Connect with us
Advertisement

कोभिडले कृषि क्षेत्र धराशायी भएको एनआरएनए विज्ञ सम्मेलनको निष्कर्ष

Published

on

विराटचोकः गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनको अवसरमा कृषि तथा खाद्य सुरक्षाको विषयले उच्च प्राथमिकता पाएको छ । सम्मेलनमा कृषिसँग सम्बन्धित आधा दर्जन भन्दा बढी कार्यपत्र प्रस्तुत भएका थिए ।

कोरोना भाइरसले कृषि क्षेत्र धराशायी हुँदा डेरी, तरकारी र पोल्ट्री क्षेत्रमा पूर्ण रुपमा असर गरेको बताइएको छ । डा. जगदीश तिमिल्सनाले कृषि क्षेत्रको उत्थानका लागि विशेष योजना ल्याउन आवश्यक भएको बताए ।

राष्ट्रिय योजना आयोगको पूर्व सदस्य विमला राई पौडेलले कोभिडले कृषि र खाद्य क्षेत्रमा असर पारेको बताइन् । कृषिमा प्रशस्त सम्भावना भए पनि उत्पादनमा जान नसकिएको उनको भनाइ थियो । नेपालमा धेरै सम्भावना भए पनि धेरै आयात गर्नुपरेको अवस्था रहेको उनको भनाइ थियो । कोरोनाका कारणले भोकमरीको अवस्था आउन सक्ने देखिएको उनले बताइन् । समयमा ढुवानी गर्न नसक्दा खाद्यन्न तथा खाद्य वस्तुमा कोभिडले असर गरेको उनको भनाइ थियो । मलको समस्या समाधान गर्न सरकारले नसकेको उनको भनाइ थियो ।

सरकारले कृषिको आकर्षक प्याकेज ल्याए एकडेढ वर्षमै फड्को मार्न सकिने पनि उनले बताइन् । कृषिमा आत्मनिर्भर हुन विदेशी लगानी आकर्षित गर्नुपर्ने उनको सुझाव थियो । प्रविधि प्रयोग गरी कृषिको लागत घटाउन सके कृषिमा आकर्षण बढ्ने र कृषि पूर्वाधार बनाएर व्यापारघाटा कम गराउन सकिनेमा उनले जोड दिइन् ।

धान विशेषज्ञ भोलामान सिंह बस्नेतले चैते धान र बर्खे धान उत्पादन बढाउनुपर्नेमा जोड दिए । उत्पादन बढाउन सके मात्रै धानमा आत्मनिर्भर हुन सकिने उनको भनाइ थियो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव हरिबहादुर केसीले खाद्य र पोषण सुरक्षामा जोड दिनुपर्ने बताए । खाद्य सुरक्षा नीति, पोषणा सुरक्षा र स्वच्छतामा ध्यान दिनुपर्ने उनको भनाइ थियो । कृषि विकास रणनीतिले समेत खाद्य सुरक्षामा प्राथिमकता दिएको र प्रत्येक नागरिकले खान पाउने गरी अधिकार सुरक्षित गरेको उनले प्रष्ट्याए ।

नेपाल कृषि अनुसन्धान परिषद्की सदस्य यमुना घलेले धेरै खाद्य वस्तु संस्कृति र पहिचानसँग जोडिएको बताइन् । खानेकुराको स्वाद, बनाउने शैली र समयले पनि खाद्यवसस्तुको उपयोगिता बढ्ने बताउँदै खाना र पहिचान जोडिएर आउने हुनाले बच्चा जन्मेदेखि मृत्युसंस्कारसँग खानाको महत्व रहेको बताइन् ।

रबर विज्ञ तिलक भण्डारीले नेपालमा रबरको व्यावसायिक खेतीको सम्भावना प्रशस्त रहेको बताए । वर्षेनी ११ अर्बको रबर आयात भइरहेको भन्दै स्वदेशमै रबर उत्पादन गर्न सरकारले ध्यान दिन नसकेको उनले उल्लेख गरे । रबर धानपछि दोस्रो बाली भए पनि २ प्रतिशत मागमात्रै स्वदेशी रबरले धानेको उनले उल्लेख गरे ।

Banner

ट्राफिक प्रहरी हत्या प्रकरण : यी हुन् पक्राउ परेका १३ वर्षीय बालक सहित ७ जना

Published

on

काठमाडौँको दरबारमार्गस्थित ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले १३ वर्षीय बालकसहित ७ जनालाई पक्राउ गरेको छ।  घिमिरेको शव काठमाडौँको तारकेश्वर-९ स्थित मनमैजुमा गत शुक्रबार फेला परेको थियो।

उनको हत्यामा संलग्न आरोपमा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। उनीहरूलाई काठमाडौँ महानगरपालिका-१६ स्थित अष्टनारायण हलपछाडि र बाइसधाराको जंगलबाट भाग्न लागेको अवस्थामा हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका ७ जनामध्ये एक जना १३ वर्षीय बालक रहेको जिल्ला प्रहरी परिसर काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए।

उनका अनुसार भक्तपुर चाँगुनारायण-१ घर भएका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका १८ वर्षीय अञ्जली श्रेष्ठ, स्याङ्जा आँधीखोला गाउँपालिका-३ की २१ वर्षीया विपना/वसन्ती भनिने वसुन्धारा कार्की, , स्याङ्जा आँधीखोला गाउँपालिका-३ कै ५६ वर्षीय नुनमाया कार्की, नुवाकोट तादी गाउँपालिका, ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१ का ३० वर्षीय अमृत तामाङ र उदयपुर घर भएका १३ वर्षीय बालकलाई पक्राउ गरिएको हो।

बालकको पहिचान भने प्रहरीले गोप्य राखेको छ। प्रारम्भिक अनुसन्धानमा लुटपाट, महिलासँग विवादलगायत कारण प्रहरी घिमिरेको हत्या भएको पाइएको प्रहरीले जनाएको छ।गत बिहीबार ड्युटी सकेर कार्यालयबाट निस्किएका प्रहरी जवान घिमिरेको शव गत शुक्रबार मनमैजुमा भेटिएको थियो। शुक्रबार अपराह्न स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ घर भएका घिमिरे सामाखुसीमा डेरामा बस्थे।

Continue Reading

Banner

विश्व उच्च रक्तचाप दिवसको अवसरमा नोवेलको प्रभातफेरी

Published

on

विराटनगर । विश्वभर आजको दिन अर्थात मे १७ मा विश्व उच्च रक्तचाप दिवस मनाइने गरिएको छ । उच्च रक्तचापको जोखिम, यसलाई रोक्न अपनाउनु पर्ने विधी सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले यो दिवस मनाइने गरिएको हो ।

उच्च रक्तचाप सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले विराटनगरमा रहेको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले आज महेन्द्रचोकबाट तिनपैनीसम्म प्रभातफेरी गरेको छ ।

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक तथा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपालले विराटनगर महानगरपालिका मेयर नागेश कोइरालालाई खादा र फुलको गच्छाले स्वागत गरे पछि सुरु भएको प्रभातफेरी कार्यक्रममा नोवेलका चिकित्सक, कर्मचारी, रेजिडेण्ट चिकित्सक, इन्टर्न चिकित्सक र विद्यार्थी,समाजसेवी लगायतको सहभागिता रहेको थियो ।

महेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी तिनपैनी चोकमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा प्रा. डा. राजेश नेपालले विश्व उच्च रक्तचाप दिवसको बारेमा प्रकाश पारेका थिए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उच्च रक्तचाप सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले नोवेलले गरेको प्रभातफेरी प्रति डा. राजेश नेपालसहित नोवेल टिमलाई धन्यवाद व्यक्त गरेका थिए । मन्तव्य व्यक्त गर्दै उनले विराटनगर महानगरपालिकाले पनि जनचेतना मुलक कार्यक्रमहरुमा सहकार्य गर्ने बताए ।

विश्व भरिनै मानिसको मृत्युको प्रमुख कारणहरु मध्ये उच्च रक्तचाप एक नम्बरमा रहेको छ । मानिसको बदलिदो दैनिकी, खानपान, पर्याप्त मात्रामा नसुत्ने र तनावयुक्त जीवनले उच्च रक्तचापको जोखिमलाई बढाउने गरेको छ । नेपालको सन्दर्भमा हरेक चार जना मध्ये एक जनालाई उच्च रक्तचाप रहेको पाइएको छ । उच्च रक्तचापको कारण हृदयघात, मस्तिष्कघात हुने, शरीरको विभिन्न अङ्गमा समस्या आउने, हातखुट्टाका नशाहरु बन्द भएर अङ्गभङ्ग हुने, आँखाको दृष्टी कम हुने, मृगौलामा समस्या आउने, यौन दुर्वलता हुने जस्ता विभिन्न समस्याहरु आउने गर्दछ । नियमित रुपमा रक्तचाप नाप्ने गरिएमा उच्च रक्तचाप भए नभएको वा औषधी सेवन गरी रहेका व्यक्तिहरुको रक्तचापको अवस्था थाहा पाउन सहज हुन्छ र समयमा नियन्त्रण गर्न सकिन्छ । त्यसैले यस बर्षको विश्व उच्च रक्तचाप दिवसको नारा पनि “तपाईको रक्तचाप सही ढंगबाट नाप्नु होस् । यसलाई नियन्त्रण गर्नुहोस् र दीर्घायु बन्नुहोस् ।” भन्ने रहेको छ ।

Continue Reading

Banner

सिटी लगातार च्याम्पियन

Published

on

म्यानचेस्टर सिटीले नयाँ इतिहास रच्दै आइतबार इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । सिजनको अन्तिम दिन सिटीले वेस्ट ह्यामलाई ३–१ ले हरायो र लगातार चौथोपल्ट लिग उपाधि जितेको हो । त्यसमा फिल फोडेनले दुई गोल गरे ।

सिटी लगातार च्याम्पियन

इंग्लिस फुटबलको अहिलेसम्मकै इतिहासमा कुनै पनि टिमले माथिल्लो डिभिजनको उपाधि लगातार चौथोपल्ट जितेको यो नै पहिलो पटक हो । यो जितपछि पेप ग्वार्डिओलाको सिटीको ९१ अंक भयो । उपाधिको रक्षा गर्नका लागि सिटीलाई जित पर्याप्त रह्यो । अन्तिम दिनसम्म चुनौती कायम राखेको आर्सनल भने ८९ अंकमै रोकियो । उसले एभरटनलाई २–१ ले पराजित गरेको हो ।

सिटी पराजित भएको भए आर्सनलले उपाधि आफ्नो बनाउने सम्भावना थियो । तर भाग्य फेरि एकपल्ट उसको पक्षमा रहेन । तेस्रो स्थानमा रहेको लिभरपुलले दस खेलाडीमा सीमित उल्भ्सलाई २–० ले हरायो र ८२ अंकसँगै लिगमा पूर्णविराम लगायो ।

यो व्यवस्थापक योर्गन क्लोपका लागि लिभरपुलको अन्तिम खेल रह्यो । सिजनको अन्त्यसँगै क्लोपले लिभरपुल छाड्ने यसअघि नै घोषणा गरिसकेका थिए । अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा छनोट भइसकेको एस्टन भिल्ला भने क्रिस्टल प्यालेसको हातबाट अविश्वसनीय रूपमा ५–० ले पराजित रह्यो । तर यो नतिजाले भिल्लाको चौथो स्थानलाई धक्का पुगेन । भिल्ला ६८ अंकमा रह्यो । टोटनहमले भने सेफिल्ड युनाइटेडलाई ३–० ले हराएर पाँचौं स्थान निश्चित गर्‍यो ।

यससँगै टोटनहम अर्को सिजनको युरोपा लिगका लागि छनोट भयो । टोटनहमको ६६ अंक भएको छ । उसको पछाडि चेल्सी ६३ अंकमा रह्यो । चेल्सीले भने बर्नमाउथमाथि २–१ को जित रच्यो । यस्तै न्युकासल युनाइटेड सातौं र म्यानचेस्टर युनाइटेड आठौं स्थानमा रहे । दुवै टिमको समान ६० अंक रह्यो । न्युकासल गोल अन्तरमा अगाडि रह्यो । न्युकासलले ब्रेन्टफोर्डलाई ४–२ ले पराजित गर्‍यो भने युनाइटेडले ब्राइटनलाई २–० ले पन्छायो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक