Connect with us
Advertisement

यी हुन् कोरोनाले आक्रान्त पारेका ५ देश

Published

on

विराटचोकः चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमणका कारण साढे ४ महिनाको अवधिमा संसारभर १ लाख ४५ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । २१ लाख ८० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

वल्र्ड ओ मिटर्सको तथ्यांकअनुसार सबैभन्दा बढी अमेरिकामा संक्रमित भएका छन् । विगत २४ घण्टामा अमेरिकामा नै सबैभन्दा धेरैको मृत्यु भएको छ । अमेरिकामा २ हजार १ सय ३७ जनाको मृत्यु भएको हो । अमेरिकामा हालसम्म ३४ हजार ५ सय ८० जनाको मृत्यु भइसकेको छ । यी हुन् कोरोना संक्रमणले आक्रान्त भएका देशहरु ।

बढी संक्रमित हुने ५ देशः
अमेरिकाः ६,७७,०५६
स्पेनः १,८४,९४८
इटलीः १,६८,९४१
फ्रान्सः १,६५,०२७
जर्मनीः १,३७, ६९८
यसबाहेक बेलायतमा १ लाख ३ हजार भन्दा बढी संक्रमित भएका छन् भने अन्य देशमा संक्रमित हुनेका संख्या ८३ हजारभन्दा कम छ ।

बढी मृत्यु हुने ५ देशः
अमेरिका ३४,५८०
इटलीः २२, १७०
स्पेनः १९,३१५
फ्रान्सः १७,९२०
बेलायतः १३,७२९
अन्य देशमा मृत्यु हुनेको संख्या ५ हजारभन्दा कम छ । इरान र बेल्जियममा ४ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ ।

२४ घण्टामा बढी संक्रमित थपिने देशः
अमेरिकाः २९,०५३
फ्रान्सः १७,१६४
टर्कीः ४,८०१
बेलायतः ४,६१७
स्पेनः ४,२८९

चिन्ताजनक अवस्था रहेका संक्रमितः
संसारभर उपचार गराइरहेका १४ लाख ८७ हजार ८ सय ४३ जना संक्रमितमध्ये ५६ हजार ५ सय ७७ जनाको अवस्था चिन्ताजनक रहेको छ । संक्रमितमध्ये चिन्ताजनक अवस्थामा उपचार गराइरहेका ५ देश यसप्रकार छन् ।
अमेरिकाः १३,३६९
स्पेनः ७,३७१
ब्राजिलः ६,६३४
फ्रान्सः ६,२४८
जर्मनीः ४,२८८
यसपछि इरानमा ३ हजार ५ सय ९४ जना संक्रमित गम्भीर अवस्थामा उपचार गराइरहेका छन् । इटलीमा २ हजार ९ सय ३६ जना संक्रमित गम्भीर छन् । अन्य देशमा यो संख्या २ हजारभन्दा कम रहेको छ ।

संक्रमित निको हुनेमा अघि हुने देशः
चीनः ७७,८९२
जर्मनीः ७७,०००
स्पेनः ७४,७९७
अमेरिकाः ५७,२७१
इरानः ५२,२२९
इटलीमा ४० हजारभन्दा बढी निको भएका छन् भने बेलायतले निको हुनेको तथ्यांक उपलब्ध गराएको छैन । संसारभर जम्मा ५ लाख ४६ हजार ७ सय ४३ जना निको भएका छन् ।

यो तथ्यांक वल्र्ड ओ मिटरको तथ्यांकमा आधारित छ । नेपाली समयअनुसार बिहान सवा ६ बजे यो तथ्यांक लिइएको हो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इजरायल र दक्षिण कोरिया रोजगारी प्रक्रियामा रहेका उम्मेदवारलाई धैर्य गर्न सरकारको आग्रह

Published

on

युवा, श्रम तथा रोजगार मन्त्रालयले इजरायल र दक्षिण कोरियामा रोजगारीका लागि प्रक्रियामा रहेका नेपाली श्रमिकलाई नयाँ विज्ञापन तथा निर्धारित प्रणालीअनुसार अगाडि बढ्न आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै इजरायलतर्फ ‘लोटरी आउट’ भएका तथा दक्षिण कोरिया को रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत प्रतीक्षारत उम्मेदवारलाई संयमता अपनाउन अनुरोध गरेको हो ।

मन्त्रालयका अनुसार नेपाल र इजरायलबीच सन् २०२० मा सम्पन्न श्रम सम्झौता अनुसार केयर गिभर क्षेत्रका लागि २ हजार ११२ जना नेपाली श्रमिक छनोट भएका थिए । तीमध्ये अधिकांश श्रमिक इजरायल पुगिसकेको र बाँकीको प्रक्रिया जारी रहेको उल्लेख गरिएको छ ।

इजरायल जान प्रतीक्षारत युवाहरूले हालै माइतीघर मण्डला मा प्रदर्शन गरेपछि मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

विज्ञप्तिअनुसार इजरायली निकाय ‘पिबा’ को लटरी प्रक्रियामा छनोट हुन नसकेका १ हजार १५३ जना उम्मेदवारको विषयमा नेपाल सरकारले कूटनीतिक पहल गरेको जनाएको छ । तर इजरायल पक्षले हालको प्रक्रियाभित्र उनीहरूलाई समावेश गर्न नसकिने र आगामी दिनमा खुल्ने नयाँ आवेदन प्रक्रियामा पुनः सहभागी हुन सक्ने जानकारी दिएको मन्त्रालयले उल्लेख गरेको छ ।

यसैबीच, ईपीएसमार्फत दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका उम्मेदवारको हकमा पनि दुई देशबीचको श्रम समझदारी र स्थापित प्रणालीअनुसार नै प्रक्रिया सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता पीताम्बर घिमिरे द्वारा जारी विज्ञप्तिमा कोरियासम्बन्धी प्रक्रिया निर्धारित मापदण्डअनुसार नै अघि बढ्ने भएकाले अनावश्यक दबाब वा अतिरिक्त माग आवश्यक नरहेको उल्लेख गरिएको छ । मन्त्रालयले सम्पूर्ण उम्मेदवार तथा सरोकारवालालाई सहयोग र समझदारीका लागि आग्रहसमेत गरेको छ ।

Continue Reading

Banner

ओली फर्किए, भण्डारी झापा–मोरङ दौडाहामै

Published

on

विराटनगर — सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मोरङको कटहरीमा निर्माण भएको एक अस्पताल उद्घाटन गरेर शनिबार हेलिकोप्टरमार्फत काठमाडौं फर्किए । तर, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भने अझै झापा–मोरङका विभिन्न कार्यक्रममा सक्रिय रहिरहेकी छन् ।

बिहीबार विराटनगर ओर्लिएकी भण्डारी झापा र मोरङका कार्यक्रममा व्यस्त छिन् । उनको तालिका सोमबारसम्म व्यस्त छ । विराटनगर ओर्लिएपछि उनी मोरङका विभिन्न पार्टी कार्यकर्तासँग भेटघाट र विविध कार्यक्रममा सहभागी भइरहेकी छन् । शुक्रबार उनले विराटनगरमा पालिकाका उपप्रमुख–उपाध्यक्षहरूको राष्ट्रिय भेलाको उद्घाटन गरेकी थिइन् ।

शनिबार उनले झापाको बिर्तामोडस्थित देवी माविमा एमाले विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । आइतबार नारी सञ्चार गृहद्वारा आयोजित कार्यक्रममासमेत उनी सहभागी भइन् ।

भण्डारी औपचारिक कार्यक्रम मात्र होइन, अनौपचारिक भेटघाट र स–साना भेला तथा छलफलमा पनि सक्रिय देखिएकी छन् । विशेषगरी झापाका एमाले नेता तथा कार्यकर्तासँग उनले आन्तरिक बैठकसमेत गरेकी छन् । ‘झापाका ओली निकट नेता–कार्यकर्ताहरूसँग पूर्वराष्ट्रपतिज्यूले विशेष रूपमा भेटघाट गर्नुभएको थियो,’ एक नेताले बताए ।

झापामा ओली निकट मानिने प्रदेश सांसद चिन्तन पाठक, पूर्व प्रदेश सांसद वसन्त बानियाँ, झापा एमालेका उपाध्यक्ष शिव ढुंगेलजस्ता नेताहरूसँग उनले भेटघाट गरेकी थिइन् । कोशीका पूर्व मुख्यमन्त्री शेरधन राई बिहीबारदेखि नै उनीसँगै छन् । विमानस्थलमा स्वागत गर्न देखि झापा–मोरङमा आयोजित विभिन्न सभा, सम्मेलन र छलफलमा राई सहभागी छन् ।

आइतबार विराटनगर फर्किने क्रममा भण्डारीले झापाको शिवगञ्जस्थित झापा इनर्जीको उत्पादन केन्द्र अवलोकन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि विराटनगर फर्केर सोमबार मोरङको इटहरास्थित पुर्ख्यौली घर अवलोकन गर्ने र त्यसपछि काठमाडौं फर्किने तयारी रहेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।

ओलीनिकट एमालेका एक नेताले भने, ‘पार्टीका सबै तहमा संगठन बलियो बनाउन अध्यक्ष ओली व्यापक दौडाहाको तयारीमा हुनुहुन्छ । पूर्व राष्ट्रपतिज्यूको सक्रियतालाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ ।’

एमालेभित्र केही नेताहरू भण्डारीलाई सम्भावित भावी अध्यक्षको रूपमा पनि हेरिरहेका छन् । उनको दौडाहाले राजनीतिमा पुनः सक्रिय बन्ने भण्डारीको मनसाय सतहमै देखिन थालेको छ ।

प्रकाशित : जेष्ठ २५, २०८२ १०:२१

Continue Reading

Banner

सरसफाई तथा स्वच्छ वातावरण “ गुणस्तरिय खानेपानीका लागि नै हाम्रो उम्मेरदारी, लोकतान्त्रिक समुह

Published

on

 

पारदर्शी तथा सबल नेतृत्व सहितको गुणस्तरिय खानेपानी, सरसफाई तथा स्वच्छ वातावरण सहितको हाम्रो जिन्दगानी “मुल नाराका साथ सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितीमा लोकतान्त्रीक पक्षवाट युवा श्यामप्रसादढकालले अध्यक्ष पदमा उम्मेरदारी दिनुभएको छ , कुशल नेतृत्वकर्ता ,आर्थीक रुपमा पारदर्शी,सदाचार र सालिन ढकालको समुहलाइ मतदान गर्दै अत्याधिक बहुमतका साथ बिजयी गराइदिनुहुन सम्पुर्ण खानेपानीका उपभोक्ताहरुमा उहाले अनुरोध गर्नुभएको छ ।

ढकालले लामो समयदेखी सामाजीक मुल्य र मान्यताहरुलाई आत्मसाथ गर्दै यस सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा सचिवका रुपमा काम गर्दै आफ्नो २ कार्यकाल सम्पन्न गरीसक्नुभएको छ। आफ्नो २ बर्षे कार्यकालमा एउटै वडामा २ वटा खानेपानीका टयांकी मार्फत आम सर्वसाधारणलाई खानेपानी खुवाउन सफल ढकाल अध्यक्ष पदका सबैभन्दा अब्बल र बलिया उम्मेद्वार समेत हुन।

सस्थांलाइ आर्थीक रुपमा सवल बनाउन र यसलाई दिगो रुपमा संस्थागत गर्न ढकालले सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा लोकतान्त्रीक समुहको तर्फबाट अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउनु भयो । अनुभव, समर्पण र समाजसेवामा गरेको निरन्तर योगदानको मूल्यांकन गर्दै मत प्रदान गरी विजयी गराउनु हुन उहाले सम्पूर्ण आम उपभोक्ता समक्ष आग्रह गर्नुभएको छ।

 

उहाले आफ्ना कार्ययोजनाहरुमा पुराना पाईपलाईनहरुलाइ प्रतिस्थापन गरि नया पाइप लाईनहरुलाइ विस्तार गर्ने र सो का लागि सहयोग र अनुदान ब्यबस्थापन गर्ने ,यस क्षेत्रमा बसोबास गर्ने सबैमा एक घर एक धारा अनिबार्य पुर्याउने ,कमजोर आर्थिक अवस्था भएका उपभोक्ताहरुलाई नगर र वार्डमा समन्वय गरि सुलभ र सहज ढंगले खानेपानीको व्यवस्था गर्ने ,पुरानो ट्यांकी मर्मत तथा रंगरोकन गर्ने ,कम्पाउण्ड वाल लगाउने ,प्रबिधिमैत्री सस्था बनाउने ,डिजिटल ,प्रविधिको प्रयोग गरि भुक्तानी र गुनासो सुनुवईलाई छिटो छरितो बनाउने ,वास चेम्बर र फायर पोइन्ट राखी वास आउट को व्यवस्था गर्ने ,प्रत्येक आ व को पौष मसान्त सम्ममा साधारण सभा गर्ने ,कर्मचारी नीतिलाई समय सापेक्ष परिमार्जन गर्दै कार्यक्षमता बढाउदै जिम्मेवार बनाउने पानीको सुद्दता लाइ बिशेस ध्यान दिदै नियमित निरीक्षण गर्ने ,सफ्टवेयर को बिकास गरि सहज बिल भुक्तानीका लागि इ-सेवा मोबाइल बैंकिंग खल्ती बाट भुक्तानी को व्यवस्था गर्ने ,अनबिकरनिय पानीको श्रोतलाई जगेर्ना गर्न पर्यवरणीय असर र नया पानीका श्रोतहरुको खोजि गर्न विज्ञ समुहबाट परामर्श लिने लाग्य रहेका छन् , ढकालको समुहबाट उपाध्यक्षमा दिपक गुरुङ ,सचिवमा उद्दब प्रसाद अधिकारी ,कोषाध्यक्ष मा सावित्र पोख्रेल ,सहसचिवमा दिनानाथ अधिकारी ,सदस्यहरुमा बबिता कार्की अधिकारी ,लक्ष्मी भण्डारी, मकबुल मिया ,राजु बरुवाल,ज्ञान बहादुर खड्का, सिलस उराउ, त्यस्तै लेखा समिति संयोजक सरोज भट्टराई , सदस्यहरुमा कपिल पोख्रेल ,मन्दिरा थापा रहनु भएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक