कोशी प्रदेश
नोबेल २४ घण्टा नै खुल्ला छ: सञ्चालक डा. शर्मा

विराटनगरः विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. सुनिल शर्माले कोरोना संक्रमितसहित सबै किसिमका बिरामीको उपचार गर्न नोबेल अस्पताल तयार रहेको बताएका छन् ।
नोबेल अस्पताल जस्तोसुकै समस्याको पनि उपचार गर्न २४ सै घण्टा तयार रहेको उनको भनाइ छ । जुनसुकै समस्या भएका बिरामीको उपचारमा पनि नोबेल अस्पताल पछि नहट्ने भन्दै उनले सामाजिक सञ्जालमार्फत् सन्देश दिएका छन् ।
‘हामीले ५० शैयाको आइसोलेसन, ५ वटा भेण्टिलेटरसहितको १० शैयाको आइसोलेसन सघन उपचार कक्ष र २ वटा डेडिकेटेड डायलोसिस मेसिनसहितको आइसोलेटेड डाइलोसिससमेतको व्यवस्था गरेका छाँै,’ डा. शर्माले भने, ‘अफवाह फैलाउनेको भ्रममा नपर्नुहोस् । हामी जस्तासुकै बिरामीको उपचारमा सधैँ प्रतिबद्ध छौँ ।’
नोबेलमा कोरोनाका बिरामीको उपचारका लागि दुई सय बेडको आइसोलेसन वार्ड पनि तयारी अवस्थामा राखिएको डा. शर्माले बताए ।
Facebook Comment
Banner
आगमी वर्षलाई प्रदेश सरकारले कोशी पर्यटन वर्षका रूपमा मनाउने, आज घोषणा हुँदै

कोशी प्रदेश सरकारले आउँदो वर्ष २०८२ लाई कोशी पर्यटन वर्षको रूपमा मनाउने घोषणा गर्न लागेको छ । आउँदो वर्ष कोशी प्रदेशमा १० लाख पर्यटक भित्र्याउने र २ हजार नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यसहित पर्यटन वर्ष घोषणा गर्न लागिएको हो ।
तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रमा आज कोशी पर्यटन २०८२ उद्घाटन हुन लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, अन्तिम समयमा प्रधानमन्त्री ओलीको समय नमिल्ने भन्दै उद्घाटनमा सहभागी नहुने बताइएको छ । उनको सट्टामा उपप्रधानमन्त्री प्रकाशमान सिंह उद्घाटनमा सहभागी हुनेछन् ।
कोशी प्रदेशको प्रमुख आयस्रोत पर्यटन भएकोले पर्यटन वर्ष मनाउन लागिएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए । प्रदेशको आर्थिक समृद्धिको बलियो आधार पर्यटन भएको र त्यसमा पनि धार्मिक पर्यटन प्रमुख रहेको मुख्यमन्त्री कार्कीको भनाइ छ ।
शिलापत्रसँग कुरा गर्दै कार्कीले धार्मिक पर्यटनलाई जोड दिएर भारत, भुटानका पर्यटकलाई कोशी प्रदेशका भित्र्याउने बताए ।
पर्यटन वर्षका लागि ५ सयभन्दा बढी व्यक्तिहरूको प्रतिनिधित्वमा मुख्यमन्त्री कार्कीको नेतृत्वमा मूल आयोजक समिति गठन गरिएको छ । वन, पर्यटन तथा वातावरणमन्त्री सदानन्द मण्डलको नेतृत्वमा निर्देशक समिति बनेको छ ।
कोशी प्रदेशमा खुम्बु क्षेत्र, कञ्चनसंगा, मकालु, कोशी टप्पु, हलेसी, पाथिभरा, बराहक्षेत्रजस्ता चर्चित पर्यटकीय क्षेत्र रहेका छन् ।
Banner
३ थान भरुवा बन्दुकसहित २ जना पक्राउ
मोरङबाट ३ थान भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । केराबारी गाउँपालिका- ८ स्थित आमजुङ्गी सामुदायिक वन नजिकबाट उनीहरूलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय मणिराज याख्या र ३४ वर्षीय डिल्लीकुमार कार्की छन् । उक्त स्थानमा ३ जना व्यक्तिहरूले भरुवा बन्दुक बोकी हिँडिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । हाल फरार रहेका १ जनाको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Banner
प्रेस चौतारीमा पनि प्रतिस्पर्धा रोक्न खोज्दै एमाले नेतृत्व

पार्टीका विभिन्न कमिटीहरूको नेतृत्व चयन गर्दा सकेसम्म चुनावी प्रतिस्पर्धा गराउन नचाहने एमाले नेतृत्वले पत्रकारहरूको संस्था प्रेस चौतारीमा पनि सोही अभ्यासलाई निरन्तरता दिने प्रयास गरिरहेको छ।
आइतबार विराटनगरमा सुरू भएको चौतारीको दसौं राष्ट्रिय महाधिवेशनको पहिलो दिन पार्टीका सबैजसो नेताहरू चुनाव नगराई सहमतिका नेता छान्नुपर्ने कसरतमा लाग्दा उम्मेदवारहरू भने चुनाव नै मागिरहेका छन्।
महाधिवेशन सुरू नहुँदै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारीको अध्यक्ष गणेश पाण्डेलाई बनाउन मौखिक निर्देशन दिएपछि महाधिवेशन हलमा अन्योलको अवस्था छ।
उपाध्यक्ष पाण्डेलाई अध्यक्ष र चेतन अधिकारीलाई महासचिव बनाउन ओलीले निर्देशन दिएपछि अर्का उपाध्यक्ष राजेश राई समूह कसैगरी चुनावमा जाने अडानमा छ।
आइतबार बिहानसम्म पनि प्रधानमन्त्री ओली आउने भनेर प्रचारित कार्यक्रमको उद्घाटनमा उनी अनुपस्थित रहे। महासचिव शंकर पोखरेलले महाधिवेशन उद्घाटन गरे। उद्घाटन अघि पोखरेलले भानुभक्त ढकाल,राजेन्द्र गौतम, घनश्याम खतिवडा सहितका नेताहरूसहित उपाध्यक्ष राईसँग छलफल गरेका थिए।
‘पार्टीको निर्णय गणेश पाण्डेलाई अध्यक्ष बनाउनु भन्नेछ, तपाईं स्वीकारेर जानुस्’, महासचिव पोखरेलले राईलाई भनेका थिए ‘पार्टी निर्णय मान्नुस्। तपाईं पार्टी प्रचार विभागको सचिव बस्नुस्।’
उपाध्यक्ष राई निकट चौतारीका एक नेताले दिएको जानकारी अनुसार जबाफमा उपाध्यक्ष राईले प्रतिनिधिहरूबाट छनोट हुन पाउने अधिकार प्रयोग गर्न पाऊँ भन्ने अनुरोध गरेका थिए।
‘देशभरीबाट प्रतिनिधिहरू छानिएर आएका छन्, उनीहरूबाटै नेतृत्व छनोट हुने वातावरण पार्टीले बनाइदिनुपर्यो,’ राईले भनेका थिए।
महाधिवेशन विराटनगरमा भइरहेका बेला नेतृत्व भने बालुवाटारले तोक्न नहुने भन्दै राई पक्षले चुनाव माग गर्दै महाधिवेशनस्थलमा हस्ताक्षरसमेत संकलन गरिरहेको छ।
चौतारीका नेताहरूका अनुसार गएको फागुन १६ गते प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले एमाले जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतलाई एकै ठाउँ राखेर प्रेस चौतारी नेपालको अध्यक्ष राजेश राई, उपाध्यक्ष हिरामान लामा र महासचिव चेतन अधिकारीलाई बनाउन निर्देशन दिएका थिए। त्यही दिन प्रचार तथा प्रकाशन विभागको सचिव गणेश पाण्डेलाई बनाउनू भन्ने निर्देशन ओलीले दिएका थिए।
फागुन १८ मा बसेको पार्टी पदाधिकारी बैठकले गणेश पाण्डेलाई प्रचार सचिवमा मनोनीत गर्यो। उनलाई प्रचार सचिव बनाउने निर्णयबारे वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रश्न गरेका थिए।
पोखरेल आफू निकट पाण्डेलाई चौतारीको अध्यक्ष बनाउने लाइनमा थिए। उनले सचिव बनाउन नहुने बताएपछि ओलीले ‘अहिलेको आवश्यकता भएको भन्दै प्रेस चौतारी नेपालको अध्यक्ष राजेश राई, उपाध्यक्ष हिरामान लामा र महासचिव चेतन अधिकारी बनाउन’ निर्देशन दिएका थिए। लामा हालका महासचिव हुन् भने अधिकारी यसअघि ओली प्रधानमन्त्री हुँदा सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन्।
तर, चैत ६ को रातिपछि भने ओलीले एकाएक निर्णय फेरे।
‘६ चैतको रातिपछि एमाले सचिवालय बैठककै निर्णय उल्टियो’, चौतारीका नेताहरू भन्छन् ‘त्यसदिन बालुवाटार पुगेका जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई ओलीले त्यसरात गणेश पाण्डेलाई अध्यक्ष बनाएर आउन निर्देशन दिएका रहेछन्।’
ओलीको सोही निर्देशनपछि उपाध्यक्ष राजेश राईले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए भने गणेश पाण्डेले प्रचार सचिवबाट राजीनामा दिँदै उम्मेदवारी घोषणा गरेका छन्।
अध्यक्षमा दाबी पेस गरिरहेका राई र पाण्डेले उम्मेदवारी घोषणा गर्दा एकअर्काविरूद्ध कटाक्ष पनि गरिरहेका छन् ।
पाण्डेले राईलाई यसअघि कहिल्यै ओलीलाई साथ नदिएको, २०७७ को महासंघ निर्वाचनमा चौतारीका उम्मेदवार हराउन भूमिका खेलेको लगायतका आरोप लगाइरहेका छन् भने राई र उनी पक्षका नेताहरूले पाण्डेको पृष्ठभूमिबारे नै प्रश्न उठाइरहेका छन्।
लमजुङका पाण्डे शाहीकालमा राजाले गठन गरेको पत्रकार महासंघको समानान्तर समितिमा रहेर काम गरेका व्यक्ति भएको राई पक्षको आरोप छ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login