कोशी प्रदेश
प्रदेश १ मा ८ सय ३९ जनाको नमूना परीक्षण, १८ जनाको रिपोर्ट आउन बाँकी
विराटनगरः प्रदेश नम्बर १ मा हालसम्म ८ सय ३९ जनाको कोरोना संक्रमणको नमूना परीक्षण गरिएको छ । ल्याबमा गरिने परीक्षण (पीसीआर) र किटबाट गरिने (आरडीटी) विधिबाट गरिएको परीक्षणमा बुधबारसम्ममा ८ सय २१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार पीसीआरतर्फका १८ जनाको रिपोर्ट आउन बाँकी छ । प्रदेश १ मा कोरोना परीक्षणको छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । सबैको परीक्षण नतिजा नेगेटिभ आएको छ ।
आरडीटी विधिबाट ७६ महिला र ४ सय ७९ पुरुषको नमूना परीक्षण गरिएको छ । त्यस्तै, पीसीआर विधिबाट २ सय ८४ जनाको नमूना परीक्षण गरिएको छ । जसमा ५० महिला र २ सय ३४ पुरुष छन् । प्राप्त नमूनामध्ये २ सय ६६ को रिपोर्ट नेगेटिभ आएको छ । परीक्षण गरिएकामध्ये ४२ महिला र २ सय २४ पुरुष छन् । १८ जनाको रिपोर्ट आउन बाँकी छ ।
प्रदेश नम्बर १ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगरमा पीसीआर विधिबाट नमूना परीक्षण हुँदै आएको छ । प्रदेश नम्बर १ मा बुधबारसम्म ६२ महिलासहित ५ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् । २५ जना डिस्चार्ज भएका छन् । आइसोलेसन बेडमा १० जना छन् ।
त्यस्तै, होम क्वारेन्टाइनमा ६ सय २७ महिला र ३ हजार ९२ पुरुष गरी ३ हजार ७ सय १९ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
Facebook Comment
Banner
एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास
धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।
सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
Banner
जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।
सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।
कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।
Banner
बुद्धोदय साकाेसको अध्यक्ष र लेखा संयोजकमा पुनः क्रमशः खनाल र निधी
विराटनगरः विराटनगर –३ बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः राजेन्द्रप्रसाद खनाललाई चयन गरेको हो । खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र पुनः अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login