कोशी प्रदेश
कांग्रेस प्रदेश अधिवेशनः प्रदेश नम्बर १ मा २ मतले घिमिरेलाई पछि पार्दै संस्थापन पक्षका थापा विजयी
विराटचोकः नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानको मत परिणामअनुसार सभापतिमा मोरङका गुरुराज घिमिरेलाई २ मतले पछि पार्दै झापाका उद्धव थापा विजयी भएका छन् । सिटौला निकट थापाले नेपाल विद्यार्थी संघका पूर्व सभापति घिमिरेलाई पराजित गरेका हुन् । थापाले ८४४ मत ल्याउँदा घिमिरेले ८४२ मत ल्याए ।
त्यस्तै, उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन् । मोरङका रायमाझी राष्ट्रिय सभाका सांसद हुन् । उनीहरु दुवै संस्थापन पक्षका नेता हुन् । रायमाझीले ८९१ र राईले ८४७ मत ल्याएका थिए । कोइराला समूहबाट उपसभापतिमा उम्मेद्वार रहेका गोविन्दप्रसाद ढुंगाना (केदार) ले ७६५ र विश्वनाथ रिजाल (त्रिलोचन) ले ६६९ मत पाए ।
महामन्त्रीमा भुपेन्द्र राई ८२४ र उमेश थापा ८२३ मतका साथ विजयी भए । राई संस्थापन पक्षका हुन् भने थापा कोइराला पक्षका उम्मेद्वार हुन् । सोही पदमा उम्मेद्वारी दिएका पदमसुन्दर पालुङ्वाले ८०७ र दीपनकुमार श्रेष्ठले ७६४ मत पाए । उनीहरुमध्य पालुङ्वा संस्थापन पक्षका र श्रेष्ठ कोइराला पक्षका उम्मेद्वार हुन् ।
सहमहान्त्रीमा महिलातर्फ संस्थापन पक्षकी प्रमिलाकुमारी गच्छदार ८३७ मत ल्याएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी कोइराला समूहकी सीता कार्कीले ७३३ मत ल्याइन् ।
सहमहामन्त्रीमा खुलातर्फ संस्थापन पक्षका खड्ग फागो सर्वाधिक १०२६ मतका साथ विजयी भए । संस्थापन पक्षकै विनोदकुमार बस्नेत ७४७ मत ल्याएर विजयी भए । कोइराला समूहका रोहितकुमार साहले ६६५, वीरकाजी राईले ६४७ र शुभचन्द्र राईले ८४ मत ल्याए ।
निर्वाचनमा १८०४ जना मतदाता रहेकोमा १७५२ जनाले मतदान गरेका थिए ।
Facebook Comment
Banner
ट्राफिक प्रहरी हत्या प्रकरण : यी हुन् पक्राउ परेका १३ वर्षीय बालक सहित ७ जना
काठमाडौँको दरबारमार्गस्थित ट्राफिक प्रहरी प्रभागमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले १३ वर्षीय बालकसहित ७ जनालाई पक्राउ गरेको छ। घिमिरेको शव काठमाडौँको तारकेश्वर-९ स्थित मनमैजुमा गत शुक्रबार फेला परेको थियो।
उनको हत्यामा संलग्न आरोपमा पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। उनीहरूलाई काठमाडौँ महानगरपालिका-१६ स्थित अष्टनारायण हलपछाडि र बाइसधाराको जंगलबाट भाग्न लागेको अवस्थामा हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ७ जनामध्ये एक जना १३ वर्षीय बालक रहेको जिल्ला प्रहरी परिसर काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए।
उनका अनुसार भक्तपुर चाँगुनारायण-१ घर भएका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भएका १८ वर्षीय अञ्जली श्रेष्ठ, स्याङ्जा आँधीखोला गाउँपालिका-३ की २१ वर्षीया विपना/वसन्ती भनिने वसुन्धारा कार्की, , स्याङ्जा आँधीखोला गाउँपालिका-३ कै ५६ वर्षीय नुनमाया कार्की, नुवाकोट तादी गाउँपालिका, ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१ का ३० वर्षीय अमृत तामाङ र उदयपुर घर भएका १३ वर्षीय बालकलाई पक्राउ गरिएको हो।
बालकको पहिचान भने प्रहरीले गोप्य राखेको छ। प्रारम्भिक अनुसन्धानमा लुटपाट, महिलासँग विवादलगायत कारण प्रहरी घिमिरेको हत्या भएको पाइएको प्रहरीले जनाएको छ।गत बिहीबार ड्युटी सकेर कार्यालयबाट निस्किएका प्रहरी जवान घिमिरेको शव गत शुक्रबार मनमैजुमा भेटिएको थियो। शुक्रबार अपराह्न स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ घर भएका घिमिरे सामाखुसीमा डेरामा बस्थे।
Banner
विश्व उच्च रक्तचाप दिवसको अवसरमा नोवेलको प्रभातफेरी
विराटनगर । विश्वभर आजको दिन अर्थात मे १७ मा विश्व उच्च रक्तचाप दिवस मनाइने गरिएको छ । उच्च रक्तचापको जोखिम, यसलाई रोक्न अपनाउनु पर्ने विधी सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले यो दिवस मनाइने गरिएको हो ।
उच्च रक्तचाप सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले विराटनगरमा रहेको नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले आज महेन्द्रचोकबाट तिनपैनीसम्म प्रभातफेरी गरेको छ ।
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका अस्पताल निर्देशक तथा बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपालले विराटनगर महानगरपालिका मेयर नागेश कोइरालालाई खादा र फुलको गच्छाले स्वागत गरे पछि सुरु भएको प्रभातफेरी कार्यक्रममा नोवेलका चिकित्सक, कर्मचारी, रेजिडेण्ट चिकित्सक, इन्टर्न चिकित्सक र विद्यार्थी,समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
महेन्द्र चोकबाट सुरु भएको प्रभातफेरी तिनपैनी चोकमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा प्रा. डा. राजेश नेपालले विश्व उच्च रक्तचाप दिवसको बारेमा प्रकाश पारेका थिए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उच्च रक्तचाप सम्बन्धी जनचेतना फैल्याउने उद्देश्यले नोवेलले गरेको प्रभातफेरी प्रति डा. राजेश नेपालसहित नोवेल टिमलाई धन्यवाद व्यक्त गरेका थिए । मन्तव्य व्यक्त गर्दै उनले विराटनगर महानगरपालिकाले पनि जनचेतना मुलक कार्यक्रमहरुमा सहकार्य गर्ने बताए ।
विश्व भरिनै मानिसको मृत्युको प्रमुख कारणहरु मध्ये उच्च रक्तचाप एक नम्बरमा रहेको छ । मानिसको बदलिदो दैनिकी, खानपान, पर्याप्त मात्रामा नसुत्ने र तनावयुक्त जीवनले उच्च रक्तचापको जोखिमलाई बढाउने गरेको छ । नेपालको सन्दर्भमा हरेक चार जना मध्ये एक जनालाई उच्च रक्तचाप रहेको पाइएको छ । उच्च रक्तचापको कारण हृदयघात, मस्तिष्कघात हुने, शरीरको विभिन्न अङ्गमा समस्या आउने, हातखुट्टाका नशाहरु बन्द भएर अङ्गभङ्ग हुने, आँखाको दृष्टी कम हुने, मृगौलामा समस्या आउने, यौन दुर्वलता हुने जस्ता विभिन्न समस्याहरु आउने गर्दछ । नियमित रुपमा रक्तचाप नाप्ने गरिएमा उच्च रक्तचाप भए नभएको वा औषधी सेवन गरी रहेका व्यक्तिहरुको रक्तचापको अवस्था थाहा पाउन सहज हुन्छ र समयमा नियन्त्रण गर्न सकिन्छ । त्यसैले यस बर्षको विश्व उच्च रक्तचाप दिवसको नारा पनि “तपाईको रक्तचाप सही ढंगबाट नाप्नु होस् । यसलाई नियन्त्रण गर्नुहोस् र दीर्घायु बन्नुहोस् ।” भन्ने रहेको छ ।
Banner
सिटी लगातार च्याम्पियन
म्यानचेस्टर सिटीले नयाँ इतिहास रच्दै आइतबार इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । सिजनको अन्तिम दिन सिटीले वेस्ट ह्यामलाई ३–१ ले हरायो र लगातार चौथोपल्ट लिग उपाधि जितेको हो । त्यसमा फिल फोडेनले दुई गोल गरे ।
इंग्लिस फुटबलको अहिलेसम्मकै इतिहासमा कुनै पनि टिमले माथिल्लो डिभिजनको उपाधि लगातार चौथोपल्ट जितेको यो नै पहिलो पटक हो । यो जितपछि पेप ग्वार्डिओलाको सिटीको ९१ अंक भयो । उपाधिको रक्षा गर्नका लागि सिटीलाई जित पर्याप्त रह्यो । अन्तिम दिनसम्म चुनौती कायम राखेको आर्सनल भने ८९ अंकमै रोकियो । उसले एभरटनलाई २–१ ले पराजित गरेको हो ।
सिटी पराजित भएको भए आर्सनलले उपाधि आफ्नो बनाउने सम्भावना थियो । तर भाग्य फेरि एकपल्ट उसको पक्षमा रहेन । तेस्रो स्थानमा रहेको लिभरपुलले दस खेलाडीमा सीमित उल्भ्सलाई २–० ले हरायो र ८२ अंकसँगै लिगमा पूर्णविराम लगायो ।
यो व्यवस्थापक योर्गन क्लोपका लागि लिभरपुलको अन्तिम खेल रह्यो । सिजनको अन्त्यसँगै क्लोपले लिभरपुल छाड्ने यसअघि नै घोषणा गरिसकेका थिए । अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा छनोट भइसकेको एस्टन भिल्ला भने क्रिस्टल प्यालेसको हातबाट अविश्वसनीय रूपमा ५–० ले पराजित रह्यो । तर यो नतिजाले भिल्लाको चौथो स्थानलाई धक्का पुगेन । भिल्ला ६८ अंकमा रह्यो । टोटनहमले भने सेफिल्ड युनाइटेडलाई ३–० ले हराएर पाँचौं स्थान निश्चित गर्यो ।
यससँगै टोटनहम अर्को सिजनको युरोपा लिगका लागि छनोट भयो । टोटनहमको ६६ अंक भएको छ । उसको पछाडि चेल्सी ६३ अंकमा रह्यो । चेल्सीले भने बर्नमाउथमाथि २–१ को जित रच्यो । यस्तै न्युकासल युनाइटेड सातौं र म्यानचेस्टर युनाइटेड आठौं स्थानमा रहे । दुवै टिमको समान ६० अंक रह्यो । न्युकासल गोल अन्तरमा अगाडि रह्यो । न्युकासलले ब्रेन्टफोर्डलाई ४–२ ले पराजित गर्यो भने युनाइटेडले ब्राइटनलाई २–० ले पन्छायो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login