विश्व
अस्ट्रेलियामा अभर परेका विद्यार्थीलाई निःशुल्क खाना खुवाउने काभ्रेली व्यवसायी
विराटचोकः काभ्रेको पनौती घर भएका अशोक तिमल्सिनाले अस्ट्रेलियाको राजधानी सिड्नीमा खानेकुरा खान नपाई समस्यामा परेका नेपाली विद्यार्थीलाई निःशुल्क खाना खुवाउने बताएका छन् ।
खाली पेट नसुतौँ भन्दै मंगलबार बिहान ७ बजेर २४ मिनेटमा फेसबुक लाइभामार्फत् उनले निःशुल्क खाना खुवाउने घोषणा गरेका हुन् । उनका अनुसार अस्ट्रेलियामा उनले २ ओटा रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् ।
मेरिल्याण्डमा र टप राइडमा रहेका उनका ती रेस्टुरेन्टमा नेपाली विद्यार्थीलाई निःशुल्क खानाको व्यवस्था मिलाइएको उनले सो फेसबुक लाइभमा बताएका छन् । समस्यामा परेर खाना खान आउनेको फोटो तथा भिडियो नखिचिने र यति मानिसलाई निःशुल्क खाना खुवाइयो भनेर कतै पनि प्रचार नगरिने उनले बताएका छन् ।
अस्ट्रेलियन सरकारले कोभिड १९ को रोकथामको लागि अपनाएका नियमको पालना गरेर रेस्टुरेन्टसम्म आउन उनले आग्रह गरेका छन् । बिहान ११ बजेदेखि ३ बजेसम्म खाना खुवाउने व्यवस्था मिलाएको र सरकारले रेस्टुरेन्ट बन्द गर्ने निर्णय गर्याे भने मात्रै आफूले सहयोग गर्न नसक्ने उनले बताएका छन् । उनको सो भिडियो १ लाख ४२ हजार भन्दा बढी मानिसले हेरेका छन् ।
Facebook Comment
Banner
साउदीले ३३ जना नेपाली कैदीबन्दीलाई माफी दियाे
साउदी अरेबिया सरकारले ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएकाे छ । रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई माफी दिएकाे परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।
रियादमा रहेकाे नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयकाे भनाइ छ । नेपाली नागरिकलाई माफी दिएकाेमा मन्त्रालयले नेपाल सरकारकाे तर्फबाट साउदी सरकारप्रति धन्यवाद तथा कृतज्ञता प्रकट गरेको छ ।
मन्त्रालयले शाही माफी पाएका ती नेपाली नागरिक साउदीको आवश्यक कानुनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ ।
Banner
प्रधानमन्त्री बालेन आज पनि संसद बैठकमा नजाने
प्रतिनिधिसभाकाे बिहीबारकाे बैठकमा पनि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नजाने भएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै छ ।
प्रतिपक्षी दलहरूको अवरोधका कारण बुधबार स्थगित भएकाे प्रतिनिधिसभाको बैठक आज बस्ने भएकाे हाे । बुधबार प्रधानमन्त्री शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’को माग गर्दै बैठकमा विरोध गरेका थिए ।
नीति तथा कार्यक्रम पेस गर्न प्रधानमन्त्री शाह नआएपछि प्रतिपक्षी सांसदहरूले सदन अवरुद्ध गरेका थिए । सदनको बुधबारको बैठक नियमित कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको थियो ।
Banner
ताइवान आसपास चिनियाँ रकेट प्रक्षेपण, तनाव बढ्ने संकेत
चीनले ताइवानतर्फ रकेट प्रक्षेपण गरेको छ । सैन्य अभ्यासका क्रममा चीनले ताइवानतर्फ रकेट प्रहार गरेको हो ।
चिनियाँ जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले ताइवान टापु आसवासका ५ स्थानमा सैन्य अभ्यास जारी रहेको जानकारी दिएको छ । अभ्यास हवाई र जलक्षेत्रमा केन्द्रित रहेको जनाइएको छ ।
समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ जनमुक्ति सेनाले अभ्यासका क्रममा सैनिकहरुले हवाई तथा जलक्षेत्रमा रहेका सैन्य निशानालाई लक्षित गरी आक्रमण गर्ने प्रशिक्षण लिएका थिए । त्यसबाहेक पनडुब्बी प्रतिरोधी कारवाहीको पनि प्रशिक्षण लिइरहेको जनाइएको छ ।
अमेरिकाले ताइवानलाई ११ अर्ब १० करोड डलर बराबरका हतियार तथा सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेपछि चीनले अभ्यास गरेको हो । यसलाई चिनियाँ जनमुक्ति सेनाले गरेको हालसम्मकै सबैभन्दा वृहद अभ्यास ठानिएको छ । लोकतान्त्रिक शासन व्यवस्था रहेको ताइवानमाथि साम्यवादी मुलुक चीनले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । ताइवानलाई आफ्नो मातहत ल्याउन आवश्यक परे बल प्रयोग गर्ने चिनियाँ नीति रहिआएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login