Connect with us
Advertisement

सहकारी पत्रकारिता: हिजो, आज र भोलि (सहकारी दिवस विशेषः३)

Published

on

संचारमाध्यमको धर्मलाई निर्वाह गर्दै गलत काम गर्ने सहकारी र तिनका सचालक विरूद्ध लेख्दा अभियानका नेताहरूको टाउको दुखाइ किन ? के सहकारी नेताहरू सुधार चाहदैनन् ? उनीहरू संचारमाध्यमको आलोचनात्मक सुझाव सुनेर सुन्न आवश्यक छैन र सहकारीले गरेका राम्रा कामको बारेमा किन समाचार बन्दैन त ?

नेपालमा वि.सं २०१० सालमा सहकारी विभागको स्थापना र २०१३ सालबाट सहकारी संस्था दर्ता भएको इतिहास छ । तर, लामो समय तत्कालीन राजनीतिक घटनाक्रमसँगै सहकारी क्षेत्र फस्टाउने अवसर भने पाएन् । लामो समयसम्म सरकार नियन्त्रित संस्थाका रूपमा सहकारी संस्थालाई अघि बढाइयो । जव २०४६ सालमा प्रजातन्त्र उदय भयो । जसपश्चात सरकारले अवलम्बन गरेको उदारवादी अर्थनीतिका कारण सहकारी क्षेत्रले पनि स्वतन्त्रताको अवसर पायो । सहकारी ऐन, २०४८ र सहकारी नियमावली, २०४९ का व्यवस्थाका कारण आम सर्वसाधारणले सहकारी संस्थाको छातामुिन समूहमा रही आफ्ना आर्थिक सामाजिक आवश्यकता परिपूर्तिका गर्ने वातावरण सिर्जना भयो ।

यही कारण सहकारी एउटा आन्दोलनका रूपमा स—सानो पुँजी, श्रम, सीप एकीकृत गर्दै गरिबी निवारण, आर्थिक तथा सामाजिक विकासका लागि एक महत्वपूर्ण क्षेत्रका रूपमा विकसित हुदै गयो । २०७६ सालसम्म आइपुग्दा राष्ट्रिय अर्थतन्त्रमा सहकारीले एउटा दरिलो उपस्थिति जनाइसकेको छ । सहकारी अभियानलाई व्यवस्थित रूपमा अघि बढाउनका लागि आम संचारमाध्यमको भूमिका यस लेखमार्फत उजारग गर्न खोजिएको छ । यसमा सहकारी ऐन, कानुन तथा सिद्धान्तको व्याख्या भन्दा पनि छुट्टै विटका रूपमा सहकारी पत्रकारिता गर्दाका अनुभवहरूलाई यहाँसामु प्रस्तुत गरेको छु ।

प्रजातन्त्रको उदयसँगै संचार माध्यम पनि स्वतन्त्र भए । जसका कारण संचारमाध्यमको पनि विकास हुन थाल्यो । अझ २०६२/०६३ को जनआन्दोलनको सफलता पछि त संचारमाध्यमको तीव्र विकास भइरहेको छ । देशमा संघीय व्यवस्थाको कार्यान्वयसँगै राजनीतिक स्थायीत्व संकेतले पनि लगानीकर्ताको आकर्षण दिनप्रतिदिन बढ्दो क्रममा छ । फलस्वरूप संचारमाध्यममा पनि नयाँ नयाँ लगानी थपिने क्रम तीव्र छ । संघीय राजधानीका साथै प्रदेश राजधानी र स्थानीय तहसम्म केन्द्रित भई आमसंचारमाध्यम संचालन हुन थालेका छन् ।

राष्ट्रियस्तरदेखि स्थानीयस्तरसम्म पत्रपत्रिकाका साथै टेलिभिजन, एफ. एम. रेडियो र अनलाइन संचारमाध्यमहरू बढिरहेका छन् । आमसंचारमाध्ययमा नयाँ नयाँ प्रविधिको प्रयोग समेत भइरहेको छ । संचारमाध्यम र पत्रकारिताको व्यवसायिक विकाससँगै यसमा देखिएको अर्को सकारात्मक पाटो भनेको विशिष्टकृत संचारमाध्यम र विशिष्टकृत पत्रकारिता हो ।

