Connect with us
Advertisement

संक्रमणको दोस्रो चरणमा नागरिकलाई सचेत गराउन हुँदैछ ढिलाइ

Published

on

यसअघि विदेशबाट नेपाल आउने व्यक्तिमा मात्रै कोरोनाको संक्रमण देखिएकोमा नेपालमै रहने व्यक्तिमा पनि सो संक्रमण देखिएपछि सरकारले भाइरसको संक्रमण दोस्रो चरणमा पुगेको जनाएको छ ।

संक्रमण दोस्रो चरणमा पुगेको ठहर गर्दै सरकारले ‘लकडाउन’ लाई थप मजबुत बनाउँदै एउटा पालिकाबाट अर्काे पालिकामा आवतजावत गर्न बन्देज गरेको छ । के यत्ति गर्दैमा संक्रमणमा सुधार आउला त ? यसतर्फ सरकारले सचेत हुनुपर्ने देखिन्छ ।

यसअघि पनि आवश्यक काम पर्दाबाहेक मानिस घरबाट बाहिर निस्कँदैनथे । त्यसैले एउटा पालिकाबाट अर्काे पालिकामा जाँदैनथे भन्दा पनि हुन्छ । लकडाउनलाई बेवास्ता गर्ने घरबाहिर निस्किरहेकै थिए । अहिले पनि अवस्था त्यस्तै छ । यसको अर्थ नागरिक पूर्ण सचेत भएका छैनन् । नागरिक मात्रै होइन स्थानीय सरकारका प्रमुख र प्रतिनिधि नै राहत वितरण र राहत संकलनको क्रममा मास्क नलगाई तथा दूरी कायम नगरी राहत संकलन र वितरण गरिरहेका छन् । यस्तै क्रम रहे अवस्था भयावह हुन सक्छ भन्ने बारेमा धेरैले बुझे पनि पालना भने नगरेको पाइन्छ ।

त्यसैले यसतर्फ सरकार सचेत हुन जरुरी छ । दैनिक अत्यावश्यक सामान किन्न एउटै व्यक्ति बिहान र बेलुका २ पटक निस्कने क्रम उत्तिकै छ । दूध र तरकारीबाहेक अन्य उपभोग्य वस्तु कम्तीमा पनि १ हप्तालाई पुग्ने गरी किन्नुपर्छ भन्ने सोच अझै आएको पाइँदैन । यसतर्फ कडाइ गर्नुपर्ने देखिन्छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सहयोगी मनद्वारा गछिया आधारभूत विद्यालयका ९८ विद्यार्थीलाई न्यानो स्विटर वितरण

Published

on

जाडोको चिसो बढ्दै गएका बेला मोरङको गछिया आधारभूत विद्यालयमा अध्ययनरत ९८ जना विद्यार्थीलाई ‘सहयोगी   मनहरु सामाजिक संस्थाले न्यानो स्विटर वितरण गरेको छ।

आइतबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भीम अधिकारीले विद्यार्थीहरूलाई स्विटर हस्तान्तरण गर्दै शिक्षासँगै बालबालिकाको स्वास्थ्य र सुरक्षामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालय प्रशासनले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको नियमित उपस्थिती र मनोबल बढ्ने जनाएको छ। स्थानीय अभिभावकहरू पनि संस्थाको पहलप्रति खुशी देखिएका छन्।

सहयोगी   मनहरु’ संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सहयोग निरन्तर गर्ने जनाएको छ।

Continue Reading

Banner

२४३ विद्यार्थीलाई सुकुना क्याम्पसद्वारा २८ लाख ३३ हजार रुपैयाँ छात्रवृत्ति वितरण

Published

on

शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी सुकुना बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत आर्थिक कमजोर भएका परिवार, जेहेन्दार तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्ति रकमबापत २८ लाख रुपैयाँभन्दा बढी वितरण गरेको छ ।

सो कार्यक्रममा २ सय ४३ जना विद्यार्थीलाई २८ लाख ३३ हजार २ सय रुपैयाँ वितरण गरिएको थियो । अक्षयकोषबाट प्राप्त ब्याज, दाताको सहयोगलगायतबाट विद्यार्थीलाई सो परिमाणको छात्रवृृत्ति वितरण गरिएको थियो ।

प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयकी रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले क्याम्पसले ठूलो स्रोत जुटाएर धेरै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको प्रशंसनीय भएको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता छात्रवृत्ति व्यवस्थापन समितिका अध्यक्ष एवम् क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा छात्रवृत्ति प्राप्त विद्यार्थी, दाताहरू, अक्षयकोष दाताहरू, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, क्याम्पस सञ्चालक समिति, सल्लाहकार, शिक्षक–कर्मचारी तथा स्ववियु प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले स्वागत मन्तव्य राख्दै क्याम्पसले गरेका गतिविधि र उपलब्धिहरूको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्ववियु अध्यक्ष एलिस ओझा, सल्लाहकार तथा दाता गोपालबहादुर थापा, नागरिक स्वावलम्बन विकास (सिड) नेपालका निर्देशक डा. अर्जुनमणि गुरागाईँ तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले आफ्ना भनाइ राख्नुभएको थियो ।

नेपालमा सामुदायिक क्याम्पसका रूपमा प्रतिष्ठित तथा दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त सुकुना बहुमुखी क्याम्पसमा हाल ७५ लाख रुपैयाँको अक्षयकोष रहेको छ । आगामी वर्ष अक्षयकोषको आकार १ करोड २५ लाख पुर्याउने क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताउनुभयो ।

Continue Reading

Banner

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक,

Published

on

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार पूरक परीक्षामा ७३ दशमलव ४१ प्रतिशत अर्थात् ७६ हजार ३ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । गएको असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए ।

यसअघि गएको साउन ११ गते प्रकाशित भएको नियमित नतिजामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । वैशाख १४ गतेदेखि शुरू भएर २६ गते सकिएको परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ जना परीक्षार्थी सहभागी थिए ।

परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ । यसैगरी NEB Symbol Number टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिन्छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक