स्थानीय तह
दर्जीको परिवारलाई सहयोग जुट्दै, भारतबाट आइपुगिन् श्रीमती
विराटचोकः भोकमारीका कारण आत्महत्या गरेका अशोक दर्जीको परिवारलाई सहयोग जुट्ने क्रम बढिरहेको छ । मोरङको सुन्दरहरैंचा १० सुकुम्बासी बस्तीको एकता टोलका दर्जीले कोरोना कहरका कारण दैनिक ज्यालामजदुरी गर्न नपाउँदा आर्थिक अभाव भई दैनिकी चलाउन गाह्रो भएपछि आत्महत्या गरेका थिए ।
मंगलबार इन्द्रपुर जेसीजले ५ हजार ५५ रुपैयाँ सहयोग गरेको छ । जेसीका अध्यक्ष गणेशप्रसाद भट्टराईले दर्जीको परिवारलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
यस्तै, सोमबार निर्माण व्यवसायी संघ मोरङले दर्जीको परिवारलाई ८४ हजार ५ सय रुपैयाँ तथा खाद्य सामग्री हस्तान्तरण गरेको थियो । महासंघका पूर्व अध्यक्ष तथा सांसद जीवछिरिङ लामाले ५० हजार रुपैयाँ पठाएका हुन् । निर्माण व्यावसायी संघ मोरङका तर्फबाट १५ हजार र संघका पदाधिकारीबाट संकलन भएको १९ हजार ५ सय रुपैयाँ संयुक्त रुपमा सहयोग गरिएको बताइएको छ ।
मृतक दर्जीकी पत्नी भारतबाट नेपाल फर्किएकी छिन् । लकडाउनभन्दा अगाडि वैदेशिक रोजगारीको क्रममा भारत गएकी उनी पतिको मृत्युपछि हिजो नेपाल आएकी हुन् । विभिन्न संघसंस्थाको पहलमा नेपाल भारत सीमासम्म आएकी उनलाई भारतीय सीमादेखि विराटचोकसम्म ल्याउन नगरपालिकाले समन्वय गरेको वडा नम्बर १० का अध्यक्ष राजेन्द्रबहादुर थापाले बताए ।
सम्बन्धित समाचार
खान नपाएर आत्महत्या, वैदेशिक रोजागरमा हिँडेकी श्रीमती भारतमा बेखबर, छोराछोरीको बिचल्ली
उद्योग वाणिाज्य सङ्घ द्वारा दर्जी परिवारलाई नगद सहयाेग
लायन्स क्लब अफ इन्द्रपुरद्वारा दर्जी परिवारलाई खाद्यान्न सहयोग
Facebook Comment
Banner
एमालेमा उम्मेदवारी शुल्क : अध्यक्षलाई १५ हजार, केन्द्रीय सदस्यलाई ५ हजार
नेकपा एमालेमा उम्मेदवारी दर्ताका लागि शुल्क निर्धारण गरिएको छ, जसमा अध्यक्षका लागि १५ हजार, अरु पदाधिकारीका लागि १० हजार र केन्द्रीय सदस्यका लागि ५ हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको छ ।
सबै पदको फारमका लागि १ सय रुपैयाँ तोकिएको छ । आजै उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि बिहान ११ बजेबाट नेतृत्व चयनका लागि मतदान हुँदै छ ।
Banner
साफ महिला क्लब च्याम्पियनशिपको उपाधिका लागि एपीएफ र इस्ट बङ्गाल खेल्ने
साफ महिला क्लब च्याम्पियनशिपको उपाधिका लागि नेपालको लिग विजेता एपीएफ क्लब र भारतको लिग विजेता इस्ट बङ्गाल एफसी खेल्ने भएका छन् । लिग चरणका दुई खेल बाँकी छँदै एपीएफ र इस्ट बङ्गाल उपाधिका लागि खेल्ने भएका हुन् ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो भएको पहिलो खेलमा एपीएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोलले हरायो । यस्तै हिजै बेलुका भएको दोश्रो खेलमा इस्ट बङ्गालले बङ्गलादेशको नसरिन स्पोर्टस एकेडेमीलाई ७–० गोलले हरायो ।
लगातार ३ खेलमा अपराजित इस्ट बङ्गाल ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा २ जीत र १ बराबरीसहित एपीएफ ७ अङ्क जोड्दै दोश्रो स्थानमा छ । एपीएफले पहिलो खेलमा बङ्गलादेशको नसरिन स्पोट्र्स एकेडेमीलाई ४–० गोलले हराएको थियो भने दोस्रो खेलमा भूटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
एपीएफले लिग चरणको अन्तिम खेलमा इस्ट बङ्गाल एफसीसँग पर्सि बुधवार खेल्नेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनशिपमा ५ सदस्य राष्ट्रको लिग विजेता सहभागी छन् । सिङ्गल राउन्ड रोबिनपछि शीर्ष २ टोलीेले फाइनल खेल्नेछन् ।
Banner
सहयोगी मनद्वारा गछिया आधारभूत विद्यालयका ९८ विद्यार्थीलाई न्यानो स्विटर वितरण
जाडोको चिसो बढ्दै गएका बेला मोरङको गछिया आधारभूत विद्यालयमा अध्ययनरत ९८ जना विद्यार्थीलाई ‘सहयोगी मनहरु सामाजिक संस्थाले न्यानो स्विटर वितरण गरेको छ।
आइतबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भीम अधिकारीले विद्यार्थीहरूलाई स्विटर हस्तान्तरण गर्दै शिक्षासँगै बालबालिकाको स्वास्थ्य र सुरक्षामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालय प्रशासनले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको नियमित उपस्थिती र मनोबल बढ्ने जनाएको छ। स्थानीय अभिभावकहरू पनि संस्थाको पहलप्रति खुशी देखिएका छन्।
सहयोगी मनहरु’ संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सहयोग निरन्तर गर्ने जनाएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login