Connect with us
Advertisement
Advertisement

उद्योग वाणिाज्य सङ्घ द्वारा दर्जी परिवारलाई नगद सहयाेग

Published

on

विराटचोकः गरिवीका कारण दैनिक हातमुख र्जोन नसकेपछी आत्महत्या गरेका असोक दर्जीको परिवारलाई सहयोग जुट्न थालेको छ । देशका विभिन्न ठाउँ तथा समाजमा रहेका विभिन्न सङ्घ संस्थाले सहयाेग गर्ने क्रममा बढेको हाे । साेमबार माेरङकाे सुन्दरहरैचामा रहेको सुन्दरहरैचा उद्योग वाणिाज्य सङ्घले दर्जी परिवारलाई नगद रू ५ हजार १ सय सहयोग गरेकोे छ । सङ्घका अध्यक्ष नबराज चापागाईं लगायतले परिवारलाई नगद हस्तान्तरण गरेकाे सचिव नारायण कार्कीले जनाएका छन् । यश अघि लायन्स क्लब अफ इन्द्रपुरले दर्जीको परिवारलाई खाद्यान्न सहयोग गरेको थियो ।
यस्तै सङ्घले  केही महिना अघि  विराटचौकमा  रहेका तीन होटलका आगलागी पिडितलाई समेत सहयाेग गरेकाे थियाे   । आगलागी पिडित व्यक्तिहरुलाई नगद रु १५ हजार प्रदान गरेकाे थियाे ।
सम्बन्धित समाचार
Continue Reading

Facebook Comment

Advertisement
1 Comment

Banner

विराटचोकका २ वटा फलफूल तथा तरकारी पसलमा लागेको आगो नियन्त्रणमा

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचाको वडा नम्बर १२ मा रहेका २ वटा फलफूल पसलमा लागेको आगो नियन्त्रणमा आएको छ । बुधबार राति अन्दाजी ९ बजेतिर शुरु भएको आगो स्थानीयवासी तथा सुन्दरहरैंचा र बेलबारीका दमकलले नियन्त्रणमा लिएका हुन् ।

आगलागीको कारण थाहा हुन सकेको छैन । मुख्य बजारमा रहेका टिनको छाना भएका सुम्निमा सब्जी पसल र श्यामबाबु सुढीको फलफूल पसलमा आगो लागेको हो । आगो नियन्त्रणको लागि इटहरीबाट पनि दमकल आए पनि सो दमकल आइपुग्दा आगो नियन्त्रणमा आइसकेकाले सो दमकल इटहरी नै फर्किएको स्थानीयले बताए ।

आज आगलागी भएकै पूर्व तर्फ छेउमा गत असार २८ गते राति पनि आगलागी भएको थियो । ३ वटा होटलमा लागेको आगो निभाउने क्रममा ग्यास सिलिण्डर पड्किँदा ६ जना घाइते भएका थिए ।

 

Continue Reading

Banner

विराटचोकमा आगलागी

Published

on

विराटचोकः सुन्दरहरैंचाको विराटचोकको मुख्य बजारमा बुधबार राति  आगलागी भएको छ । मुख्य बजारमा रहेको एक फलफूल पसलमा आगलागी भएको बताइएको छ । घटनाको बारेमा थप जानकारी आउन बाँकी छ । घटनास्थलमा सुन्दरहरैंचाका साथै छिमेकी अन्य स्थानीय तहका दमकल आगो निभाउन पुगेका छन् ।

घटनाको थप विवरण आउन बाँकी छ ।

Continue Reading

Banner

घरले पुरिएर ७ महिने शिशुको मृत्यु

Published

on

धनकुटाः धनकुटा जिल्लाको महालक्ष्मी–९ सिरिसे बस्ने धनबहादुर लिम्बूकी ७ महिनाकी छोरीको आफ्नै घरले पुरिएर मृत्यु भएको छ ।

आज दिउँसो १२ बजे वर्षाको कारण ढुङ्गा, माटो र टिनको छानो भएको घर भत्किँदा सोही घरले पुरिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बाबु धनबहादुर सामान्य घाइते भएका छन् । सोही पहिरोले पुरिएर घरमुनि रहेका एउटा भैँसी र एउटा गाई पनि मरेको सो कार्यालयले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक