Connect with us
Advertisement

केराबारी वडा नम्बर १० को सार्वजनिक सुनुवाइ सम्पन्न

Published

on

केराबारीः केराबारी गाउँपालिकाको वडा नम्बर १० को आयोजनामा हिमचुली सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा बुधबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आ.व. ०७८/०७९ को सार्वजनिक सुनुवाई कार्यक्रम वडा नम्बर १० का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता जंगराज खवासको अध्यक्षता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदर्शन दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिले सहजीकरण गरेको कार्यक्रममा स्थानीय तहमा सेवाग्राहीका रुपमा आएका सर्वसाधारण नागरिकहरुप्रति सेवाप्रदायक निकायबाट प्रदान गरिएका सेवा, सुविधाहरुलगायतका विषयमा उठेका जिज्ञासाको समाधान खोज्ने प्रयास गरिएको थियो । सेवाग्राहीहरुबाट प्राप्त सकारात्मक सुझावहरुलाई ग्रहण गर्दै वडा कार्यालयबाट गरिने विकास निर्माणका कार्यहरुलाई अझ प्रभावकारी बनाई जिम्मेवार संस्कार बसाउने उद्देश्यले सञ्चालन गरिएको वडाध्यक्ष खवासले बताए । कार्यक्रमका अतिथिहरुमा वडा सदस्यहरु तुलसी घिमिरे, धनबहादुर लिम्बू, वडा सचिव देशबहादुर मोक्तान, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, केराबारी पालिका अस्पतालका प्रतिनिधि सहभागी थिए ।

सहजकर्ता संस्थाले वडावासीसँग प्रश्नावली फारम भर्ने क्रममा दिएका सुझाव र सोधेका प्रश्नको जवाफ वडाध्यक्ष खवास, वडा सचिव मोक्तानलगायतले दिएका थिए । त्यस्तै कार्यक्रममा उपस्थित भएर सोधिएका प्रश्नको जवाफ वडाध्यक्ष खवास, वडा सचिव मोक्तानका साथै प्रमुख प्रशासकीय अधिकृत दाहाल र केराबारी पालिका अस्पतालका इन्चार्ज गोकणर् पराजुलीले दिएका थिए ।

सहभागीहरुले धेरै योजना अल्याको रुपमा अर्को वर्षमा सर्ने गरेका, स्वास्थ्य बीमा प्रभावकारी नभएको, उपभोक्ता समितिमार्फत् भएका योजना स्तरीय हुने गरे पनि काम गर्न बढी झण्झट दिने गरेको, वडाले गरेको कामको तथ्याङ्क प्रतिशतमा नदिइने गरेको लगायतका जिज्ञासा राखेका थिए ।

सहभागीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा वडाध्यक्ष खवासले विभिन्न प्राविधिक तथा अन्य कारणले योजनाहरु सम्पन्न हुनमा कठिनाइ हुने गरेको बताए ।

आर्थिक वर्षको शुरुमा लागत अनुमान हुने र योजना सम्झौताको क्रममा सो लागत अनुमानमा उल्लेख गरे भन्दा सामानको भाउ बढेमा उपभोक्ता समितिलाई फरफारकमा समस्या हुने गरेको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताए ।

आगामी चैत १ गतेदेखि बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म केराबारी पालिका अस्पताल सञ्चालन हुने तथा स्वास्थ्य बीमाअन्तर्गतका बिरामीलाई थप व्यवस्थित गराइने अस्पताल इन्चार्ज पराजुलीले बताए ।

केराबारीको वडा नम्बर २ को सार्वजनिक सुनुवाइ सम्पन्न

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक