बागमती प्रदेश
मृत्यु संस्कारमा मात्रै सवारी पास दिँदै जिल्ला प्रशासन कार्यालय काठमाडौं
काठमाडौंः जिल्ला प्रशासन कार्यालय काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका प्रयोजनका लागि सवारी पास नदिने भएको छ ।
थेग्नै नसक्ने गरी पासको लागि निवेदन पर्ने र त्यसले लकडाउनको उल्लंघन हुने जनाउँदै प्रशासनले मृत्यु संस्कारमा सहभागी हुनेबाहेकका कामका लागि सवारी पास नदिने निर्णय गरेको छ ।
Facebook Comment
Banner
बागमती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता हुने
नुवाकोटः नेपाल एकायन कराते संघ बेलकोटगढी, पाखुरे शाखाको आयोजनामा प्रथम बागमती प्रदेशस्तरीय एकायन कराते प्रतियोगिता सञ्चालन हुने भएको छ । मंसिर २३ गते हुने प्रतियोगिता नुवाकोट बेलकोटगढी, पाखुरे स्थित श्री पञ्चकन्या आधारभूत बिद्यालयमा आयोजना हुने भएको हो ।
विभिन्न १० तौल समूहमा खेलाइने खेलमा बागमती प्रदेशका १३ वटा जिल्लाका महिला र पुरुष गरी ९७ जना खेलाडी सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई सम्पन्न गर्न बेलकोटगढी शाखा प्रमुख समसेर लामाको संयोजकत्वमा १२ सदस्यीय व्यवस्थापन समिति र ८ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
Banner
मकवानपुर केन्द्रबिन्दु भएर ४ दशमलव ५ म्याग्निच्युटको भूकम्प
काठमाडौंः आज बिहान मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
बिहान १ बजेर १९ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको थियो ।
Banner
धादिङमा लगातार भूकम्पको धक्का
काठमाडौंः आइतबार बिहान डेढ घण्टाको अन्तरालमा धादिङमा चार पटकमा भूकम्पको कम्पन महसुस गरिएको छ ।
धादिङको ज्वालामुखी–५ खरी केन्द्रबिन्दु गरी ६ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्प मापन केन्द्रका अनुसार यो नयाँ भूकम्प नभई २०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पकै पराकम्पको निरन्तरता हो । आइतबारमात्रै धादिङ केन्द्रबिन्दु भई बिहान ७ः३९, ८ः०८, ८ः२८ र ८ः५९ मा ४ परकम्प गएको थियो ।
केन्द्रका अनुसार पहिलो कम्पन ६.१ म्याग्निच्युडको रहेको थियो । त्यसपछिको धक्का ४.२, ४.३ र ४.१ म्याग्निच्युटको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्काबाट मानवीय क्षति नभए पनि गोरखामा घरको छतबाट हाम फाल्दा १ जना महिला घाइते भएकी छिन् । भूकम्पको केन्द्रविन्दु खरी, बूढीगण्डकी तटीय क्षेत्रमा जमिनमा चिरा परेको र केही ठाउँमा पहिरो गएको बताइएको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login