Connect with us
Advertisement

बेलबारी नगरः सिमसारै सिमसार (विश्व पर्यटन दिवस विशेष ६)

Published

on

विराटचोकः बेलबारी नगरपालिका सिमसारै सिमसार भएको नगरपालिकाको रुपमा पनि चिनिन्छ । नगरपालिकाले पनि जङ्गलभित्रको नगर र सिमसारको नगरको रुपमा बेलबारीलाई चिनाउन चाहेको छ । बेलबारीमा प्राकृतिक तथा ऐतिहासिक महत्वका धेरै पर्यटकीय स्थल रहेको छन् ।

नगरको शोभाः बेतना
यहाँको मुख्य पर्यटकीय क्षेत्र बेतना सिमसार हो । मुख्य बजारभन्दा लगभग डेढ किलोमिटर पूर्वमा रहेको यो सिमसार पूर्वपश्चिम लोकमार्गमा नै रहेको हुनाले यहाँ सहजै पुग्न सकिन्छ । पहिले बेतको वन रहेको हुनाले त्यसैको आधारमा यसको नाम बेतना राखिएको स्थानीय बताउँछन् ।

मूल फुटेर आएको छ र यहाँ त्यसै पानीबाट पोखरीहरू बनेका छन् । लगभग १५ बिघा क्षेत्रमा फैलिएको सिमसारको दक्षिणी भागमा पहिले कटकबहादुर बस्नेत नामक व्यक्तिले बाँध बाँधी खेतीका लागि पानीको प्रयोग गरेका हुनाले यसलाई कटके बाँध पनि भनिन्थ्यो ।

सिमसार क्षेत्रमा अनेक प्रकारका जडीबुटी, वनस्पति र वन्यजन्तु तथा चराचुरूङ्गीहरू पाइन्छन् । वनस्पति र वन्यजन्तुको अध्ययन गर्नेका लागि पनि यो क्षेत्रलाई महत्वपूर्ण मानिन्छ । बेतना पोखरीको उत्तरी भागमा देवीको थान छ । त्यहँ एउटा रूखका फेदमा केही ढुङ्गाहरू राखेर तिनैलाई देवी मानी पूजाआजा गर्ने चलन रहेको पाइन्छ ।

इतिहास बोकेको धनपालगढी
बेलबारीको कसेनीमा रहेको धनपालगढी मध्यकालदेखि नै गढीका रूपमा प्रख्यात रहेको विश्वास गरिन्छ । झण्डै सय वर्ष अघि यहाँको जंगल फाँड्दा ऐतिहासिक राजा धनपालको मूर्ति एउटा रूखको फेदमा भेटिएको स्थानीय बताउँछन् । पछि सो मूर्तिलाई थानका रूपमा राखी टिनको छानो हालेर मन्दिर बनाइयो । त्यसपछि लामो समयसम्म त्यसैलाई मुख्य मन्दिर मानी पूजाआजा गर्ने कार्य भयो ।

राजा धनपाल को थिए भन्ने बारेमा अनेक प्रकारका किंवदन्ती र पाइन्छन् । ऐतिहासिक विवरणहरूका आधारमा धनपाल एकजना स्थानीय रजौटा थिए भनी मानिएको पाइन्छ । यिनको किल्लाको नाम धनपालगढी थियो । धनपालको पतनपछि यिनको किल्ला या गढी जीर्ण हुँदै गयो ।
धनपालगढीमा राजा धनपालको मन्दिरछेउमा नै ससाना थानहरू प्रशस्त छन् । स्थानीय थारू तथा राजवंशीहरूले नयाँ घर बनाउनु परेको खण्डमा पहिले त्यस स्थानमा एउटा सानो थान पनि बनाउने हुनाले त्यहाँ यस्ता थानहरूको संख्या बढिरहन्छ । सामान्यतया पक्की घर वनाउनेले पक्की थान र कच्ची घर बनाउनेले थान पनि कच्ची नै बनाउने चलन छ । धनपालगढीमा राजा धनपालको मन्दिरदेखि करिब २ सय मिटर दक्षिणमा गढीभित्र पस्ने द्वार छेउमा नै बिन्दवासिनीको पक्की मन्दिर निर्माण गरिएको छ ।

अमना सिमसारः बेलबारी चोकदेखि करिब १ किलोमिटर उत्तरमा अमना खोलाको पानी सिँचाईका लागि बाँध बाँधेर थुन्नाले यो सिमसार बनेको छ । यो सिमसार अमना सिसौली सामुदायिक वनभित्र पर्दछ । अमना सिमसार क्षेत्रको छेउमा दुर्गा मन्दिर, शिवमन्दिर र तमू गुम्बा रहेका छन् । अमना सिमसारमा देवीदेवताका थानहरु नरहे पनि त्यहाँ नागको पूजाआजा गर्ने गरिन्छ । यहाँ सिमे र भूमेको पनि पूजाआजा हुन्छ ।

सिसौली सिमसारः यो सिमसार बेलबारी चोकदेखि करीब ६ सय मिटर उत्तरमा चारकोशे झाडीमा पर्दछ । सिसौली खोलाको पानी बाँध बाँधेर थुन्नाले यो सिमसार बनेको हो । बेतना सिमसारको पानी केही कम भएपछि त्यतातिर पानी लैजान सिसौली खोलामा बाँध बाँध्नाले यो सिमसार बनेको हो । सिसौली एउटा ठूलो पोखरीका रुपमा रहेको देखिन्छ । वि.सं. २०३२ सालमा कीर्तिनिधि विष्टले पनि सिसौली भेगमा बाँध बाँध्ने प्रयास गरेको तर उनी असफल भएको बताइन्छ । यस सिमसारको पानीको स्रोत भने जंगलको बीचमा उम्रिएको जरुवा पानी हो । सिसौली खोलाको पानी लोहोन्द्रा खोलामा मिसिने गर्दछ । सिसौली सिमसारको छेउमा महाराजको थान पनि छ । स्थानीय धिमाल समुदायले मान्ने यस थान क्षेत्रमा जेठ ५ गते सिरुवा मेला लाग्दछ ।

नगरका अन्य सिमसारयुक्त क्षेत्रमा झलझली बाँध, हाँडीदह र भुलभुले पनि हुन् । एउटै सिमसारका दुई भागको रुपमा हाँडीदह र भुलभुले रहेका छन् । यहाँ आसपासका मात्र नभएर केही टाढादेखिका मानिसहरु पनि मकर स्नानका लागि आउँछन् । महाराजथान भव, जाल्पादेवी भव, कुइरीखोला सिमसार, मखनपोखरी र गयल पोखरी पनि बेलबारीका पर्यटकीय सम्भावना बोकेका सिमसार क्षेत्र हुन् ।

सुकुना वहा सिमसार, धैतीझोरा, थानझोरा, दुदाहा खोला केशलिया र बासीखोलालाई पनि व्यवस्थित गरेर पर्यटक तान्न सकिने स्थानीय बताउँछन् ।

रमिते भ्यु टावरले पनि पर्यटक तान्न सक्ने विश्वास लिइएको छ । बेलबारी २ रमितेमा रहेको यो भ्यु टावर बेतनापछिको दोस्रो गन्तव्य बनाउने गरी काम भइरहेको बताइएको छ ।

सम्बन्धित समाचारहरु

पर्यटकीय क्षेत्रको खानी रहेको केराबारी गाउँपालिका (विश्व पर्यटन दिवस विशेषः ५)

विवादको भुमरीमा परेको बाघझोडा सिमसार (विश्व पर्यटन दिवस विशेष ४)

सम्भावना रहे पनि पर्यटक तान्न नसकेको सुन्दरहरैंचाको कालीखोला पोखरी (विश्व पर्यटन दिवस विशेषः ३)

महाभारतकालीन महत्व बोकेको किच्चकगढी ओझेलमा (विश्व पर्यटन दिवस विशेषः २)

तराईका फाँट नियाल्न सकिने रमणीय भाग र ऐतिहासिक पोखरीको धनी लेटाङ नगरपालिका (विश्व पर्यटन दिवस विशेषः१)

Continue Reading

Facebook Comment

1 Comment

Banner

उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Published

on

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Continue Reading

Banner

आज शहीद दिवस

Published

on

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।

Continue Reading

Banner

तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ

Published

on

अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।

मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।

जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।

यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।

साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।

साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक