Connect with us
Advertisement

सुन्दरहरैंचा ७ मा बलभद्र बिष्ट वडा सभापतिमा विजयी

Published

on

विराटचोकः नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत हिजो भएको वडा अधिवेशनबाट सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ मा को सभापतिमा बलभद्र बिष्ट निर्वाचित भएका छन् । अन्य विजयी उम्मेद्वार यसप्रकार रहेका छन्ः

उपसभापति

पुनम बिष्ट
इन्द्रप्रसाद लुइँटेल

वडा सचिव
गोविन्द धमला
खेम्सी हाङ्मा शेर्पा

सह सचिव
तेजप्रसाद ढुंगेल (दिनेश)
दीपेन्द्र राई

महिला सदस्य
पुनम निरौला,
यमुना भट्टराई,
अम्बिका अधिकारी
कुसुम राई

सदस्य (खुला)
खेमराज पराजुली,
गोविन्द पौडेल,
निश्चल खड्का,
दिनेश चौधरी,
पदमबहादुर खड्का,
विद्याधर धमला,
युवराज कार्की
खुमबहादुर पराजुली

सदस्यहरु (निर्विरोध)
कपिलराज दाहाल (खस आर्य पुरुष)
यज्ञमणि सिटौला (खस आर्य पुरुष)
विमला राई (आदिवासी जनजाति महिला)
गोविन्द लिंखा (आदिवासी जनजाति पुरुष)
रामबहादुर दमाई (दलित)

क्षेत्रीय प्रतिनिधिहरु
खुलातर्फ
भक्तिप्रसाद सिटौला
विशाल खरेल,
रञ्जन ओझा
अनुरोध साह,
प्रेमप्रसाद ढुंगेल
कमल पराजुली

महिलातर्फ
मालादेवी पराजुली
शर्मिला आचार्य
ज्ञानु पोखरेल

उषा पोखरेल (खस आर्य महिला)
विजयकुमार खरेल (खस आर्य पुरुष)
कृष्णकुमारी श्रेष्ठ, (आदिवासी जनजाति महिला)
शैलेन्द्रकुमार श्रेष्ठ (आदिवासी जनजाति पुरुष)
नेत्रप्रसाद तामाङ (आदिवासी जनजाति पुरुष)
बलराम चौधरी (थारु)
हरिबहादुर विश्वकर्मा (दलित)
जितेन्द्र साह (मधेसी), निर्विरोध
इस्लाम मिया (मुस्लिम) निर्विरोध

सम्बन्धित समाचारहरु

सुन्दरहरैंचा– ९ मा तिलोचन सुवेदी कांग्रेसको वडा सभापति निर्वाचित

सुन्दरहरैंचा – २ बाट नेपाली कांग्रेसको सभापतिमा प्रतापकुमार खवास निर्वाचित

यी हुन् सुन्दरहरैंचा १ बाट क्षेत्रीय प्रतिनिधिमा विजयी हुनेहरु

मोरङ क्षेत्र नम्बर ६ ‘क’ को सभापतिका दाबेदार सुन्दरहरैंचा– ३ का वडाध्यक्ष जीवन ढुंगाना क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत

सुन्दरहरैंचा– ५ मा १६ जना निर्विरोध निर्वाचित

सुन्दरहरैंचा – ९ मा क्षेत्रीय प्रतिनिधिमा विजयी हुनेहरु

सुन्दरहरैंचाका मेयर ढकाल वडा नम्बर ११ बाट सर्वाधिक १११ मत ल्याएर क्षेत्रीय प्रतिनिधिमा विजयी

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

पहिलो ‘मिसेस पुर्बेली आइकन’ बनिन् इटहरीकि रेनुका श्रेष्ठ

Published

on

पहिलो ‘मिसेस पुर्बेली आइकन’ बनिन् इटहरीकि रेनुका श्रेष्ठ

मिसेस पुर्बेली आइकन’को बिजेता रेनुका, फर्स्ट रनरअप मुना बन्दा दिपिका बनिन् सेकेण्ड रनरअप

इटहरीकि रेनुका श्रेष्ठ बनिन् पहिलो ‘मिसेस पुर्बेली आईकन’

इटहरी/ पहिलो ‘मिसेस पुर्बेली आईकन २०२४’ को ताज इटहरीकी रेनुका श्रेष्ठले हात पारेकी छन् । इटहरीको लायन्स क्लबमा असोज १२ गते शनिबार सम्पन्न ग्राण्ड फिनालेबाट उनले बिजेताको उपाधिसँगै ट्रफी, क्राउन र नगद ५० हजार रुपैयाँका साथै अन्य पुरस्कारहरू प्राप्त गरिन् । ग्राण्ड फिनालेको प्रमुख अतिथीको रुपमा कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठ उपस्थित थिइन् ।

प्रमुख अतिथी मिना श्रेष्ठले बिजेता श्रेष्ठलाई ताज लगाइदिएकी थिइन् । साथै उनले पब्लिक च्वाईस अवार्ड समेत हात पारिन् । यस्तै झापाकी मुना बजगाई फर्स्ट रनरअप बन्न सफल भइन् । उनले मिसेस इन्टेलेक्च्युअलको सबटाईटल समेत जितिन् भने धनकुटाकी दिपिका भट्टराई सेकेन्ड रनरअप बन्न सफल भईन् । उनले मिसेस पर्सनालिटीको सबटाईटल हात पारिन् ।

यस्तै सुनसरी सदरमुकाम इनरुवाकी रुबिना श्रेष्ठले अर्गनाईजर च्वाइस अवार्ड जित्न सफल भईन् । उनले ट्रफी, क्राउनसहित इटहरीको फुडसालाबाट १० हजार रुपैयाँको फुड भौचर जितिन् भने उनले ब्युटी विथ अ पर्पस र मिसेस फ्रेन्डसिपको सबटाईटल समेत हात पारिन् । यसैगरी सुस्मा बिस्टले मिसेस फोटोजेनिकको सबटाईटल जितिन् भने सुनिता पुरीले मिसेस ट्यालेन्ट र बेस्ट वाल्कको उपाधि प्राप्त गरिन् ।

ग्राण्ड फिनालेबाट जिकिसा सापकोटाले मिसेस कन्फिडेन्ट र रेस्मा लिम्बुले मिसेस ग्लामरको सबटाईटल जितिन् । प्रतियोगिताको निर्णायक मण्डलमा जय राज रोय, मेरिना लिम्बू, कन्चन झा र नभनित राज प्रधान थिए । ग्राण्ड फिनाले कार्यक्रमको संचालन सजिना श्रेष्ठले गरेकी थिइन् भने प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठ, कोरियोग्राफर शुभेक्षा कार्की, मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ, फोटो तथा भिडियोग्राफर रिकेश ब्रजाचार्य र मेकअपमा उर्बि श्रेष्ठ रहेकी थिए ।

Continue Reading

Banner

साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु

Published

on

पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ ।

मृत्यु हुनेमा कर्णेल मिलन केसी रहेका छन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव केसीका अनुसार उनी सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत थिए । साथीहरुसँग उनी घुम्न सिन्धुलाल्चोक पुगेका थिए ।

 

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ बिमरेनी जंगल नजिकको सिन्धु बिच रिसोर्टमा बसेका थिए । पहिरो आएर साथीहरू पुरिएपछि उद्धार गर्न भनेर गएका उनी पनि पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए ।

कर्णेल केसीको घर दोलखा । उनी आफ्ना कोरियन साथीसँग घुम्न गएका थिए । कोरियन नागरिकको अवस्था भने अहिलेसम्म पत्ता नलागेको एसपी खड्काले बताए ।

Continue Reading

Banner

आज – ०३ आश्विन २०८१ बिहिवार को राशिफल

Published

on

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला । शिक्षामा वाधा आउनेछ । मन विचलित रहला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । घरायसी समस्या बढ्नेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज स्वइच्छा र स्वादिष्ट भोजन पाइनेछ । सामाजिक संस्थाबाट सहयोग पाइनेछ । बोलीको प्रभाव बढ्ने र नयाँ कार्यको योजना पनि बन्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै कार्य सम्पदनमा समस्या आउला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले व्यवहारमा फाइदा हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । राजनैतिक कार्यमा र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आस मारेको काम बन्नेछ । अरुको मन जित्न सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । सन्तान सुख मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज पुराना र रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बैदेशिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक