Connect with us
Advertisement

राहत लिनेको नाम सार्वजनिक होस्

Published

on

लकडाउनका कारण हातमुख जोर्न समस्या भएपछि सरकारले विपन्न व्यक्तिका लागि राहत वितरण गरेको छ । अधिकांश स्थानीय तहले राहत सामग्री वितरण गरेका छन् ।
राहत वितरणमा केही विवाद पनि आएका छन् । राहत नपाउनुपर्ने व्यक्तिले राहत लिए, कोरोनाको संक्रमणबाट बच्न लिनुपर्ने भनिएको सामाजिक दूरी राहत लिँदा पालना गरिएन भन्ने आवाज उठेका छन् । राहत दिँदा तस्बिर खिच्न मात्रै ध्यान दिएको भन्ने आवाज पनि आए । यीमध्ये कतिपय आवाज सही हुन् । कतिपयले भने केवल आलोचना मात्रै गरेको पनि हुन सक्छ । तर यी माथि भनिएका आवाज सबैतिर उठेको र राहत दिँदा तथा राहत संकलन गर्दा लिइएका तस्बिर हेर्दा ती आवाज सही भएको प्रष्ट देखिन्छ ।

सरकारले राहत संकलन गर्ने क्रममा दाताको नाम र सहयोग रकम सार्वजनिक गरेझैँ राहत लिनेको नाम पनि सार्वजनिक गर्नुपर्छ । जसले गर्दा आफ्नो वडामा कसले राहत पाए, राहत पाउनुपर्ने व्यक्तिले पाए कि पाएनन् । कत्रो परिवार हुनेले कति राहत पाए भनेर सबैले बुझ्न सजिलो हुन्छ । कतिपयको राहत दोहोरिएको पनि हुन सक्छ । एउटै व्यक्तिको स्थायी र अस्थायी गरेर दुवैतिर बसोबास छ भने उसले दुवैतिरबाट राहत पाएको हुन सक्छ । त्यस्तै डेरा गरेर बस्ने १ जना वा २ जनाको परिवार भएका र १० जनाको परिवार भएका व्यक्तिलाई समान तरिकाले राहत वितरण गर्नु पनि न्यायोचित देखिँदैन । कतिपय राहत लिन आवश्यक नभएका व्यक्तिले पनि राहत लिएको पाइएको छ । यी सबै समस्या निराकरण गर्नका लागि पनि राहत लिनेको नाम सार्वजनिक गर्नु उपयुक्त हुन्छ ।

लकडाउनको समयावधि फेरि थपिएको छ । कामना गरौँ अब लकडाउन लम्ब्याउन नपरोस् । तर, नयाँ सालमा पनि लकडाउनको अवधि थपेको घोषणा गर्नुपर्याे भने अहिले राहत लिनेलाई फेरि राहत दिनुपर्ने त छँदैछ अन्य थप मानिसलाई पनि राहत दिनुपर्ने हुन सक्छ । सो समयमा कसरी राहत वितरण व्यवस्थापन गर्ने भन्ने बारेमा पनि नीति बनाउन आवश्यक छँदैछ । यी सबै तथ्यलाई मनन गरी पहिलो चरणमा राहत लिने व्यक्तिको नाम सार्वजनिक गर्नु उचित हुने देखिन्छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सहयोगी मनद्वारा गछिया आधारभूत विद्यालयका ९८ विद्यार्थीलाई न्यानो स्विटर वितरण

Published

on

जाडोको चिसो बढ्दै गएका बेला मोरङको गछिया आधारभूत विद्यालयमा अध्ययनरत ९८ जना विद्यार्थीलाई ‘सहयोगी   मनहरु सामाजिक संस्थाले न्यानो स्विटर वितरण गरेको छ।

आइतबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भीम अधिकारीले विद्यार्थीहरूलाई स्विटर हस्तान्तरण गर्दै शिक्षासँगै बालबालिकाको स्वास्थ्य र सुरक्षामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालय प्रशासनले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको नियमित उपस्थिती र मनोबल बढ्ने जनाएको छ। स्थानीय अभिभावकहरू पनि संस्थाको पहलप्रति खुशी देखिएका छन्।

सहयोगी   मनहरु’ संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सहयोग निरन्तर गर्ने जनाएको छ।

Continue Reading

Banner

२४३ विद्यार्थीलाई सुकुना क्याम्पसद्वारा २८ लाख ३३ हजार रुपैयाँ छात्रवृत्ति वितरण

Published

on

शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरी सुकुना बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत आर्थिक कमजोर भएका परिवार, जेहेन्दार तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्ति रकमबापत २८ लाख रुपैयाँभन्दा बढी वितरण गरेको छ ।

सो कार्यक्रममा २ सय ४३ जना विद्यार्थीलाई २८ लाख ३३ हजार २ सय रुपैयाँ वितरण गरिएको थियो । अक्षयकोषबाट प्राप्त ब्याज, दाताको सहयोगलगायतबाट विद्यार्थीलाई सो परिमाणको छात्रवृृत्ति वितरण गरिएको थियो ।

प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयकी रजिष्ट्रार प्रा. डा. कल्याणी मिश्र त्रिपाठीले क्याम्पसले ठूलो स्रोत जुटाएर धेरै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको प्रशंसनीय भएको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता छात्रवृत्ति व्यवस्थापन समितिका अध्यक्ष एवम् क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा छात्रवृत्ति प्राप्त विद्यार्थी, दाताहरू, अक्षयकोष दाताहरू, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, क्याम्पस सञ्चालक समिति, सल्लाहकार, शिक्षक–कर्मचारी तथा स्ववियु प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले स्वागत मन्तव्य राख्दै क्याम्पसले गरेका गतिविधि र उपलब्धिहरूको संक्षिप्त विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा स्ववियु अध्यक्ष एलिस ओझा, सल्लाहकार तथा दाता गोपालबहादुर थापा, नागरिक स्वावलम्बन विकास (सिड) नेपालका निर्देशक डा. अर्जुनमणि गुरागाईँ तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले आफ्ना भनाइ राख्नुभएको थियो ।

नेपालमा सामुदायिक क्याम्पसका रूपमा प्रतिष्ठित तथा दोस्रो पटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त सुकुना बहुमुखी क्याम्पसमा हाल ७५ लाख रुपैयाँको अक्षयकोष रहेको छ । आगामी वर्ष अक्षयकोषको आकार १ करोड २५ लाख पुर्याउने क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले बताउनुभयो ।

Continue Reading

Banner

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक,

Published

on

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार पूरक परीक्षामा ७३ दशमलव ४१ प्रतिशत अर्थात् ७६ हजार ३ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । गएको असोज ७ र ८ गते भएको परीक्षामा १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए ।

यसअघि गएको साउन ११ गते प्रकाशित भएको नियमित नतिजामा ६१ दशमलव १७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । वैशाख १४ गतेदेखि शुरू भएर २६ गते सकिएको परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ जना परीक्षार्थी सहभागी थिए ।

परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट हेर्न सकिन्छ । यसैगरी NEB Symbol Number टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिन्छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक