उपचुनाव २०७६
शान्तिपूर्ण र उत्साहजनक मतदान प्रकृया सुरु
बिराटचोक :प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि आज बिहानैदेखि मतदान सुरु भएको छ । निर्वाचन आयोगले बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । विभिन्न क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक ढंगले निर्वाचन भइरहेको निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएकाले निर्भीक भएर मतदानमा सहभागी हुन मतदातालाई आह्वान गरेका छन् ।
प्रदेशसभाका तीनवटा निर्वाचन क्षेत्रमा १५ र स्थानीय तहका विभिन्न पदका लागि २० राजनीतिक दलले चुनावमा भाग लिएका छन् । तीनवटै तहका गरी ३ सय ३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसमध्ये राजनीतिक दलका २ सय ५३ जना र अन्य स्वतन्त्र उम्मेदवार छन् ।
प्रतिनिधिसभातर्फ ३२ मतदान स्थलमा ८२ मतदान केन्द्र, प्रदेशसभातर्फ ७८ मतदान स्थलमा १ सय ७४ मतदान केन्द्र र स्थानीय तहतर्फ १ सय ३७ मतदान स्थलमा २ सय ८१ मतदान केन्द्र रहेको आयोगले जनाएको छ । उपनिर्वाचन हुने क्षेत्रमा ४ लाख ५४ हजार १ सय १४ जना मतदाता छन् । त्यहाँ १६ हजार २ सय १९ नयाँ मतदाता थपिएका छन् ।
Facebook Comment
उपचुनाव २०७६
१ मतको फरकले धरानको ७ नम्बर वडामा नेकपा विजयी
धरानः धरान उपमहानगरपालिकाको वडा नम्बर ७ मा १ मतको अन्तरमा नेकपाका जीवराज सुवेदी निर्वाचित भएका छन् । सुवेदीले ६ सय २२ मत ल्याउँदा कांग्रेसका सुवर्णमोहन पलिखेले ६ सय २१ मत ल्याएका छन् ।
त्यस्तै, राप्रपाका दिनेश शाक्यले २० र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी निता राईले ७ मत ल्याएकी छिन् । यो वडामा जम्मा ४ जनाले उम्मेद्वारी दिएका थिए । २ हजार २५ मतदातामध्ये १ हजार ३ सय ३१ मत खसेको थियो । जसमा ६१ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ ।
यद्यपि १ मतको फरकले नतिजा आएपछि नेपाली कांग्रेसले पुनः मतगणनाको लिखित माग गरेको छ ।
उपचुनाव २०७६
कम्युनिष्टको लालकिल्ला तोड्दै धरानको प्रमुख पदमा काङ्ग्रेसका तिलक राइको ऐतिहासिक जित
बिराटचोक कम्युनिष्टको लालकिल्ला भनेर चिनिने धरानको प्रमुख पदमा नेपाली काङ्ग्रेसका तिलक राइले ऐतिहासिक जित दर्ता गरेका छन्।
२०४६ सालपछाडि भएका जस्तोसुकै चुनावमा बामपन्थीले जित्दै आएको धरानमा योपटक भने प्रमुख पदमा काङ्ग्रेसले ऐतिहासिक बाजी मारेको हो।
मेयर पदमा निर्वाचित भएका तिलकले २६ हजार ७ सय ९ मत ल्याए भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याएका हुन्। ९२ हजार ८ सय ५३ मतदाता भएको धरानमा ५९.४९ प्रतिशत मत खसेको थियो। मेयरमा निर्वाचित तिलक राई २०७४ सालको चुनावमा एमालेका तारा सुब्बासँग ४ हजार ८ सय ७३ मतले पराजित भएका थिए। अघिल्लो चुनावमा १६ हजार १ सय २ मत पाएका तिलकले यो पटक भने बढी मत ल्याएका हुन् ।
मतगणना भएको सुरुवाती चरणमा मात्र झिनो मतले लिड गरेका प्रकाश राई त्यसपछि निरन्तर तिलक राईको पछि नै परेका थिए। साविक चुनावमा वामपन्थी समूहले जितेका ९ वटा वडामा कांग्रेसले बढी मत पाएको छ।
उपचुनाव २०७६
प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा स्वतन्त्र उम्मेद्वार, वडा नम्बर १ मा नेकपा विजयी
विराटचोकः प्युठानको ऐरावती गाउँपालिकामा नेकपाको समर्थनमा उठेका स्वतन्त्र उम्मेद्वार भिमेशकुमार घर्ती निर्वाचित भएका छन् ।
लठ्ठी चुनाव चिह्न लिएर वडा नम्बर २ को अध्यक्षमा चुनावमा उठेका उनले ८ सय ५५ मत पाउँदा राष्टिय जनमोर्चाका भक्तबहादुर विश्वकर्माले ५ सय ४ र नेपाली कांग्रेसका भुपाल जिसीले ३ सय ५६ मत पाए ।
सोही गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेकपाका उम्मेद्वार दोर्णप्रसाद पाण्डे ६ सय ९६ मत ल्याएर विजयी हुँदा कांग्रेसका अमरबहादुर रेश्मीले ६ सय ८७ मत ल्याएका छन् ।

-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने












You must be logged in to post a comment Login