पर्यटन
बेलबारी नगरः सिमसारै सिमसार (विश्व पर्यटन दिवस विशेष ६)
विराटचोकः बेलबारी नगरपालिका सिमसारै सिमसार भएको नगरपालिकाको रुपमा पनि चिनिन्छ । नगरपालिकाले पनि जङ्गलभित्रको नगर र सिमसारको नगरको रुपमा बेलबारीलाई चिनाउन चाहेको छ । बेलबारीमा प्राकृतिक तथा ऐतिहासिक महत्वका धेरै पर्यटकीय स्थल रहेको छन् ।
नगरको शोभाः बेतना
यहाँको मुख्य पर्यटकीय क्षेत्र बेतना सिमसार हो । मुख्य बजारभन्दा लगभग डेढ किलोमिटर पूर्वमा रहेको यो सिमसार पूर्वपश्चिम लोकमार्गमा नै रहेको हुनाले यहाँ सहजै पुग्न सकिन्छ । पहिले बेतको वन रहेको हुनाले त्यसैको आधारमा यसको नाम बेतना राखिएको स्थानीय बताउँछन् ।

मूल फुटेर आएको छ र यहाँ त्यसै पानीबाट पोखरीहरू बनेका छन् । लगभग १५ बिघा क्षेत्रमा फैलिएको सिमसारको दक्षिणी भागमा पहिले कटकबहादुर बस्नेत नामक व्यक्तिले बाँध बाँधी खेतीका लागि पानीको प्रयोग गरेका हुनाले यसलाई कटके बाँध पनि भनिन्थ्यो ।
सिमसार क्षेत्रमा अनेक प्रकारका जडीबुटी, वनस्पति र वन्यजन्तु तथा चराचुरूङ्गीहरू पाइन्छन् । वनस्पति र वन्यजन्तुको अध्ययन गर्नेका लागि पनि यो क्षेत्रलाई महत्वपूर्ण मानिन्छ । बेतना पोखरीको उत्तरी भागमा देवीको थान छ । त्यहँ एउटा रूखका फेदमा केही ढुङ्गाहरू राखेर तिनैलाई देवी मानी पूजाआजा गर्ने चलन रहेको पाइन्छ ।
इतिहास बोकेको धनपालगढी
बेलबारीको कसेनीमा रहेको धनपालगढी मध्यकालदेखि नै गढीका रूपमा प्रख्यात रहेको विश्वास गरिन्छ । झण्डै सय वर्ष अघि यहाँको जंगल फाँड्दा ऐतिहासिक राजा धनपालको मूर्ति एउटा रूखको फेदमा भेटिएको स्थानीय बताउँछन् । पछि सो मूर्तिलाई थानका रूपमा राखी टिनको छानो हालेर मन्दिर बनाइयो । त्यसपछि लामो समयसम्म त्यसैलाई मुख्य मन्दिर मानी पूजाआजा गर्ने कार्य भयो ।

राजा धनपाल को थिए भन्ने बारेमा अनेक प्रकारका किंवदन्ती र पाइन्छन् । ऐतिहासिक विवरणहरूका आधारमा धनपाल एकजना स्थानीय रजौटा थिए भनी मानिएको पाइन्छ । यिनको किल्लाको नाम धनपालगढी थियो । धनपालको पतनपछि यिनको किल्ला या गढी जीर्ण हुँदै गयो ।
धनपालगढीमा राजा धनपालको मन्दिरछेउमा नै ससाना थानहरू प्रशस्त छन् । स्थानीय थारू तथा राजवंशीहरूले नयाँ घर बनाउनु परेको खण्डमा पहिले त्यस स्थानमा एउटा सानो थान पनि बनाउने हुनाले त्यहाँ यस्ता थानहरूको संख्या बढिरहन्छ । सामान्यतया पक्की घर वनाउनेले पक्की थान र कच्ची घर बनाउनेले थान पनि कच्ची नै बनाउने चलन छ । धनपालगढीमा राजा धनपालको मन्दिरदेखि करिब २ सय मिटर दक्षिणमा गढीभित्र पस्ने द्वार छेउमा नै बिन्दवासिनीको पक्की मन्दिर निर्माण गरिएको छ ।
अमना सिमसारः बेलबारी चोकदेखि करिब १ किलोमिटर उत्तरमा अमना खोलाको पानी सिँचाईका लागि बाँध बाँधेर थुन्नाले यो सिमसार बनेको छ । यो सिमसार अमना सिसौली सामुदायिक वनभित्र पर्दछ । अमना सिमसार क्षेत्रको छेउमा दुर्गा मन्दिर, शिवमन्दिर र तमू गुम्बा रहेका छन् । अमना सिमसारमा देवीदेवताका थानहरु नरहे पनि त्यहाँ नागको पूजाआजा गर्ने गरिन्छ । यहाँ सिमे र भूमेको पनि पूजाआजा हुन्छ ।
सिसौली सिमसारः यो सिमसार बेलबारी चोकदेखि करीब ६ सय मिटर उत्तरमा चारकोशे झाडीमा पर्दछ । सिसौली खोलाको पानी बाँध बाँधेर थुन्नाले यो सिमसार बनेको हो । बेतना सिमसारको पानी केही कम भएपछि त्यतातिर पानी लैजान सिसौली खोलामा बाँध बाँध्नाले यो सिमसार बनेको हो । सिसौली एउटा ठूलो पोखरीका रुपमा रहेको देखिन्छ । वि.सं. २०३२ सालमा कीर्तिनिधि विष्टले पनि सिसौली भेगमा बाँध बाँध्ने प्रयास गरेको तर उनी असफल भएको बताइन्छ । यस सिमसारको पानीको स्रोत भने जंगलको बीचमा उम्रिएको जरुवा पानी हो । सिसौली खोलाको पानी लोहोन्द्रा खोलामा मिसिने गर्दछ । सिसौली सिमसारको छेउमा महाराजको थान पनि छ । स्थानीय धिमाल समुदायले मान्ने यस थान क्षेत्रमा जेठ ५ गते सिरुवा मेला लाग्दछ ।
नगरका अन्य सिमसारयुक्त क्षेत्रमा झलझली बाँध, हाँडीदह र भुलभुले पनि हुन् । एउटै सिमसारका दुई भागको रुपमा हाँडीदह र भुलभुले रहेका छन् । यहाँ आसपासका मात्र नभएर केही टाढादेखिका मानिसहरु पनि मकर स्नानका लागि आउँछन् । महाराजथान भव, जाल्पादेवी भव, कुइरीखोला सिमसार, मखनपोखरी र गयल पोखरी पनि बेलबारीका पर्यटकीय सम्भावना बोकेका सिमसार क्षेत्र हुन् ।
सुकुना वहा सिमसार, धैतीझोरा, थानझोरा, दुदाहा खोला केशलिया र बासीखोलालाई पनि व्यवस्थित गरेर पर्यटक तान्न सकिने स्थानीय बताउँछन् ।
रमिते भ्यु टावरले पनि पर्यटक तान्न सक्ने विश्वास लिइएको छ । बेलबारी २ रमितेमा रहेको यो भ्यु टावर बेतनापछिको दोस्रो गन्तव्य बनाउने गरी काम भइरहेको बताइएको छ ।
सम्बन्धित समाचारहरु
पर्यटकीय क्षेत्रको खानी रहेको केराबारी गाउँपालिका (विश्व पर्यटन दिवस विशेषः ५)
विवादको भुमरीमा परेको बाघझोडा सिमसार (विश्व पर्यटन दिवस विशेष ४)
सम्भावना रहे पनि पर्यटक तान्न नसकेको सुन्दरहरैंचाको कालीखोला पोखरी (विश्व पर्यटन दिवस विशेषः ३)
महाभारतकालीन महत्व बोकेको किच्चकगढी ओझेलमा (विश्व पर्यटन दिवस विशेषः २)
Banner
जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा
एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।
सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।
जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।
Banner
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।
Banner
नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण
बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















Pingback: पोखरीको गाउँपालिका कानेपोखरी (विश्व पर्यटन दिवस विशेष ९) - निष्पक्षखबर