स्थानीय तह
सुन्दर टोल विकास समितिद्वारा गोदावरी विद्या मन्दिर स्कुलको सहयोगमा खाद्यान्न वितरण
बेलबारी, १९ चैत / बेलबारी वाड नं. ३ स्थित सुन्दर टोलमा सुन्दर टोल विकास समितिले गोदावरी विद्या मन्दिर सेकेण्डरी बोर्डिङ स्कुलको सहयोगमा ज्यालामजदुरी गर्ने परिवारलाई खाद्यान्न वस्तु वितरण गरेको छ । बुधवार बेलबारी वाड नं. ३ स्थित सुन्दर टोलमा नगरपालिका र वाड कार्यालयसँगको समन्वयमा र गोदावरी स्कुलको सहयोगमा १० परिवारलाई खाद्यान्न वस्तु वितरण गरेको हो । ज्याला मजदुरी गर्ने परिवारको पहिचान गरी राहत वितरण गरेको टोल समितिले जनाएको छ ।

टोल समितिले परिवार सदस्य सङ्ख्याको आधारमा खाद्यान्न वितरण गरेको छ । प्रति परिवारमा १ देखी २ जना सम्म सदस्य सङ्ख्या भएका लाई १० केजी चामल र १ केजी दाल, ३ देखी ४ सम्म सदस्य भएकालाई २० केजी चामल र १ केजी दाल र ५ देखी माथि सदस्य सङ्ख्या भएकालाई ३० केजी चामल र १ केजी दाल वितरण गरिएको सुन्दर टोल विकास संस्थाले जनाएको छ । सुन्दर टोल भित्र रहेका ज्याला मजदुरी गर्ने ३१ परिवार मध्य निजी संस्थाको सहयोगमा पहिलो चरणमा १० परिवारलाई मात्र सहयोग भएको संस्थाले जनाएको छ ।
बाकी रहेको २१ परिवारलाई नगरपालिकाले खाद्यान्न प्रदान गर्ने बेलबारी नगरका प्रवक्ता तथा वाड नं. ३ का अध्यक्ष योगेन्द्र सुवेदीले बताएका छन् । सुन्दर टोलमा अवस्थित गोदावरी स्कुलले ज्याला मजदुरी गर्ने परिवार कोही पनि भोको रहनु नपरोस् भनेर खाद्यान्न खरिदको लागि टोल विकास संस्थालाई सहयोग गरेको स्कुलका सञ्चालक ललित राईले बताएका छन् । उनले भने, ‘सुन्दर टोलमा हाम्रो शैक्षिक संस्था छ । तसर्थ हाम्रो पनि केही जिम्मेवारी बन्छ ।
यही सोचेर ज्याला मजदुरी गर्ने परिवारको लागि खाद्यजन्य वस्तु खरिद गर्देको हौ ।’कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको लकडाउनले उत्पन्न भएको विभिन्न समस्या मध्य ज्याला मजदुरी गर्ने परिवारमा खाद्यान्नको अभाव प्रमुख बन्दै गएको छ । यो देशको नै समस्या बनेको छ । मोरङको बेलबारीमा पनि सोही समस्याको समाधानको लागि कोही पनि भोको बस्नु पर्ने स्थिति नरहोस् भनेर नै विभिन्न स्थानीय सामाजिक संघसंस्थाले राहत वितरण गरी रहेको छ । यसै क्रममा सुन्दर टोलमा पनि गोदावरी स्कुलले खाद्यान्न वितरणको लागि गरेको आर्थिक सहयोग पनि प्रशंसा योग्य रहेको छ ।
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login