अर्थ
सहकारी पत्रकारिता: हिजो, आज र भोलि (सहकारी दिवस विशेषः३)
संचारमाध्यमको धर्मलाई निर्वाह गर्दै गलत काम गर्ने सहकारी र तिनका सचालक विरूद्ध लेख्दा अभियानका नेताहरूको टाउको दुखाइ किन ? के सहकारी नेताहरू सुधार चाहदैनन् ? उनीहरू संचारमाध्यमको आलोचनात्मक सुझाव सुनेर सुन्न आवश्यक छैन र सहकारीले गरेका राम्रा कामको बारेमा किन समाचार बन्दैन त ?
नेपालमा वि.सं २०१० सालमा सहकारी विभागको स्थापना र २०१३ सालबाट सहकारी संस्था दर्ता भएको इतिहास छ । तर, लामो समय तत्कालीन राजनीतिक घटनाक्रमसँगै सहकारी क्षेत्र फस्टाउने अवसर भने पाएन् । लामो समयसम्म सरकार नियन्त्रित संस्थाका रूपमा सहकारी संस्थालाई अघि बढाइयो । जव २०४६ सालमा प्रजातन्त्र उदय भयो । जसपश्चात सरकारले अवलम्बन गरेको उदारवादी अर्थनीतिका कारण सहकारी क्षेत्रले पनि स्वतन्त्रताको अवसर पायो । सहकारी ऐन, २०४८ र सहकारी नियमावली, २०४९ का व्यवस्थाका कारण आम सर्वसाधारणले सहकारी संस्थाको छातामुिन समूहमा रही आफ्ना आर्थिक सामाजिक आवश्यकता परिपूर्तिका गर्ने वातावरण सिर्जना भयो ।
यही कारण सहकारी एउटा आन्दोलनका रूपमा स—सानो पुँजी, श्रम, सीप एकीकृत गर्दै गरिबी निवारण, आर्थिक तथा सामाजिक विकासका लागि एक महत्वपूर्ण क्षेत्रका रूपमा विकसित हुदै गयो । २०७६ सालसम्म आइपुग्दा राष्ट्रिय अर्थतन्त्रमा सहकारीले एउटा दरिलो उपस्थिति जनाइसकेको छ । सहकारी अभियानलाई व्यवस्थित रूपमा अघि बढाउनका लागि आम संचारमाध्यमको भूमिका यस लेखमार्फत उजारग गर्न खोजिएको छ । यसमा सहकारी ऐन, कानुन तथा सिद्धान्तको व्याख्या भन्दा पनि छुट्टै विटका रूपमा सहकारी पत्रकारिता गर्दाका अनुभवहरूलाई यहाँसामु प्रस्तुत गरेको छु ।
प्रजातन्त्रको उदयसँगै संचार माध्यम पनि स्वतन्त्र भए । जसका कारण संचारमाध्यमको पनि विकास हुन थाल्यो । अझ २०६२/०६३ को जनआन्दोलनको सफलता पछि त संचारमाध्यमको तीव्र विकास भइरहेको छ । देशमा संघीय व्यवस्थाको कार्यान्वयसँगै राजनीतिक स्थायीत्व संकेतले पनि लगानीकर्ताको आकर्षण दिनप्रतिदिन बढ्दो क्रममा छ । फलस्वरूप संचारमाध्यममा पनि नयाँ नयाँ लगानी थपिने क्रम तीव्र छ । संघीय राजधानीका साथै प्रदेश राजधानी र स्थानीय तहसम्म केन्द्रित भई आमसंचारमाध्यम संचालन हुन थालेका छन् ।
राष्ट्रियस्तरदेखि स्थानीयस्तरसम्म पत्रपत्रिकाका साथै टेलिभिजन, एफ. एम. रेडियो र अनलाइन संचारमाध्यमहरू बढिरहेका छन् । आमसंचारमाध्ययमा नयाँ नयाँ प्रविधिको प्रयोग समेत भइरहेको छ । संचारमाध्यम र पत्रकारिताको व्यवसायिक विकाससँगै यसमा देखिएको अर्को सकारात्मक पाटो भनेको विशिष्टकृत संचारमाध्यम र विशिष्टकृत पत्रकारिता हो ।
राष्ट्रियस्तरदेखि स्थानीयस्तरसम्म विशिष्टकृत संचारमाध्यममा विट रिपोर्टिङका रूपमा कुनै विषयमा मात्र केन्द्रित रही विशिष्टकृत पत्रकारिताको प्रचलन पनि बढिरहेको छ । यही क्रममा सहकारीलाई क्षेत्रलाई केन्द्रीत गर्दै संचारमाध्यम संचालन गर्ने तथा सहकारी विटमा पत्रकारिता गर्ने क्रम विकास हुन थालेको छ । सहकारी क्षेत्रमा मात्र केन्द्रित रही संचारमाध्यम स्थापना गर्ने र सहकारी विषयलाई बिट बनाएर पत्रकारितातर्फ समेत आकर्षण बढिरहेको छ ।
नेपालमा कृषकलाई मल, बिउ र पुँजी पु¥याउनका लागि सुरू गरिएको सहकारी क्षेत्रको दायरा वृद्धि भइरहेकै छ । आम सर्वसाधारणहरू स्वस्फूर्त रूपमा आवद्ध भई सहकारी संस्थामार्फत बचत ऋणका साथसाथै कृषि, उपभोक्ता, स्वास्थ्य, शिक्षा, स्वास्थ्य, संचार, यातायातलगायतका क्षेत्रमा समेत सहकारीमार्फत काम भइरहेको छ ।
संविधानमा सहकारीलाई सार्वजनिक र निजीसँगै आर्थिक आधारको रूपमा स्वीकार गरिएको छ । यसैगरी सहकारी दर्ता र नियमनको अधिकार स्थानीय सरकारसम्म प्रदान गरिएकाले प्रत्येक तहमा सहकारी संस्था आर्थिक तथा सामाजिक विकासका बलियो आधार बन्ने सम्भावना देखिएको छ । बलियो कानुनी र नीतिगत प्राथमिकताका कारण पछिल्लो समय सहकारीप्रति आकर्षण दिनप्रतिदिन बढ्दो क्रममा छ ।
सहकारी विभागकै तथ्याङ्क हेर्ने हो भने करिब ३५ हजार सहकारीमा ६३ लाख सर्वसाधारण आवद्ध छन् । सहकारीले देशको कुल ग्राहस्थ उत्पादनमा ४ प्रतिशत र वित्तीय पहुँचमा २० प्रतिशत भन्दा बढी योगदान पु¥याएको तथ्याङ्क छ । यसैगरी सहकारीमार्फत अरबौं आर्थिक कारोबारसमेत भइरहेको छ । सरकारले सहकारीलाई दिएको प्राथमिकता, राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान र अभियानमा सर्वसाधारणको सहभागिताका कारण सहकारी क्षेत्रका संचारमाध्यमका लागि एक सशक्त विट बनेको छ ।
सहकारीका समाचार आम सर्वसाधारणदेखि नीति निर्मातासम्म चासोको क्षेत्र बन्न थालेको छ । सहकारीका ऐन कानुनी व्यवस्थादेखि सहकारी अभियानका संघसंस्थाका गतिविधिहरू संचारमाध्यमका हेडलाइनमा समेटिन थालेका छन् । जसका कारण सहकारी क्षेत्रका कमी कमजोरीलाई चिरफार गर्दै यसका सकारात्मक योगदान सरोकारवाला माझ पु¥याउन र सहकारी क्षेत्रको विकासमा सहयोग पुगेको अनुभव गर्न सकिन्छ ।
वर्तमान अवस्था अधिकांश सर्वसाधारण सहकारीसँगै कुनै न कुनै रूपमा जोडिएको र सहकारी आम चासोको विषय भएकाले सचारमाध्यमले समाचार तथा कार्यक्रममा सहकारीलाई प्राथमिकता दिन थालेका छन् । सबैभन्दा बढी प्राथमिकता छापा पत्रकारितामा पाएको देखिन्छ । राष्ट्रियस्तरमा आधा दर्जन सहकारी क्षेत्रका मासिक पत्रिका संचालनमा छन् ।
यसैगरी सहकारीलाई प्राथमिकता दिएका केही पाक्षिक र साप्ताहिक र आर्थिक दैनिक छन् । तरm ठूला मूलधारका दैनिकमा भने न्यून मात्र सहकारी समाचार आउने गरेका छन् । यस्तै सरकारले संचालन गरिरहेको रेडियो नेपालसहित अधिकांश एफएम रेडियोहरूले सातामा एक पटक भए पनि सहकारी कार्यक्रमहरू संचालन गरिरहेका छन् ।
छुट्टै कार्यक्रम बाहेक रेडियोका मुख्य समाचार बुलेटिनहरूमा भने सहकारी समाचारले कम प्राथमिकता नपाएको देखिन्छ । यसैगरी टेलिभिजनमा सहकारीसम्बन्धी एकाध कार्यक्रम छन् । पैसा लिएर प्रशारण हुने एडर्भोटेरियल प्रकारको कार्यक्रममा सहकारी बारे प्रशारण भए पनि समाचार बुलेटिनहरूमा भने प्राथमिकता कम पाएको अवस्था छ । यसैगरी पछिल्लो समयमा विकास भएको अनलाइन संचार माध्यममा भने तुलनात्मक रूपमा सहकारी विषयले प्राथमिकता पाएको छ । सहकारी विषयलाई नै प्राथमिता दिएर केही अनलाइनहरू पनि संचालनमा छन् ।
समग्रमा भन्ने हो भने सहकारी विषयमा संचार माध्यममा प्राथमिकता पाउने क्रम बढ्दो छ । तर, केही आर्थिक पत्रपत्रिकाबाहेक अझै अधिकांश संचार माध्यममा सहकारीको रिपोर्टिङका लागि छुट्टै पत्रकार राखेको अवस्था छैन । आर्थिक क्षेत्रकै बैकिङ, कृषि या अन्य विट गरिरहेको पत्रकारलाई सहकारीको जिम्मेवारी दिएको अवस्था छ ।
सहकारीका समाचार प्रकाशन÷प्रसारणमा कम प्राथमिकता भएकाले पनि पत्रकारहरू सहकारीका समाचार रिपोर्टिङमा त्यति उत्साहित नभएको यर्थाथता हामीसामु छ । संचारमाध्यममा पनि सहकारीका सकारात्मक काम भन्दा पनि नकारात्मक घटनाले बढी प्राथमिकता पाउने गरेको अवस्था छ ।
अबको बाटो ?
नेपालमा अहिलेसम्म सहकारीको संख्यात्मक वृद्धि उच्च भएको पाइन्छ । विशेष गरी आम सर्वसाधारसम्म सहकारीको बारेमा बुझाउन, सहकारीबारे जागरण गराउनमै संचारमाध्यम समेत उपयोग भएको देखिन्छ । सहकारीको संख्यात्मक विकाससँगै यस क्षेत्रमा विकृति विसंगतिसमेत देखिन थालेका छन् । अब सहकारीका विकृति विसंगतिलाई हटाउदै यसको गुणात्मक विकास अबको आवश्यक्ता हो ।
यही आवश्यकतालाई राज्यले पनि स्वीकार गरेर नयाँ सहकारी ऐन तथा नियमावली जारी गरेको छ । अब नयाँ ऐन र नियमावली अनुसार सहकारीलाई व्यवस्थित गर्न तथा सहकारीका विकृतिमा आम सर्वसाधारण तथा सरोकारवालाहरूलाई सचेत गराउनमा संचारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ । संचारमाध्यम तथा संचारकर्मीको भूमिका नै गलत कामको खवरदारी र सकारात्मक कामको प्रचारप्रसार नै हो ।
तर, सहकारी क्षेत्रका विकृतिबारे लेख्दा संचारमाध्मप्रति गलत आक्षेप पनि लगाउने प्रवृति बढिरहेको छ । संचारमाध्यमको धर्मलाई निर्वाह गर्दै गलत काम गर्ने सहकारी र तिनका सचालक विरूद्ध लेख्दा अभियानका नेताहरूको टाउको दुखाइ किन ? के सहकारी नेताहरू सुधार चाहदैनन् ? उनीहरू संचारमाध्यमको आलोचनात्मक सुझाव सुनेर सुन्न आवश्यक छैन र सहकारीले गरेका राम्रा कामको बारेमा किन समाचार बन्दैन त ?
संचारकर्मीको आँखाले हेर्दा सहकारीले गरेका राम्रा कामको पनि धेरै समाचार आएका छन् । तर, जुन रूपमा सहकारीकर्मीले चाहेका छन्, राम्रा कामको बारेमा पनि ब्यानर न्यूज बनोस् भनेर सो स्थान पाउने स्केलमा सहकारीको काम देखिएको छैन । फेरि सहकारी संस्थाले आफू कत्तिको पारदर्शी भएका छन त ? आफ्ना गतिविधि आमसंचारमाध्यममा पु¥याउन कत्तिको पहल गरेको छन् ? यसले पनि महत्वपूर्ण भूमिका खेल्दछ ।
हो, सकारात्मक कामको पनि समाचार बन्नुपर्छ । जसको कारण राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन मिलोस् । तर संचारकर्मी आफै जादुको छडी त होइन, जसले सबै किसिमका सूचनाहरू थाहा पाओस्, उसले त जनताका सुचना आमसंचारमाध्यममा पु¥याउने मात्र हो । त्यसैले लुकेका समाचार बाहिर ल्याउनका लागि सम्बन्धित पक्षले पनि पहल गर्नु आवश्यक छ । सहकारीमार्फत भएका सकारात्मक कामको बजारीकरण गर्न सकेमा अहिलेको सहकारीहरूले अन्तर्र्रािष्ट्रय छवि बनाउन सक्छन् । यसका लागि प्रारम्भिक संस्थादेखि राष्ट्रिय संघसम्मले व्यवस्थित र योजनाबद्ध तरिकाबाट अघि बढ्न जरूरी रहेको छ ।
संघीयतामा प्रवेश गरेसँगै सहकारीको दर्ता र प्रवद्र्धनकारी निकाय फेरिएको छ । समुदायमा आधारित हुने सहकारी संस्थाहरू अब स्थानीय सरकारकै मातहतमा रहने स्थानीय आर्थिक तथा सामाजिक विकासका सहकारीको भूमिका अझै महत्वपूर्ण रहन्छ । सहकारीले गरेका सकारात्मक कामको प्रचार र सहकारीमार्फत उत्पादित वस्तुहरूको प्रवद्र्धन गर्न सके सहकारीताको विकास र उद्यमशीलताको विकासमा समेत थप बल पुग्दछ ।
यस काममा सहकारी संस्थाका विषयगत जिल्ला संघ, केन्द्रीय संघ र राष्ट्रिय सहकारी महासंघका साथै नियमनकारी निकायले पनि भूमिका निर्वाह गर्न आवश्यक छ । सहकारी बिटलाई सशक्त र प्रभावकारी बनाउनका लागि सहकारीको नियामक तथा प्रवद्र्धन गर्ने निकाय, सहकारीका संघहरू र नेपाल सहकारी पत्रकार समाजलगायत सरोकारवालाको भूमिका सशक्ति बनाउन जरूरी छ । यसैगरी सहकारी क्षेत्रको प्रवद्र्धनका लागि संचारकर्मीको पहुँच हुनेगरी सहकारीको व्यवस्थित तथ्याङ्क राख्नुपर्ने अवस्था छ ।
अहिलेसम्म नेपालका सहकारीले कहाँ के गरेका छन् भन्ने विषय स्पष्ट रूपमा आउन सकेको छैन । सहकारीको दर्ता तथा अनुगमन गर्ने निकाय विभागले सहकारी क्षेत्रको योगदानको तथ्याङ्क बाहिर ल्याउन सकेको छैन । सहकारी बारे अध्ययन, अनुसन्धान, विश्लेषणलगायत प्राज्ञिक कार्य आवश्यक छ भने व्यवस्थित सूचना प्रणाली पनि आवश्यक रहेको देखिन्छ । यसैगरी संचारकर्मीलाई सहकारी विषययमा दक्षता अभिवृद्धि गर्नका लागि राष्ट्रिय तथा स्थानीय स्तरका तालिम कार्यक्रम पनि आवश्यक छ । – सहकारी दर्पण–२०७६
Facebook Comment
Banner
नेप्सेमा सामान्य गिरावट
बुधबार सेयर बजार अघिल्लो दिनकै अंक २६२२ मा अडिएको छ । आज नेप्से परिसूचक जम्मा ०.२६ अंक घट्यो ।
जसले समग्र नेप्से अंकलाई खास प्रभाव परेन । अघिल्लो दिन नेप्से १९.३४ अंक घटेको थियो । कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ७८ करोडले घटेको छ । अघिल्लो दिन ५ अर्ब ७ करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडमा सीमित रह्यो ।
११० कम्पनीको मूल्य बढेको छ भने १५० को घटेको छ, त्यस्तै १८ कम्पनीको मूल्य स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.०६, जलविद्युत् ०.०९, निर्जीवन बीमा ०.१४, अन्य ०.१२ तथा व्यापार ०.७६ प्रतिशत बढे ।
विकास बैंक ०.०२, फाइनान्स ०.२२, होटल तथा पर्यटन ०.३८, लगानी ०.२८, जीवन बीमा ०.३१, उत्पादन तथा प्रशोधन ०.०४, माइक्रोफाइनान्स ०.३३ प्रतिशत घटे ।
समूहगत कारोबार हेर्दा सधैंझैं हाइड्रोपावर समूहको सबैभन्दा धेरै कारोबार भयो । सो समूहको १ अर्ब ८४ करोडको कारोबार भयो । त्यस्तै वाणिज्य बैंकहरुको ३७ करोड, उत्पादन तथा प्रशोधन ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
हालै सूचीकृत सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै भगवती हाइड्रोपावरको ३.००, गुराँस लघुवित्तको २.४१ प्रतिशत मूल्य बढ्यो ।
मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ८.४५, रिजलाइन इनर्जीको ३.३८, ग्रिन डेभलपमेन्ट बैंकको ३.०७ प्रतिशत मूल्य घट्यो ।
आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, मनकामना इन्जिनियरिङ हाइड्रोपावर तथा खानीखोला हाइड्रोपावर क्रमशः अगाडि रहे ।
Banner
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँच अनिवार्य
आउँदो मंसिर १ देखि काठमाण्डौ उपत्यकामा मासु जाँच अनिवार्य गरिने भएको छ ।
सरकारले हालै राजपत्रमार्फत सूचना प्रकाशित गर्दै पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयन गर्ने र त्यसका लागि चरणबद्ध लागू गर्ने जनाएको छ ।
काठमाण्डौ उपत्यकाका सबै पालिकामा मंसिर १ देखि अनि उपत्यकाबाहिरका सबै जिल्लाका महानगर, उपमहानगर र नगरपालिकामा माघ १ देखि ऐन लागू हुनेछ । अर्को वर्ष साउनदेखि देशका सबै गाउँपालिकामा यो ऐन लागू हुनेछ ।
ऐन लागू भएसँगै उपभोक्ताले सुरक्षित, स्वस्थ र गुणस्तरीय मासु खान पाउने अपेक्षा छ । ऐनले वधअघि र वधपछिको प्राविधिक स्वास्थ्य परीक्षण पनि अनिवार्य गरेको छ ।
ऐनको दफा ८ अनुसार पशु वध गर्नुअघि अनिवार्य रूपमा उसको स्वास्थ्य अवस्था जाँच गरिनु पर्छ भने दफा ९ ले तोकिएको व्यवस्थित वधशालामा मात्र पशु वध गर्नुपर्ने व्यवस्था गरेको छ ।
त्यस्तै, दफा १० अनुसार वध गरिसकेपछि मासु उपभोगका लागि उपयुक्त छ या छैन भनेर जाँच गर्नुपर्ने हुन्छ । ऐनको दफा ११ ले रोगी, सङ्क्रमित वा कालगतिले मरेका पशुको मासु बिक्रीवितरणमा रोक लगाएको छ भने दफा १२ र १३ ले मासु निरीक्षकले स्वीकृत गरेपछि मात्र बिक्री गर्न पाइने र मासुमा कुनै पनि प्रकारको मिसावट गर्न नपाइने उल्लेख छ ।
पशुसेवा विभागले काठमाण्डौ उपत्यकाबाट सुरु हुने अभियान कार्यान्वयन गर्न विभागले प्राविधिक जनशक्ति ९मासु निरीक्षक० खटाउने, व्यवसायीलाई मापदण्डबारे सचेत गराउने र पूर्वाधार निर्माणमा पालिकासँग पनि सहकार्य गर्ने जनाएको छ ।
Banner
नाइमा अटो शो सकियो, ३ हजार २ सयभन्दा बढी गाडी बुकिङ
२६ साउनदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो, २०२६ आज औपचारिक रूपमा समापन भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा) ले आयोजना गरेको दोस्रो संस्करणको अटो एक्सपो भव्यताका साथ सम्पन्न भएको जनाएको छ ।
२६ साउनदेखि ३१ साउनसम्म ६ दिनसम्म चलेको अटो शोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ताहरूले प्रदर्शनीको अवलोकन गरेको दाबी गरिएको छ ।
‘नाइमा मोबिलिटी एक्सपो सोचेभन्दा राम्रो र सफल भयो,’ नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले भनिन् । बर्खाको सिजन पानी पर्दा पनि अवलोकनकर्ताहरूको उत्साह उल्लेखनीय रहेको अध्यक्ष वैद्यको भनाइ छ ।
यसैगरी, नाइमा एक्सपोको संयोजकसमेत रहेका नाइमा बोर्ड सदस्य गौरव सारडाले अघिल्लो वर्षको एक्सपो भन्दा पनि यसपटक विशेष र उत्साहपूर्ण रहेको जानकारी दिए । एक्सपो संयोजन र व्यवस्थापनमा निकै थकान भए पनि सफलताले असीमित खुसी दिएको उनले बताए ।
यसैगरी, नाइमाका बोर्ड सदस्यसमेत रहेका लक्ष्मी ग्रुपका प्रमुख निराकार श्रेष्ठले एक्सपोमा उल्लेख्य मात्रामा अवलोकनकर्ताको आगमन भएको र गाडीको बुकिङ भएको बताए । उनले भने, ‘एक्सपोमा असीमित उत्साह मिलेको छ । अवलोकनकर्ताहरूको उत्साहप्रद सहभागिता अन्तिम दिनसम्मै रहर्यो । ६ दिनसम्मको शोमा उल्लेखनीय रूपमा गाडीहरूको बुकिङ भएका छन् । अब यसलाई सेल्समा कन्भर्ट गर्न कति सकिन्छ, हेरौँ ।’
यसैगरी, नाइमा बोर्ड सदस्य एवं व्यवसायी आकाश गोल्छाले अटो शोमा यसपटक अनपेक्षित उत्साह मिलेको बताए । सस्तादेखि महँगा गाडी हेर्ने मात्र नभएर बुकिङसमेत हुँदा आफू खुसी भएको उनले बताए ।
६ दिनको अटो शोमा कति भयो बिजनेस ?
नाइमा एक्सपोको अन्तिम दिन अर्थात् ३१ साउनको बेलुका सहभागी कम्पनी तथा ब्रान्डहरूले उपलब्ध गराएको तथ्यांकअनुसार चार पाङ्ग्रे सवारीतर्फ ३ हजार २ सयभन्दा बढी गाडीको बुकिङ भएको छ । उपलब्ध ब्रान्डका गाडीहरूको बुकिङ संख्या ३ हजार २९० रहेको दाबी गरिएको छ ।
यसैगरी दुई पाङ्ग्रेतर्फ १ हजार १८० भन्दामाथिको बुकिङ तथा बिक्री भएको कम्पनीहरूले दाबी गरेका छन् ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login