शिक्षा / स्वास्थ्य
एन प्याब्सन सुन्दरहरैंचाद्वारा ६१ हजार रुपैयाँबराबरको राहत सामग्री प्रदान
विराटचोकः एन प्याब्सन सुन्दरहरैंचा नगर समितिले आज सुन्दरहरैंचाको विपत् व्यवस्थापन कोषमा विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।
समितिका सल्लाहकार विनोद फुयालका अनुसार ५ सय ६० केजी चामल, ५० केजी दाल, १ सय केजी नुुन, १ कार्टुन लाइफब्वाय साबुन, ४ कार्टुन लुगा धुने साबुन र खाने तेल ५ कार्टुन हस्तान्तरण गरिएको हो ।
६१ हजार रुपैयाँबराबरको सामग्री प्रदान गरिएको हो ।

Facebook Comment
Banner
ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
ज्ञानज्योती इङ्लिश स्कुलको २८औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याएका दुई जना शिक्षा सेवि तथा पाँच जना सञ्चारकर्मीलाई सम्मान गरिएको थियो। शिक्षा सेवितर्फ पञ्चायत माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक टोम बहादुर श्रेष्ठ र पूर्व शिक्षक लक्ष्मी खरेल सम्मानित हुनुभयो। त्यसैगरी सञ्चारकर्मीतर्फ शिव भट्टराई, भोजपुरे, खेमचन्द्र अधिकारी, ग्याननाथ ढकाल, मनिराम दाहाल र लीलानाथ गच्छेदारलाई सम्मान गरिएको थियो।
उत्सवमा विद्यालयका विद्यार्थीहरूले एजुकेशनल एक्जिबिशन, विभिन्न प्रदर्शनी, नाटक, नृत्य तथा गायन प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
विद्यालयकी प्रधानाध्यापिका देवी सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख अकली देवी चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै शिक्षा र सहकार्यको महत्व उजागर गरेको विद्यालयले जनाएको छ।
Banner
रास्वपा सचिवालय बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनमा सचिवालय बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकको समय र स्थान भने उल्लेख गरिएको छैन ।
समानुपातिकतर्फका सांसदहरूको नाम सिफारिस गर्ने र पार्टीका आन्तरिक विधि–प्रक्रियासम्बन्धी विषयमा छलफल गर्ने बैठकको एजेण्डा रहेको प्रवक्ता झाले जानकारी दिए
Banner
कक्षा १२ परीक्षा मिति तोकियो, तालिका सार्वजनिक
कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार आगामी २०८३ साल वैशाख १४ गतेदेखि परीक्षा सुरु हुनेछ र वैशाख २७ गते सकिने छ । पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण र साहित्यको परीक्षा हुनेछ । वैशाख १५ गते अनिवार्य नेपाली र प्राविधिक धारतर्फको सोसल स्टडिजको परीक्षा हुनेछ । यो परीक्षा तालिका कक्षा १२ को साधारण, प्राविधिक र परम्परागत धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुका लागि हो । परीक्षामा रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ हुने परीक्षार्थीहरु सहभागी हुन पाउने छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login