Connect with us
Advertisement

सुन्दरहरैंचाको भानु साझा पुस्तकालयलाई कृषि विकास बैंक मुख्य कार्यालयले गर्यो सहयोग

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचा वडा नम्बर ५ तीनपैनीमा रहेको भानु साझा पुस्तकालयलाई कृषि विकास बैंकको मुख्य कार्यालय काठमाडौंले सहयोग गरेको छ । सो कार्यालयले किताब राख्ने ८ ओटा र्याक र कम्प्युटर प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री लालबाबु पण्डितले सो सहयोग प्रदान गरेका थिए । त्यस्तै, मन्त्री पण्डितले पुस्तकालयको नवनिर्मित भवन उद्घाटन पनि गरेका थिए ।

कार्यक्रममा वडा नम्बर ६ को कार्यालयको तर्फबाट सहयोग गरिएको ३ थान कम्प्युटर वडाध्यक्ष जीवन राईले पुस्तकालयका अध्यक्ष राईलाई हस्तान्तरण गरेका थिए ।

त्यस्तै, आफ्ना दिवङ्गत पति तथा छोराको स्मृतिमा नरमाया बजगाईँले १ लाख ५१ हजार रुपैयाँ भवन निर्माणको लागि  सहयोग गरेकी थिइन् ।

पुस्तकालयका सभापति पुरनकुमार राईको सभापतित्व तथा सचिव विशाल गुरागाईँको सञ्चालनमा भएको कार्यक्रममा उपसभापति लोकबहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए ।

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज २०८३ साल जेठ १२ गते मंगलबारको राशिफल

Published

on

२०८३ साल जेठ १२ गते मंगलबार अधिक जेठ कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२६ मे २६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : स्वास्थ्यमा ख्याल गर्नुपर्ने दिन छ। शिक्षामा मिहिनेत गरेको भए फल प्राप्त हुनेछ। परिवारभित्र थोरै बोलेर मन जित्नुपर्ने। राज्यको तर्फबाट भय र त्रास भए पनि काममा सफलता मिल्नेछ।

वृष : आज बोलीको प्रभावले काम बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको तर्फबाट खुशी मिल्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा गरेको लगानीको फल मिल्नेछ ।

मिथुन : राजनीतिक क्षेत्रमा देखिएका समस्या समाधान हुनेछ। शक्ति र बल भन्दा पनि बुद्धिले काम गर्नुपर्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा मान र सम्मान बढ्नेछ।

कर्कट : आम्दानी बढ्नेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा खुट्टा तान्ने मान्छे सक्रिय रहेकाले सचेत बन्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

सिंह : शुभ दिन छ । सोचेको काम बन्दा मन शान्त रहनेछ । तर समयको सदुपयोग नगर्ने बानीले पश्चाताप हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। साथीको सहयोगमा काम बन्नेछ।

कन्या : दिन सहज छ। सोचेको काम बन्नेछ । कर्मचारी हुनुहुन्छ भने बढुवा हुने योग छ। बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ।

तुला : सहकार्य गरेर अगाडि बढ्नुपर्ने दिन छ। साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ। गुरुसँग लिएको सल्लाह अनुसार अगाडि बढेमा सफलता प्राप्त हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। देशभित्र गरेको व्यापारमा फाइदा हुनेछ।

वृश्चिक : परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा गम्भीर समस्या हुने जोखिम छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

धनु : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सञ्चित धन खर्च हुनेछ। इज्जत बढ्ने दिन छ। स्वास्थ्यमा सचेत बन्नुपर्ने समय छ। पिपललाई दाहिने पारेर यात्राको सुरुवात गरेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दिन सामान्य छ। ठुलो कारोबार नगर्नु राम्रो हुन्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा जोखिम बढ्नेछ। बौद्धिक साथी विपक्षी कित्तामा पुगेकाले काम गर्नु अगाडि सचेत बन्नुपर्नेछ।

कुम्भ : सोचेर मात्रै बोल्नुपर्ने समय छ। सकारात्मक बोले पनि अर्थ नकारात्मक लाग्नेछ। तपाईंको उदार भावलाई कामजोर ठान्ने धेरै छन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीन :आज धन लाभ हुने योग छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। परिवारसँग गरेको सल्लाहले काम सहजै बन्नेछ। व्यापारमा गरेको मिहिनेतको फल मिल्नेछ ।

प्रकाशित मिति : १२ जेठ २०८३,

Continue Reading

Banner

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

Published

on

आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ शुक्ल पक्षको तृतीया तिथि । तदनुसार सन् २०२६ मे १९ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।

मेष : दिन राम्रो छ । लगानीका क्षेत्रमा हिम्मत गरे फाइदा हुनेछ । काममा साथीभाइको साथ र सहयोग मिल्नेछ । विपक्षीले विरोध गरे पनि काम बन्ने  छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : आज शुभ दिन छ । बोलीको प्रभावले काम बन्नेछ । सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । धार्मिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । सहकार्यमा अगाडि बढ्दा लगानी बढ्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम छ । दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन सामान्य छ । जोगिएर काम गर्नु उचित हुन्छ । लगानी डुब्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । परिवारमा मनमुटाव हुनेछ । थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ । निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंह : दिन राम्रो छ । मिहिनेतको फल मिल्ने योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ । सहकर्मीको साथमा गरेको काम सफल बन्नेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारलाई समय दिन नसक्दा विवाद बढ्नेछ ।

कन्या : सोचेको काम बन्नेछ । घर व्यवहारमा कामको बोझ बढ्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । विपक्षीको सामना गर्न तयार हुनुपर्ने दिन छ । परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ ।

तुला : दिन धेरै राम्रो छ । सम्पत्ति र शिक्षालाई समय दिनु उचित हुन्छ । बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले मन हलुका हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । मिहिनेतको फल मिल्नेछ ।

वृश्चिक : दिन सामान्य छ । रोगले सताउने जोखिम छ । संकटमा परिवारको साथ मिल्नेछ । व्यवहार गर्दा ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु :  दिन राम्रो छ । सोचेको काम बन्नेछ । धन खर्च भए पनि इज्जत बढ्नेछ । परिवारभित्रबाट भन्दा बाहिरबाट सहयोग प्राप्त हुनेछ । शिक्षामा उन्नति हुनेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

मकर : दिन सामान्य छ । स्वास्थ्यमा समस्या हुनसक्ने भएकाले खानपानमा ख्याल गर्नुपर्नेछ । शिक्षाका क्षेत्रको प्रयास सफल बन्नेछ । धार्मिक क्षेत्रको भ्रमण हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ :  सोचेको काम बन्नेछ । आम्दानी बढ्नेछ । बोलीमा समस्या हुने भएकाले सहकर्मीसँग नम्र भएर बोल्नु राम्रो हुनेछ ।  परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । धार्मिक क्षेत्रको भ्रमण गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

मीन : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । साथीभाइले विवाद झिक्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । शिक्षामा आलस्यता बढ्ने जोखिम छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ ।

Continue Reading

Banner

लालीगुराँस महोत्सवमा चोत्लुङ पार्क साहित्यमय, कविताले दुई दिन गुञ्जायमान

Published

on

चोत्लुङ पार्क शनिबार र आइतबार साहित्यमय बनेको छ। लालीगुराँस महोत्सव अन्तर्गत वैशाख १० गतेदेखि सञ्चालन भएको कार्यक्रममा आयोजित “चोत्लुङ साहित्य गोष्ठी” ले पूरै क्षेत्रलाई साहित्यिक माहोलमा डुबायो।

गुराँसको राजधानी मानिने तीनजुरे–मिल्के–जलजले क्षेत्र को प्रवेशद्वार बसन्तपुरस्थित पार्कमा आयोजित गोष्ठीमा सन्ध्या सिङ्जागो सुब्बा ले कविता वाचन गरिन्। उनीसँगै दुई दर्जनभन्दा बढी कविहरूका रचनाले दुई दिनसम्म पार्क गुञ्जायमान बनायो।

रैथाने वास्तुशैलीमा बनेको चोत्लुङ पार्कमा यस्ता कार्यक्रमले कला–साहित्यप्रति स्थानीय सरकारको सकारात्मक दृष्टिकोण झल्काएको भन्दै विराटनगरकी कवि तथा आख्यानकार सीमा आभाष ले प्रशंसा गरिन्।

गोष्ठीमा काठमाडौँसहित विभिन्न जिल्लाबाट आएका साहित्यकारहरूले प्रकृति, संस्कृति, प्रेम र समसामयिक विषयमा कविता प्रस्तुत गर्दै श्रोतालाई मन्त्रमुग्ध बनाए। कार्यक्रममा विशेष आकर्षणका रूपमा रहेका उपेन्द्र सुब्बा ले समाज रूपान्तरणका लागि यस्ता वैचारिक जमघट आवश्यक हुने बताए।

कार्यक्रममार्फत जलवायु परिवर्तन र यसको असर न्यूनीकरणबारे साहित्यिक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको अर्जुनबाबु माबुहाङ ले जानकारी दिए। साथै, गुराँस संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन र मुन्धुमी ज्ञानसँग जलवायु परिवर्तनको सम्बन्धबारे समेत विमर्श गरिएको थियो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक