पर्यटन
सम्भावना रहे पनि पर्यटक तान्न नसकेको सुन्दरहरैंचाको कालीखोला पोखरी (विश्व पर्यटन दिवस विशेषः ३)
विराटचोकः कालीखोला पोखरी सुन्दरहरैंचाको मुख्य बजार क्षेत्रमा रहे पनि पर्याप्त पर्यटक तान्न नसकेका कारण ओझेलमा परेको पर्यटकीय गन्तव्य हो । हजारौँ बिघा जमिनमा सिँचाइ हुने गरी बजारभित्रै पानी उम्रिएको एक पोखरी हो कालीखोला पोखरी ।
२००८ सालमा देवी स्थापना गरी यहाँ पूजा गरिँदै आएको छ । अहिले २ परिवार बसेर दैनिक पूजा गर्दै आएका छन् । पहिले देवीसँग कुस्ती खेलेको अनुभव रहेका स्थानीय बनुलाल चौधरी कालीखोला क्षेत्रमा साक्षात् भगवान् अर्थात् देवीको रूप देखा पर्ने बताउँछन् । चौधरी २०३७ सालतिर खेती गर्न हाल रहेको पोखरीको उत्तरतर्फको जग्गामा जाने गरेका थिए । काम सकेर मध्याह्न्नको समयमा खाना खान घर जाँदा बाटोमा बच्चाजस्तो देवीको रूप अगाडि देखा परेको बताउँदै देवी देखा परेपछि आफूमाथि आइलागेको र देवीसँग कुस्ती खेलेको उनी सुनाउँछन् ।
सो क्षेत्रमा कसैले फोहोर गरे आफू मुर्छा पर्ने, बेहोस हुने, गरेको समेत उनले सुनाए । कसैले नराम्रो गरेमा देवी प्रकट भई सचेत गराउने गरेको र आफूले पनि कुनै नौलो फल पाउँदा नयाँ वर्षमा देवी थानमा चढाउने गरेको उनले बताए । पहिले सफा, पानी भएकाले यस क्षेत्रका मानिसले त्यहाँको पानी प्रयोग गर्दथे । त्यसबेलामा थोरै घर भएकाले पिउने पानीको स्रोत भनेको त्यो पोखरी नै भए पनि अहिले भने सम्झनामा मात्रै सीमित छ ।
पोखरीको क्षेत्रभित्र काली, शिव, गणेश राधाकृष्ण, भीमसेनलगायत विभिन्न देवदेवीका मन्दिर छन् । २०६० सालदेखि यस क्षेत्रमा प्रत्येक वर्ष माघे संक्रान्तिका दिन मेला लाग्ने गर्छ । सो मेलामा सबै जातजातिका संस्कृति झल्कने झाँकी, भजन कीर्तनका साथमा सांस्कृतिक कार्यक्रम प्रस्तुत हुने गरेका छन् । जलाशय क्षेत्र भएकाले यहाँ प्रत्येक वर्ष छठीमाईको पूजा पनि हुन्छ ।

यस पोखरीलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके आयआर्जनसँगै यो ठाउँको पहिचानलाई देशभर चिनाउन सकिने सम्भावना देखिन्छ । यो ठाउँलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने कालीखोला बहुउद्देश्यीय सामुदायिक सेवा समितिका अध्यक्ष शिवप्रसाद दाहाल बताउँछन् । नौधाराको दक्षिणतर्फ ठूलो जलाशय क्षेत्र रहेको छ । यस क्षेत्रमा सुन्दर पोखरी निर्माण गर्न सके अनि माछापालन गर्न सके आन्तरिक पर्यटकलाई बोटिङका लागि तान्न सकिने सम्भावना छ ।
महाभारतकालीन महत्व बोकेको किच्चकगढी ओझेलमा (विश्व पर्यटन दिवस विशेषः २)
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













Pingback: विवादको भुमरीमा परेको बाघझोडा सिमसार (विश्व पर्यटन दिवस विशेष ४) - निष्पक्षखबर
Pingback: बेलबारी नगरः सिमसारै सिमसार (विश्व पर्यटन दिवस विशेष ६) - निष्पक्षखबर
Pingback: उर्लाबारीको शानः बेतिनी सिमसार - निष्पक्षखबर