विश्व
रुसमा १६ लाख र बेल्जियममा ४ लाख पुगे कोरोना संक्रमित

विराटचोकः रुसमा कोरोना संक्रमितको संख्या १६ लाख तथा बेल्जियममा ४ लाख पुगेको छ । रुसमा १८ हजार १ सय ४० जना र बेल्जियममा २० हजार ५६ जना कोरोना संक्रमित थपिएका छन् ।
वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार युरोपमा सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टि भएको रुसमा संक्रमितको संख्या १६ लाख १८ हजार १ सय १६ जना पुगेको छ । २७ हजार ९ सय ९० जनाको संक्रमणका कारण ज्यान गएको छ । १२ लाख १५ हजार ४ सय १४ जना निको भएका छन् । आइसोलेसनमा रहनेको संख्या ३ लाख ७४ हजार ७ सय १२ जना छ ।
त्यस्तै, बेल्जियममा कोरोना संक्रमितको संख्या ४ लाख १२ हजार ३ सय १४ जना पुगेको छ । ११ हजार ४ सय ५२ जनाको संक्रमणका कारण ज्यान गएको छ । २४ हजार ९ सय ६ जना निको भएका छन् । आइसोलेसनमा रहनेको संख्या ३ लाख ७५ हजार ९ सय ५६ जना छ ।
सम्बन्धित समाचारहरु
रुसमा १२ लाख, फ्रान्समा ६ लाख र जर्मनीमा ३ लाख कोरोना संक्रमित
रुसमा कोरोना संक्रमितको संख्या ११ लाखभन्दा बढी
बेल्जियममा कोरोना संक्रमितको संख्या ३ लाख ५ हजार, निको हुने २२ हजार ८ सय मात्रै
बेलायतमा ७ लाख, इटलीमा ४ लाख र बेल्जियममा २ लाख पुगे कोरोना संक्रमित
बेल्जियममा कोरोना संक्रमितको संख्या १ लाख
Facebook Comment
Banner
तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता भोलिदेखि सञ्चालन हुने

मोरङको सुन्दरहरैंचा नगरपालिकामा भोलिदेखि तेस्रो सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सुन्दरहरैंचा नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्ग श्रेष्ठले दिनुभएको जानकारी अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुनेछन् ।
सदस्य सचिव श्रेष्ठका अनुसार प्रतियोगितामा मोरङका ६ वटा र सुनसरीका २ वटा पालिका सहभागी हुनेछन् । प्रतियोगितामा सुनसरीका इटहरी उपमहानगरपालिका र दुहबी नगरपालिकाका टिम सहभागी हुनेछन् । त्यस्तै, मोरङका आयोजक सुन्दरहरैंचा नगरपालिकाका साथै लेटाङ, पथरीशनिश्चरे र बेलबारी नगरपालिका सहभागी हुनेछन् । त्यस्तै, कानेपोखरी गाउँपालिका र केराबारी गाउँपालिका पनि प्रतियोगितामा सहभागी हुनेछन् ।
प्रतियोगिताको फाइनल खेल बैशाख १३ गते हुनेछ । प्रतियोगितामा विजयी हुनेले नगद ४ लाख र उपविजेता हुनेले नगद २ लाख रुपैयाँका साथै कप पाउनेछन् । त्यस्तै हरेक दिन म्यान अफ द म्याच घोषित हुने खेलाडीले नगद २ हजार ५०० रुपैयाँ पाउनेछन् । अन्य ५ विधाका उत्कृष्ट खेलाडीले जनही नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिताका सबै खेल पचाम खेलमैदान सुन्दरहरैंचा–१ मा हुने भएका छन् । भोलि हुने उद्घाटन खेल इटहरी उपमहानगरपालिका र लेटाङ नगरपालिकाबीच दिउँसो ३ बजे हुनेछ ।
Banner
सुकुना बहुमुखी क्याम्पसमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै

सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचामा यही बैशाख ६ र ७ गते हुन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुने भएको छ ।
सहायक क्याम्पस प्रमुख तथा सो शैक्षिक सम्मेलनका संयोजक गणेशप्रसाद दहालका अनुसार सम्मेलन सम्पन्न गर्न विभिन्न समिति, उपसमिति तथा सदस्यहरूको जिम्मेवारी तोकिएको छ ।
क्याम्पस प्रमुख अर्जुनराज अधिकारीका अनुसार कार्यक्रमको गरिमा र प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको व्यवस्थापनमा ध्यान दिइएको छ ।
सम्मेलनका विविध विषयमा ७० ओटा कार्यपत्र प्रस्तुत हुने भएका छन् । विभिन्न तीन कि नोट स्पीकर मुख्य हलमा सम्पन्न हुनेछ । त्यसपछि साइन्स टेक्नोलोजी र म्याथ मेटिक्स, ह्युमेनिटिज एण्ड एजुकेसन तथा म्यानेजमेन्ट गरी तीन ठाउँमा कार्यपत्र प्रस्तुत हुने भएको छ । त्यसपछि ५ वटा सेसन सञ्चालन हुने बताइएको छ ।
कन्भेनर सदस्य गुणराज नेपालका अनुसार सम्मेलनमा नेपालका साथै भारत, चीन, अमेरिकासहित ७ देशका प्राध्यापक तथा शिक्षाविद्ले सम्मेलनमा आफ्ना कार्यपत्र प्रस्तुत गर्नुहुने भएको छ ।
सम्मेलनलाई सफल बनाउने विषयमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीबीच हिजो संयुक्त बैठक बसी छलफल भएको छ ।
बैशाख ६ गते बिहान ९ बजेदेखि ५ बजेसम्म र बैशाख ७ गते बिहान साढे ८ बजेदेखि ४ बजेसम्म कार्यक्रम सञ्चालन हुने बताइएको छ । सम्मेलनमा ३०० जनाभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको क्याम्पसले जनाएको छ ।
Banner
विराटचोकवासीलाई असर पारेको भन्दै विराटचोक– घिनाघाट सडक निर्माणको विषयमा सुन्दरहरैंचा नगरपालिकामा छलफल

निर्माणाधीन विराटचोक– घिनाघाट सडक निर्माणमा भएको ढिलाइले पारेको असरका विषयमा जनप्रतिनिधि, स्थानीयवासी, व्यवसायीबीच छलफल भई काम छिटो सम्पन्न गर्न सबैसँग अपिल गरिएको छ ।
बैठकमा सहभागी सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीका अनुसार हिजो सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुखको केदारप्रसाद गुरागाईँको कार्यकक्षमा छलफल भएको हो ।
सडक निर्माणका क्रममा स्थानीय सरोकारवाला घरधनी व्यवसायी एवम् पैदलयात्रीलाई पर्न गएको असुविधा तथा स्वास्थ्यमा परेको असरको बारेमा छलफल भएको थियो ।
सो सडक भएर चल्ने सवारी साधनलाइ अन्यत्र बाईपास गरेर छिटो भन्दा छिटो सहज ढंगले निर्माण कार्य सम्पन्न गर्न जिम्मेवार बन्नुपर्ने विषयमा छलफल गरी निर्माणाधीन सडकको अनुगमन गरिएको कार्कीले जानकारी दिनुभयो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login