राष्ट्रियस्तरदेखि स्थानीयस्तरसम्म विशिष्टकृत संचारमाध्यममा विट रिपोर्टिङका रूपमा कुनै विषयमा मात्र केन्द्रित रही विशिष्टकृत पत्रकारिताको प्रचलन पनि बढिरहेको छ । यही क्रममा सहकारीलाई क्षेत्रलाई केन्द्रीत गर्दै संचारमाध्यम संचालन गर्ने तथा सहकारी विटमा पत्रकारिता गर्ने क्रम विकास हुन थालेको छ । सहकारी क्षेत्रमा मात्र केन्द्रित रही संचारमाध्यम स्थापना गर्ने र सहकारी विषयलाई बिट बनाएर पत्रकारितातर्फ समेत आकर्षण बढिरहेको छ ।

नेपालमा कृषकलाई मल, बिउ र पुँजी पु¥याउनका लागि सुरू गरिएको सहकारी क्षेत्रको दायरा वृद्धि भइरहेकै छ । आम सर्वसाधारणहरू स्वस्फूर्त रूपमा आवद्ध भई सहकारी संस्थामार्फत बचत ऋणका साथसाथै कृषि, उपभोक्ता, स्वास्थ्य, शिक्षा, स्वास्थ्य, संचार, यातायातलगायतका क्षेत्रमा समेत सहकारीमार्फत काम भइरहेको छ ।

संविधानमा सहकारीलाई सार्वजनिक र निजीसँगै आर्थिक आधारको रूपमा स्वीकार गरिएको छ । यसैगरी सहकारी दर्ता र नियमनको अधिकार स्थानीय सरकारसम्म प्रदान गरिएकाले प्रत्येक तहमा सहकारी संस्था आर्थिक तथा सामाजिक विकासका बलियो आधार बन्ने सम्भावना देखिएको छ । बलियो कानुनी र नीतिगत प्राथमिकताका कारण पछिल्लो समय सहकारीप्रति आकर्षण दिनप्रतिदिन बढ्दो क्रममा छ ।

सहकारी विभागकै तथ्याङ्क हेर्ने हो भने करिब ३५ हजार सहकारीमा ६३ लाख सर्वसाधारण आवद्ध छन् । सहकारीले देशको कुल ग्राहस्थ उत्पादनमा ४ प्रतिशत र वित्तीय पहुँचमा २० प्रतिशत भन्दा बढी योगदान पु¥याएको तथ्याङ्क छ । यसैगरी सहकारीमार्फत अरबौं आर्थिक कारोबारसमेत भइरहेको छ । सरकारले सहकारीलाई दिएको प्राथमिकता, राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान र अभियानमा सर्वसाधारणको सहभागिताका कारण सहकारी क्षेत्रका संचारमाध्यमका लागि एक सशक्त विट बनेको छ ।

सहकारीका समाचार आम सर्वसाधारणदेखि नीति निर्मातासम्म चासोको क्षेत्र बन्न थालेको छ । सहकारीका ऐन कानुनी व्यवस्थादेखि सहकारी अभियानका संघसंस्थाका गतिविधिहरू संचारमाध्यमका हेडलाइनमा समेटिन थालेका छन् । जसका कारण सहकारी क्षेत्रका कमी कमजोरीलाई चिरफार गर्दै यसका सकारात्मक योगदान सरोकारवाला माझ पु¥याउन र सहकारी क्षेत्रको विकासमा सहयोग पुगेको अनुभव गर्न सकिन्छ ।

वर्तमान अवस्था अधिकांश सर्वसाधारण सहकारीसँगै कुनै न कुनै रूपमा जोडिएको र सहकारी आम चासोको विषय भएकाले सचारमाध्यमले समाचार तथा कार्यक्रममा सहकारीलाई प्राथमिकता दिन थालेका छन् । सबैभन्दा बढी प्राथमिकता छापा पत्रकारितामा पाएको देखिन्छ । राष्ट्रियस्तरमा आधा दर्जन सहकारी क्षेत्रका मासिक पत्रिका संचालनमा छन् ।

यसैगरी सहकारीलाई प्राथमिकता दिएका केही पाक्षिक र साप्ताहिक र आर्थिक दैनिक छन् । तरm ठूला मूलधारका दैनिकमा भने न्यून मात्र सहकारी समाचार आउने गरेका छन् । यस्तै सरकारले संचालन गरिरहेको रेडियो नेपालसहित अधिकांश एफएम रेडियोहरूले सातामा एक पटक भए पनि सहकारी कार्यक्रमहरू संचालन गरिरहेका छन् ।

छुट्टै कार्यक्रम बाहेक रेडियोका मुख्य समाचार बुलेटिनहरूमा भने सहकारी समाचारले कम प्राथमिकता नपाएको देखिन्छ । यसैगरी टेलिभिजनमा सहकारीसम्बन्धी एकाध कार्यक्रम छन् । पैसा लिएर प्रशारण हुने एडर्भोटेरियल प्रकारको कार्यक्रममा सहकारी बारे प्रशारण भए पनि समाचार बुलेटिनहरूमा भने प्राथमिकता कम पाएको अवस्था छ । यसैगरी पछिल्लो समयमा विकास भएको अनलाइन संचार माध्यममा भने तुलनात्मक रूपमा सहकारी विषयले प्राथमिकता पाएको छ । सहकारी विषयलाई नै प्राथमिता दिएर केही अनलाइनहरू पनि संचालनमा छन् ।

समग्रमा भन्ने हो भने सहकारी विषयमा संचार माध्यममा प्राथमिकता पाउने क्रम बढ्दो छ । तर, केही आर्थिक पत्रपत्रिकाबाहेक अझै अधिकांश संचार माध्यममा सहकारीको रिपोर्टिङका लागि छुट्टै पत्रकार राखेको अवस्था छैन । आर्थिक क्षेत्रकै बैकिङ, कृषि या अन्य विट गरिरहेको पत्रकारलाई सहकारीको जिम्मेवारी दिएको अवस्था छ ।

सहकारीका समाचार प्रकाशन÷प्रसारणमा कम प्राथमिकता भएकाले पनि पत्रकारहरू सहकारीका समाचार रिपोर्टिङमा त्यति उत्साहित नभएको यर्थाथता हामीसामु छ । संचारमाध्यममा पनि सहकारीका सकारात्मक काम भन्दा पनि नकारात्मक घटनाले बढी प्राथमिकता पाउने गरेको अवस्था छ ।

अबको बाटो ?

नेपालमा अहिलेसम्म सहकारीको संख्यात्मक वृद्धि उच्च भएको पाइन्छ । विशेष गरी आम सर्वसाधारसम्म सहकारीको बारेमा बुझाउन, सहकारीबारे जागरण गराउनमै संचारमाध्यम समेत उपयोग भएको देखिन्छ । सहकारीको संख्यात्मक विकाससँगै यस क्षेत्रमा विकृति विसंगतिसमेत देखिन थालेका छन् । अब सहकारीका विकृति विसंगतिलाई हटाउदै यसको गुणात्मक विकास अबको आवश्यक्ता हो ।

यही आवश्यकतालाई राज्यले पनि स्वीकार गरेर नयाँ सहकारी ऐन तथा नियमावली जारी गरेको छ । अब नयाँ ऐन र नियमावली अनुसार सहकारीलाई व्यवस्थित गर्न तथा सहकारीका विकृतिमा आम सर्वसाधारण तथा सरोकारवालाहरूलाई सचेत गराउनमा संचारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ । संचारमाध्यम तथा संचारकर्मीको भूमिका नै गलत कामको खवरदारी र सकारात्मक कामको प्रचारप्रसार नै हो ।

तर, सहकारी क्षेत्रका विकृतिबारे लेख्दा संचारमाध्मप्रति गलत आक्षेप पनि लगाउने प्रवृति बढिरहेको छ । संचारमाध्यमको धर्मलाई निर्वाह गर्दै गलत काम गर्ने सहकारी र तिनका सचालक विरूद्ध लेख्दा अभियानका नेताहरूको टाउको दुखाइ किन ? के सहकारी नेताहरू सुधार चाहदैनन् ? उनीहरू संचारमाध्यमको आलोचनात्मक सुझाव सुनेर सुन्न आवश्यक छैन र सहकारीले गरेका राम्रा कामको बारेमा किन समाचार बन्दैन त ?

संचारकर्मीको आँखाले हेर्दा सहकारीले गरेका राम्रा कामको पनि धेरै समाचार आएका छन् । तर, जुन रूपमा सहकारीकर्मीले चाहेका छन्, राम्रा कामको बारेमा पनि ब्यानर न्यूज बनोस् भनेर सो स्थान पाउने स्केलमा सहकारीको काम देखिएको छैन । फेरि सहकारी संस्थाले आफू कत्तिको पारदर्शी भएका छन त ? आफ्ना गतिविधि आमसंचारमाध्यममा पु¥याउन कत्तिको पहल गरेको छन् ? यसले पनि महत्वपूर्ण भूमिका खेल्दछ ।

हो, सकारात्मक कामको पनि समाचार बन्नुपर्छ । जसको कारण राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन मिलोस् । तर संचारकर्मी आफै जादुको छडी त होइन, जसले सबै किसिमका सूचनाहरू थाहा पाओस्, उसले त जनताका सुचना आमसंचारमाध्यममा पु¥याउने मात्र हो । त्यसैले लुकेका समाचार बाहिर ल्याउनका लागि सम्बन्धित पक्षले पनि पहल गर्नु आवश्यक छ । सहकारीमार्फत भएका सकारात्मक कामको बजारीकरण गर्न सकेमा अहिलेको सहकारीहरूले अन्तर्र्रािष्ट्रय छवि बनाउन सक्छन् । यसका लागि प्रारम्भिक संस्थादेखि राष्ट्रिय संघसम्मले व्यवस्थित र योजनाबद्ध तरिकाबाट अघि बढ्न जरूरी रहेको छ ।

संघीयतामा प्रवेश गरेसँगै सहकारीको दर्ता र प्रवद्र्धनकारी निकाय फेरिएको छ । समुदायमा आधारित हुने सहकारी संस्थाहरू अब स्थानीय सरकारकै मातहतमा रहने स्थानीय आर्थिक तथा सामाजिक विकासका सहकारीको भूमिका अझै महत्वपूर्ण रहन्छ । सहकारीले गरेका सकारात्मक कामको प्रचार र सहकारीमार्फत उत्पादित वस्तुहरूको प्रवद्र्धन गर्न सके सहकारीताको विकास र उद्यमशीलताको विकासमा समेत थप बल पुग्दछ ।

यस काममा सहकारी संस्थाका विषयगत जिल्ला संघ, केन्द्रीय संघ र राष्ट्रिय सहकारी महासंघका साथै नियमनकारी निकायले पनि भूमिका निर्वाह गर्न आवश्यक छ । सहकारी बिटलाई सशक्त र प्रभावकारी बनाउनका लागि सहकारीको नियामक तथा प्रवद्र्धन गर्ने निकाय, सहकारीका संघहरू र नेपाल सहकारी पत्रकार समाजलगायत सरोकारवालाको भूमिका सशक्ति बनाउन जरूरी छ । यसैगरी सहकारी क्षेत्रको प्रवद्र्धनका लागि संचारकर्मीको पहुँच हुनेगरी सहकारीको व्यवस्थित तथ्याङ्क राख्नुपर्ने अवस्था छ ।

अहिलेसम्म नेपालका सहकारीले कहाँ के गरेका छन् भन्ने विषय स्पष्ट रूपमा आउन सकेको छैन । सहकारीको दर्ता तथा अनुगमन गर्ने निकाय विभागले सहकारी क्षेत्रको योगदानको तथ्याङ्क बाहिर ल्याउन सकेको छैन । सहकारी बारे अध्ययन, अनुसन्धान, विश्लेषणलगायत प्राज्ञिक कार्य आवश्यक छ भने व्यवस्थित सूचना प्रणाली पनि आवश्यक रहेको देखिन्छ । यसैगरी संचारकर्मीलाई सहकारी विषययमा दक्षता अभिवृद्धि गर्नका लागि राष्ट्रिय तथा स्थानीय स्तरका तालिम कार्यक्रम पनि आवश्यक छ । –  सहकारी दर्पण–२०७६

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

निर्वाचन माहोलले सेयर बजारमा उत्साह, सबै सूचक हरियो

Published

on

मुलुकमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आइतबार सेयर बजारमा सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३१.१२ अंक बढेको छ । सो वृद्धिसँगै २६७२ अंकमा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब २० करोडको कारोबार भएकोमा आज ८ अर्ब ४० करोडको भयो । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरुले धमाधम उम्मेद्वार घोषणा गरिरहेका छन् । जसले चुनावप्रतिको विश्वास बढेसँगै बजारमा सकारात्मक प्रभाव देखिएको हो ।

आज २२४ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ५ को स्थिर रह्यो । सबै समूहगत सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ५.७३ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ३.०३, बैंकिङ ०.८५, होटल तथा पर्यटन २.०२, हाइड्रोपावर ०.७०, लगानी ०.९३, जीवन बीमा १.२५, उत्पादन तथा प्रशोधन २.४२, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.६८, अन्य ०.४५ र व्यापार ०.५४ प्रतिशत बढे ।

४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्स छन् । त्यस्तै सेन्ट्रल फाइनान्सको ८.८८, गुराँस लघुवित्तको ८.८६, बन्दीपुर केबुलकारको ७.४७ प्रतिशत मूल्य बढ्यो ।

थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरे ८.७८ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा मञ्जुश्री फाइनान्स, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार र राधि विद्युत् छन् ।

Continue Reading

Banner

होटल फरेष्ट इन लिमिटेडको आईपीओ बिक्रीमा

Published

on

होटल फरेष्ट इन लिमिटेडले आज (माघ ४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ४ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको आयोजना सम्पन्न गर्दा लागेको कुल लागत ३ अर्ब ४८ करोड २१ लाख १५ हजार ५२८ रुपैयाँ रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.८६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १५.३३ वर्ष रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन्।

Continue Reading

Banner

माघमा पनि घट्यो ब्याजदर

Published

on

वाणिज्य बैंकहरूले माघ महिनाका लागि पनि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको समस्याले लागातार ब्याजदर घटाइरहेका वाणिज्य बैंकहरूले माघ महिनाका लागि त्यसलाई निरन्तरता दिएका हुन् ।

२० मध्ये १२ वटा बैंकले पुस महिनाको तुलनामा माघ महिनाका लागि ब्याजदर घटाएका छन् । ७ वटाले स्थिर राखेका छन् भने प्राइम बैंकले सामान्य बढाएको छ । बैंकले दिने अधिकतम ब्याजदर औसतमा पुसको तुलनामा माघमा शून्य दशमलव १४९५ प्रतिशत विन्दुले झरेको छ ।

पुसमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४  दशमलव ८५ प्रतिशत रहेकोमा माघमा यस्तो औसत ब्याजदर ४ दशमलव ७ प्रतिशतमा झरेको छ ।

माघ महिनामा सबैभन्दा धेरै ब्याज ग्लोबल आईएमई बैंकले ५ दशमव ५ प्रतिशत दिनेछ भने सबैभन्दा कम स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४ दशमलव ३६ प्रतिशत दिनेछ । बैंकहरूसँग ११ खर्ब रुपैयाँभन्दा धेरै कर्जा दिन मिल्ने रकम रहेको छ ।

कर्जा नगएपछि पछिल्लो समय बैंकहरूले ३ प्रतिशत र २ दशमलव ६७ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा लगेर पैसा राखिरहेका छन् । वित्तीय प्रणालीबाट राष्ट्र बैंकले ८ खर्ब ७३ अर्ब रूपैयाँ खिचिसकेको भए पनि बैंकमा लगानी योग्य रकम पर्याप्त छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक