कोशी प्रदेश
पहिलो चरणमा १ हजार ८ सय परिवारले राहत पाए, दाेस्राे चरणमा कतिले पाउने ?
विराटचोक: नेपालमा अहिले कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले लाकडाउन गरेको अवस्थामा छ । यसबाट धेरै घर परिवारमा खाद्यान्नको अभाव भइरहेको छ ।
विशेषगरी दैनिक ज्यालादारीमा काम गर्ने परिवारलाई संकट परेको छ । यसै क्रममा सुन्दरहरंैचा नगरपालिकाले एकद्वार प्रणालीबाट सबै परिवारमा राहत पुर्याउन सर्वपक्षीय विपत व्यवस्थापन समिति बनाएर राहत बाँडिरहेको छ ।
नगरपालिकाले पहिलो चरणमा अति विपन्न १ हजार ८ सय ५० परिवारलाई राहत वितरण गरेको छ । प्रति परिवारलाई २० केजी चामल, १ केजी दाल र १ केजी नुन राहत प्रदान गरेको छ ।
प्रत्येक वडामा बनाइएको सर्वपक्षीय विपत व्यवस्थापन समितिमार्फत् टोलटोलमा राहत वितरण भएको हो ।
वडा नम्बर १० मा २ सय जना अति विपन्न परिवारले सो राहत पाउनेछन् भने अन्य सबै वडामा १ सय ५० परिवारका दरले १ हजार ६ सय ५० परिवार गरी जम्मा १ हजार ८ सय ५० परिवारले राहत पाउने नगरपालिकाले जनाएको छ ।
प्रत्येक वडामा दाेस्राे चरणमा थप ४ सय परिवारलाई दिइन सुरु गरिएकाे छ ।
Facebook Comment
Banner
एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास
धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।
सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
Banner
जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।
सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।
कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।
Banner
बुद्धोदय साकाेसको अध्यक्ष र लेखा संयोजकमा पुनः क्रमशः खनाल र निधी
विराटनगरः विराटनगर –३ बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः राजेन्द्रप्रसाद खनाललाई चयन गरेको हो । खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र पुनः अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login