स्थानीय तह
भवन निर्माणको विषयमा विवाद भएपछि ज्येष्ठ नागरिक समाजले गर्याे पत्रकार सम्मेलन
विराटचोकः ज्येष्ठ नागरिक समाज सुन्दहरैंचको ३ नम्बर वडा कार्य समितिको सामुदायिक भवन निर्माणमा अनियमितता भएको समाचार बाहिरिएपछि समाजले सोमबार पत्रकार सम्मेलन गरेको छ । सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा समाज आफैंले उपभोक्ता समितिमार्फत् भवन निर्माण गर्ने भनी अनुरोध गर्दा पनि सुनुवाइ नभएको र ठेकेदारमार्फत् भवन निर्माण भएको जनाएको छ ।
ज्येष्ठ नागरिक समाजलाई कुनै जानकारी नै नदिई तथा निर्माणाधीन पुरानो भवनलाई निर्माण पूरा गर्न बेवास्ता गरी नयाँ भवन बनाइएको बताइएको छ । समाजको ३ नम्बर वडा समितिका अध्यक्ष भीमबहादुर कार्कीका अनुसार पिल्लरबिनाको सो भवनको लम्बाइ ४० फुट र चौडाइ ३२ फुट रहेको छ । जस्ताको छानो भएको सो भवन निर्माणमा आर्थिक अनियमितता भएको आशंका रहेको हुनाले सम्बन्धित निकायले समयमै छानबिन गर्नुपर्ने समाजको माग छ । आफूहरुलाई सो भवन स्वीकार्य नभएकाले भवन जिम्मा नलिने पनि समाजले जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै स्थानीय अजम्बर राईले नयाँ संरचनाले जग्गाको रूम नै बिग्रिएको बताए । ज्येष्ठ नागरिकको मन धुरूधुरू रूवाउने खालको काम भएकोले सम्बन्धित निकायले जवाफ दिनुपर्ने उनको भनाइ थियो । नजिकै रूग्ण अवस्थामा रहेको भवनको निर्माण सम्पन्न नहुँदै ठेक्का लगाउने कुरामै सेटिङ भएको उनले बताए ।
बाटोको लेभलभन्दा गहिर्याएर संरचना निर्माण भएकोले भवन पोखरी बन्ने अवस्थाको सिर्जना भएकाले ठेक्का दिनेले त्यसको क्षतिपूर्ति बेहोर्नुपर्ने उनले बताए ।
कार्यक्रममा ज्येष्ठ नागरिक समाज सुन्दरहरैचाका अध्यक्ष रामकुमार कार्कीले ज्येष्ठ नागरिक समाजसँग समन्वय नगरी भवन निर्माण भएको र निर्माण प्रक्रिया गलत भएको बताए । मन्दिरले दिएको जग्गामा बनेको भवनमा अनियमितता भएको भन्दै दोषीलाई कार्वाही गर्न उनले माग गरे ।
सुन्दरहरैचाको वडा नम्बर ३ का अध्यक्ष जीवनप्रसाद ढुंगानाले उपभोक्ता समितिबाट भवन निर्माण गर्ने भन्दाभन्दै ठेक्कामा जानु नै गलत भएको बताए । बारम्बार नगरपालिकामा यस विषयमा भन्दा पनि उपभोक्तालाई नदिई टेन्डरमार्फत् ठेक्का दिनु नै गलत नियत भएको बताए ।
के यसरी नै हुन्छ त सुन्दरहरैँचाकाे विकास ? २८ लाखकाे भवनमा अनियमितता: ज्येष्ठ नागरिक समाज
Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login