्मक रूपमा कम हानिकारक छन् भने कुनै घातक पनि छन्।

अनलाइन माध्यममा व्यापक भएका केही त्यस्ता दाबी र तिनबारे वैज्ञानिकहरूको धारणाबारे हामी यहाँ चर्चा गर्दैछौँ।

१. लसुन

सङ्क्रमण रोक्न लसुन खान सुझाव दिइएका पोस्टहरू फेसबुकमा शेअर भएका छन्।

विश्व स्वास्थ्य सङ्गठनका भनाइमा लसुनले स्वास्थ्यलाई राम्रो गर्छ र त्यसमा केही सूक्ष्मजीव मार्ने गुण पनि हुन्छ। तर त्यो खाँदा कोरोनाभाइरसको सङ्क्रमण हुँदैन भन्ने प्रमाण छैन।

तपाईँ प्रामाणिक चिकित्सकीय विधि पनि अवलम्बन गरिरहनुभएको छ भने धेरै परिस्थितिमा यस्ता औषधि हानिकारक नहुन सक्छन्। तर तिनले हानि गर्ने सम्भावना पनि हुन्छ।

साउथ चाइना मोर्निङ पोस्टले धेरै लसुन खाएकी एउटी महिलाबारे समाचार प्रकाशित गरेको थियो। उनले डेढ किलोग्राम लसुन खाएपछि घाँटीमा गम्भीर जलन भएका कारण अस्पतालमा उपचार गराउनुपरेको थियो।

सामान्यतया तरकारी र फलफूल खानु तथा पानी सेवन गर्नु स्वास्थ्यका लागि राम्रो भएको हामीलाई थाहा भएकै कुरा हो। तर निश्चित भाइरससँग सङ्घर्ष गर्न निश्चित खानेकुराले सहयोग गर्छ भन्ने प्रमाण छैन।

२. ‘मिरकल मिनरल’

हजारौँ फलोअर रहेका युट्युबर जोर्डन सेदरले एमएमएस भनिने ‘मिरकल मिनरल’ ले कोरोनाभाइरसलाई नष्ट गर्ने दाबी गरिरहेका छन्।

त्यसमा रङ्ग उडाउन प्रयोग गरिने पदार्थ (ब्लीचिङ एजेन्ट) क्लोरिन डाईअक्साईड हुन्छ।

सेदर र अन्य केही व्यक्तिले कोरोनाभाइरसको प्रकोप हुनुअघि पनि उक्त पदार्थको प्रवर्धन गरेका थिए। ज्यानुअरी महिनामा उनले ट्वीट गरे, “एमएमएस क्यान्सरका कोष मार्न मात्र प्रभावकारी छैन, यसले कोरोनाभाइरस पनि नष्ट गर्न सक्छ।”

एफडीएले भनेको छ, “कुनै रोगको उपचारको निम्ति यो उत्पादन सुरक्षित र प्रभावकारी रहेको कुरा कुनै अनुसन्धानले देखाएको छैन।”

उसले त्यो सेवम गर्दा वाकवाक लाग्ने, बान्ता हुने, पखाला लाग्ने र शरीरमा पानीको मात्रा कम हुने गम्भीर लक्षण देखिन सक्ने चेतावनी दिएको थियो।

३. घरेलु स्यानिटाईजर

भाइरसको सङ्क्रमण रोक्ने एउटा मुख्य विधिमा हात स्वच्छ राख्न दलिने ‘स्यानिटाईजर जेल’ पनि पर्छ। तर धेरै ठाउँबाट स्यानिटाईजरको अभाव भएको समाचार आएको छ।

इटलीमा सामाजिक सञ्जालमा घरमै स्यानिटाईजर जेल बनाउने विधिबारे चर्चा गरिएको छ।

तर त्यस्ता विधिबाट बनाइने जेल छालामा प्रयोग गर्न उपयुक्त नहुने वैज्ञानिकहरूले औँल्याएका छन्।

अल्कोहल प्रयोग गरेर बनाइएका हातमा लगाउने जेलमा प्राय: छालालाई नरम बनाउने तत्त्व पनि हुन्छन्। अल्कोहलको मात्रा ६०-७० प्रतिशत हुन्छ।

लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनकी प्राध्यापक स्याली ब्लूमफील्डका अनुसार हात सफा गर्ने प्रभावकारी जेल घरमा बनाउन सकिन्छ भन्नेमा उनी विश्वस्त छैनन्। किनभने सबैभन्दा कडा मदिरा मानिने भोड्कामा पनि ४० प्रतिशत मात्र अल्कोहल हुन्छ।

यूएस सेन्टर्स फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शनका अनुसार भुइँ वा भित्ता सफा गर्न प्राय: प्रयोग हुने डिस्इन्फेक्टन्ट नै प्रभावकारी हुन्छन्।

४. पिउने चाँदी

अमेरिकी टेलिभिजनमा इसाईधर्मको प्रचार गर्ने जिम बेकरको कार्यक्रममा “कलोइडल सिल्भर”को प्रचार गरिएको थियो। कलोइडल सिल्भरमा चाँदीका सूक्ष्म कण तरल पदार्थमा मिसाइएको हुन्छ।

उक्त कार्यक्रममा एक अतिथिले कलोइडल सिल्भरले १२ घण्टामा केही प्रकारका कोरोनाभाइरसलाई मारिदिने दाबी गरेका थिए। तर उनले कोभिड-१९ गराउने कोरोनाभाइरसमा परीक्षण नगरिएको स्वीकारेका थिए।

यसबारे सामाजिक सञ्जालमा निकै चर्चा भयो। तर अमेरिकी स्वास्थ्य अधिकारीहरूले कुनै पनि स्वास्थ्योपचारका लागि त्यसको प्रभावकारिता प्रमाणित नभएको स्पष्ट परेका छन्।

अझ महत्त्वपूर्ण कुरा के हो भने चाँदीमिश्रित पदार्थ सेवन गर्दा स्वास्थ्यमा गम्भीर नकारात्मक प्रभाव पर्न सक्छ। त्यस्ता प्रभावमा मिर्गौला बिग्रिने, छारेरोग लाग्ने र छाला नीलो हुने एक प्रकारको रोग छन्।

उनीहरूका अनुसार फलाम वा जिङ्कजस्तो धातु नभएकाले चाँदीको मानिसको शरीरमा कुनै उपयोगिता छैन।

५. प्रत्येक १५ मिनेटमा पानी खाने

धेरै जनाले सामाजिक सञ्जालमा प्रेषित गरेको एउटा सन्देशमा एक “जापानी चिकित्सक”लाई उद्धृत गर्दै प्रत्येक १५ मिनेटमा पानी खानुपर्छ भनिएको छ। उनका अनुसार त्यसो गर्दा मुखबाट शरीरमा प्रवेश गरेका भाइरसलाई बाहिर निकाल्न सकिन्छ।

त्यो सन्देश अरबी भाषामा हजारौँ पटक शेअर भएको छ।

तर प्राध्यापक ब्लूमफील्डले धेरै पानी खाँदा भाइरस पखाल्न सहयोग पुग्ने प्रमाण नभएको बताइन्।

हावाबाट सर्ने भाइरसहरू सासनली हुँदै शरीरमा छिर्छन्। तीमध्ये केही मुखमा जान सक्छन्। तर बारम्बार पानी खाए पनि तपाईँ सङ्क्रमणबाट जोगिन सक्नुहुन्न।

तैपनि पानी खानु र शरीरमा पानीको मात्रा कम हुन नदिनु राम्रो हो।

६. तातो पानीको प्रयोग गर्ने, आईसक्रीम नखाने

भाइरसलाई तातोले मार्ने दाबीसहित तातो पानी सेवन गर्ने, तातो पानीले नुहाउने वा कपाल सुकाउने उपकरण प्रयोग गर्ने जस्ता सुझाव पनि दिइएको छ।

विभिन्न देशका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शेअर गरेका सन्देशमा यूनिसेफलाई अनुचित रूपमा उद्धृत गरिएको छ।

तिनमा तातो पानी सेवन गर्ने र घाममा बस्ने गर्नाले भाइरस मर्छन् भन्ने दाबी गरिएको छ तथा आईसक्रीम नखान सुझाव दिइएको छ।

यूनिसेफका निम्ति कोरोना भाइरससम्बन्धी मिथ्या सूचनाबारे काम गर्ने शार्लोट जोर्नित्ज्काले भनिन्, “यूनिसेफलाई उद्धृत गरिएको यो कुरा पूर्णत: असत्य हो।”

उनी भन्छिन्: फ्लू भाइरस शरीरबाहिर गर्मीमा बाँच्दैनन् भन्ने हामीलाई थाहा छ, तर कोरोना भाइरसलाई कसरी तातोले प्रभाव पार्छ भन्ने अझै थाहा भएको छैन।

प्राध्यापक ब्लूमफील्डका अनुसार भाइरसका लागि शरीरलाई अनुपयुक्त बनाउन शरीर तातो राख्ने प्रयास गर्ने वा घाममा बस्ने कुरा पूर्णतया अप्रभावकारी हुन्।

“एक पटक भाइरस शरीरमा पस्यो भने त्यसलाई मार्ने कुनै उपाय छैन, तपाईँको शरीरले मात्र त्यो सँग लड्ने क्षमता राख्छ।”

उनका अनुसार शरीरबाहिर भाइरस मार्न झन्डै ६० डिग्री सेल्सीअस तापक्रम चाहिन्छ जुन साउना वा तातो पानीले नुहाउँदाभन्दा अत्यधिक हो।

तन्ना वा रुमाल ६० डिग्रीमा धुनु राम्रो हो। किनभने त्यसो गर्दा कपडामा भएका भाइरस मर्छन्। तर छाला सफा गर्ने यो उपाय व्यावहारिक छैन।

अनि तातो पानीले नुहाउँदा वा तातो पदार्थ सेवन गर्दा शरीरको तापक्रममा परिवर्तन हुँदैन। बिरामी नभएसम्म शरीरको तापक्रम स्थिर रहन्छ। –

Continue Reading

Facebook Comment

7 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इजरायल र दक्षिण कोरिया रोजगारी प्रक्रियामा रहेका उम्मेदवारलाई धैर्य गर्न सरकारको आग्रह

Published

on

युवा, श्रम तथा रोजगार मन्त्रालयले इजरायल र दक्षिण कोरियामा रोजगारीका लागि प्रक्रियामा रहेका नेपाली श्रमिकलाई नयाँ विज्ञापन तथा निर्धारित प्रणालीअनुसार अगाडि बढ्न आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै इजरायलतर्फ ‘लोटरी आउट’ भएका तथा दक्षिण कोरिया को रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत प्रतीक्षारत उम्मेदवारलाई संयमता अपनाउन अनुरोध गरेको हो ।

मन्त्रालयका अनुसार नेपाल र इजरायलबीच सन् २०२० मा सम्पन्न श्रम सम्झौता अनुसार केयर गिभर क्षेत्रका लागि २ हजार ११२ जना नेपाली श्रमिक छनोट भएका थिए । तीमध्ये अधिकांश श्रमिक इजरायल पुगिसकेको र बाँकीको प्रक्रिया जारी रहेको उल्लेख गरिएको छ ।

इजरायल जान प्रतीक्षारत युवाहरूले हालै माइतीघर मण्डला मा प्रदर्शन गरेपछि मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

विज्ञप्तिअनुसार इजरायली निकाय ‘पिबा’ को लटरी प्रक्रियामा छनोट हुन नसकेका १ हजार १५३ जना उम्मेदवारको विषयमा नेपाल सरकारले कूटनीतिक पहल गरेको जनाएको छ । तर इजरायल पक्षले हालको प्रक्रियाभित्र उनीहरूलाई समावेश गर्न नसकिने र आगामी दिनमा खुल्ने नयाँ आवेदन प्रक्रियामा पुनः सहभागी हुन सक्ने जानकारी दिएको मन्त्रालयले उल्लेख गरेको छ ।

यसैबीच, ईपीएसमार्फत दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका उम्मेदवारको हकमा पनि दुई देशबीचको श्रम समझदारी र स्थापित प्रणालीअनुसार नै प्रक्रिया सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता पीताम्बर घिमिरे द्वारा जारी विज्ञप्तिमा कोरियासम्बन्धी प्रक्रिया निर्धारित मापदण्डअनुसार नै अघि बढ्ने भएकाले अनावश्यक दबाब वा अतिरिक्त माग आवश्यक नरहेको उल्लेख गरिएको छ । मन्त्रालयले सम्पूर्ण उम्मेदवार तथा सरोकारवालालाई सहयोग र समझदारीका लागि आग्रहसमेत गरेको छ ।

Continue Reading

Banner

ओली फर्किए, भण्डारी झापा–मोरङ दौडाहामै

Published

on

विराटनगर — सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मोरङको कटहरीमा निर्माण भएको एक अस्पताल उद्घाटन गरेर शनिबार हेलिकोप्टरमार्फत काठमाडौं फर्किए । तर, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भने अझै झापा–मोरङका विभिन्न कार्यक्रममा सक्रिय रहिरहेकी छन् ।

बिहीबार विराटनगर ओर्लिएकी भण्डारी झापा र मोरङका कार्यक्रममा व्यस्त छिन् । उनको तालिका सोमबारसम्म व्यस्त छ । विराटनगर ओर्लिएपछि उनी मोरङका विभिन्न पार्टी कार्यकर्तासँग भेटघाट र विविध कार्यक्रममा सहभागी भइरहेकी छन् । शुक्रबार उनले विराटनगरमा पालिकाका उपप्रमुख–उपाध्यक्षहरूको राष्ट्रिय भेलाको उद्घाटन गरेकी थिइन् ।

शनिबार उनले झापाको बिर्तामोडस्थित देवी माविमा एमाले विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । आइतबार नारी सञ्चार गृहद्वारा आयोजित कार्यक्रममासमेत उनी सहभागी भइन् ।

भण्डारी औपचारिक कार्यक्रम मात्र होइन, अनौपचारिक भेटघाट र स–साना भेला तथा छलफलमा पनि सक्रिय देखिएकी छन् । विशेषगरी झापाका एमाले नेता तथा कार्यकर्तासँग उनले आन्तरिक बैठकसमेत गरेकी छन् । ‘झापाका ओली निकट नेता–कार्यकर्ताहरूसँग पूर्वराष्ट्रपतिज्यूले विशेष रूपमा भेटघाट गर्नुभएको थियो,’ एक नेताले बताए ।

झापामा ओली निकट मानिने प्रदेश सांसद चिन्तन पाठक, पूर्व प्रदेश सांसद वसन्त बानियाँ, झापा एमालेका उपाध्यक्ष शिव ढुंगेलजस्ता नेताहरूसँग उनले भेटघाट गरेकी थिइन् । कोशीका पूर्व मुख्यमन्त्री शेरधन राई बिहीबारदेखि नै उनीसँगै छन् । विमानस्थलमा स्वागत गर्न देखि झापा–मोरङमा आयोजित विभिन्न सभा, सम्मेलन र छलफलमा राई सहभागी छन् ।

आइतबार विराटनगर फर्किने क्रममा भण्डारीले झापाको शिवगञ्जस्थित झापा इनर्जीको उत्पादन केन्द्र अवलोकन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि विराटनगर फर्केर सोमबार मोरङको इटहरास्थित पुर्ख्यौली घर अवलोकन गर्ने र त्यसपछि काठमाडौं फर्किने तयारी रहेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।

ओलीनिकट एमालेका एक नेताले भने, ‘पार्टीका सबै तहमा संगठन बलियो बनाउन अध्यक्ष ओली व्यापक दौडाहाको तयारीमा हुनुहुन्छ । पूर्व राष्ट्रपतिज्यूको सक्रियतालाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ ।’

एमालेभित्र केही नेताहरू भण्डारीलाई सम्भावित भावी अध्यक्षको रूपमा पनि हेरिरहेका छन् । उनको दौडाहाले राजनीतिमा पुनः सक्रिय बन्ने भण्डारीको मनसाय सतहमै देखिन थालेको छ ।

प्रकाशित : जेष्ठ २५, २०८२ १०:२१

Continue Reading

Banner

सरसफाई तथा स्वच्छ वातावरण “ गुणस्तरिय खानेपानीका लागि नै हाम्रो उम्मेरदारी, लोकतान्त्रिक समुह

Published

on

 

पारदर्शी तथा सबल नेतृत्व सहितको गुणस्तरिय खानेपानी, सरसफाई तथा स्वच्छ वातावरण सहितको हाम्रो जिन्दगानी “मुल नाराका साथ सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितीमा लोकतान्त्रीक पक्षवाट युवा श्यामप्रसादढकालले अध्यक्ष पदमा उम्मेरदारी दिनुभएको छ , कुशल नेतृत्वकर्ता ,आर्थीक रुपमा पारदर्शी,सदाचार र सालिन ढकालको समुहलाइ मतदान गर्दै अत्याधिक बहुमतका साथ बिजयी गराइदिनुहुन सम्पुर्ण खानेपानीका उपभोक्ताहरुमा उहाले अनुरोध गर्नुभएको छ ।

ढकालले लामो समयदेखी सामाजीक मुल्य र मान्यताहरुलाई आत्मसाथ गर्दै यस सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा सचिवका रुपमा काम गर्दै आफ्नो २ कार्यकाल सम्पन्न गरीसक्नुभएको छ। आफ्नो २ बर्षे कार्यकालमा एउटै वडामा २ वटा खानेपानीका टयांकी मार्फत आम सर्वसाधारणलाई खानेपानी खुवाउन सफल ढकाल अध्यक्ष पदका सबैभन्दा अब्बल र बलिया उम्मेद्वार समेत हुन।

सस्थांलाइ आर्थीक रुपमा सवल बनाउन र यसलाई दिगो रुपमा संस्थागत गर्न ढकालले सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा लोकतान्त्रीक समुहको तर्फबाट अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउनु भयो । अनुभव, समर्पण र समाजसेवामा गरेको निरन्तर योगदानको मूल्यांकन गर्दै मत प्रदान गरी विजयी गराउनु हुन उहाले सम्पूर्ण आम उपभोक्ता समक्ष आग्रह गर्नुभएको छ।

 

उहाले आफ्ना कार्ययोजनाहरुमा पुराना पाईपलाईनहरुलाइ प्रतिस्थापन गरि नया पाइप लाईनहरुलाइ विस्तार गर्ने र सो का लागि सहयोग र अनुदान ब्यबस्थापन गर्ने ,यस क्षेत्रमा बसोबास गर्ने सबैमा एक घर एक धारा अनिबार्य पुर्याउने ,कमजोर आर्थिक अवस्था भएका उपभोक्ताहरुलाई नगर र वार्डमा समन्वय गरि सुलभ र सहज ढंगले खानेपानीको व्यवस्था गर्ने ,पुरानो ट्यांकी मर्मत तथा रंगरोकन गर्ने ,कम्पाउण्ड वाल लगाउने ,प्रबिधिमैत्री सस्था बनाउने ,डिजिटल ,प्रविधिको प्रयोग गरि भुक्तानी र गुनासो सुनुवईलाई छिटो छरितो बनाउने ,वास चेम्बर र फायर पोइन्ट राखी वास आउट को व्यवस्था गर्ने ,प्रत्येक आ व को पौष मसान्त सम्ममा साधारण सभा गर्ने ,कर्मचारी नीतिलाई समय सापेक्ष परिमार्जन गर्दै कार्यक्षमता बढाउदै जिम्मेवार बनाउने पानीको सुद्दता लाइ बिशेस ध्यान दिदै नियमित निरीक्षण गर्ने ,सफ्टवेयर को बिकास गरि सहज बिल भुक्तानीका लागि इ-सेवा मोबाइल बैंकिंग खल्ती बाट भुक्तानी को व्यवस्था गर्ने ,अनबिकरनिय पानीको श्रोतलाई जगेर्ना गर्न पर्यवरणीय असर र नया पानीका श्रोतहरुको खोजि गर्न विज्ञ समुहबाट परामर्श लिने लाग्य रहेका छन् , ढकालको समुहबाट उपाध्यक्षमा दिपक गुरुङ ,सचिवमा उद्दब प्रसाद अधिकारी ,कोषाध्यक्ष मा सावित्र पोख्रेल ,सहसचिवमा दिनानाथ अधिकारी ,सदस्यहरुमा बबिता कार्की अधिकारी ,लक्ष्मी भण्डारी, मकबुल मिया ,राजु बरुवाल,ज्ञान बहादुर खड्का, सिलस उराउ, त्यस्तै लेखा समिति संयोजक सरोज भट्टराई , सदस्यहरुमा कपिल पोख्रेल ,मन्दिरा थापा रहनु भएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक