प्रदेश नं. १
सुन्दरहरैंचाको बेलेपुरमा खोलामा डुबिरहेको अवस्थामा भेटियो शव

विराटचोकः मोरङको सुन्दरहरैंचा–११ बेलेपुरस्थित झरना खोलामा डुबिरहेको अवस्थामा शव भेटिएको छ ।
सो शव मोरङको ग्रामथान गाउँपालिका–७ का ३३ वर्षीय मनोज साहको रहेको प्रहरीले जनाएको छ । आज दिउँसो साढे १२ बजे सो स्थानमा मानिस डुबी मृत अवस्थामा रहेको भन्ने जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले साहलाई मृत अवस्थामा फेला पारेको थियो ।
सो घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
Banner
३३९ जना थपिए संक्रमित, ४०१ जना निको

विराटचोकः आज प्रदेशमा ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ जना पुगेको छ । थप ४ सय १ जना निको भएसँगै निको हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय ४० जना आइसोलेसनमा रहेका छन् । संक्रमितमध्ये २ हजार ११ जनाको ज्यान गएको छ । हालसम्म २० लाख ४८ हजार १ सय १३ स्वाबको पीसीआर परीक्षण गरिएको छ ।
Banner
प्रदेशमा आइसोलेसनमा रहनेको संख्या ८१ जनामात्रै

विराटचोकः प्रदेशमा कोरोना संक्रमणको दर घट्दै जाँदा आइसोलेसनमा रहनेको संख्या ८१ जना मात्रै रहेको छ । हिजो ८६ जना आइसोलेसनमा थिए । आज थप ७ जनामा संक्रमण पुष्टि हुँदा पनि आइसोलेसनमा रहनेको संख्या भने घटेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार आज ७ जना संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार १ सय २८ जना पुुगेको छ । २९ हजार ५ सय ८२ जना निको भएका छन् भने ४ सय ६५ जनाको संक्रमणका कारण ज्यान गएको छ ।
आज सुनसरीको धरानमा २ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, झापाको भद्रपुर, मेचीनगर, इलामको माइ, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश बाहिरका १ जनामा संक्रमण पुष्टि भएको हो ।
Banner
बालुवाटारमा प्रदर्शन गर्ने २६ जना मानव अधिकारकर्मी पक्राउ

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई प्रभाव पार्ने प्रयास गरेको भन्दै त्यसको विरोधमा बालुवाटारमा प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाज नेपालका अध्यक्षसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरिरहेको अवस्थामा अध्यक्ष कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगरलगायत २६ जनालाई प्रहरीले पक्राउ गरेको हो । विरोध प्रदर्शनका सहभागीहरूले आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।
-
अर्थ1 year ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद1 year ago
रंगशालाको अवलोकन
-
अर्थ9 months ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य1 year ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य1 year ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १11 months ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
कला / साहित्य1 year ago
खोटाङ सेवा समाजद्वारा ‘नागरिक सम्मान’ र ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान
-
मुख्य1 year ago
जित्ने स्वास्थ्य मन्त्री, हार्ने मेडिकल कलेज सञ्चालक
You must be logged in to post a comment Login