Connect with us
Advertisement

अध्यक्षमा १० जना उम्मेद्वार रहेको फालेलुङमा पुरुषको मात्रै थियो उम्मेद्वारी

Published

on

विराटचोकः पाँचथरको फालेलुङ गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष पदका लागि १० जनाले उम्मेद्वारी दिएका थिए । अध्यक्ष पदका लागि महिलाको उम्मेद्वारी परेको थिएन ।

सो निर्वाचनमा नेपाली कांग्रेसका सञ्चकुमार केरुङ २९९६ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका महेन्द्रहाङ जबेगूले २८३४ मत ल्याएका थिए ।

अन्य उम्मेद्वारको मत यसप्रकार रहेको थियो ।
नेकपा एमालेका कमलप्रसाद जबेगू २७६२
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्रकुमार बस्नेत १३५
नेकपा मालेका मानबहादुर जबेगू ७४
संघीय समाजवादी फोरमका जनम राई ५८,
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कुमार केरुङ ५४
स्वतन्त्र उम्मेद्वार टुकप्रसाद थाम्सुहाङ ४०,
स्वतन्त्र उम्मेद्वार विजय थाम्सुहाङ लिम्बू ११
स्वतन्त्र उम्मेद्वार कुमार गौली ९
त्यस्तै, उपाध्यक्ष पदमा ५ जनाले उम्मेद्वारी दिएका थिए । उनीहरु सबै महिला थिए । सो पदमा नेपाली कांग्रेसकै हिमा अधिकारी २९८१ मत ल्याएर विजयी भएकी थिइन् ।
सो पदमा नेकपा माओवादी केन्द्रकी कविता थाम्सुहाङले २८४५ र नेकपा एमालेकी तारावती राईले २७२३ मत ल्याएका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीकी कमला केरुङले २३२ र संघीय समाजवादी फोरमकी संगीता थाम्सुहाङले ५२ मत ल्याएकी थिइन् ।
सम्बन्धित समाचारहरु

०७४ को स्थानीय तह निर्वाचनमा यस्तो थियो आठराई त्रिवेणी गाउँपालिकाको मतपरिणाम

देशकै तेस्रो ठूलो फक्ताङलुङ गाउँपालिकामा यस्तो थियो २०७४ सालको स्थानीय तहको मत परिणाम

जिल्लाको एक्लो नगरपालिका फुङलिङमा यस्तो थियो ०७४ सालको स्थानीय तह निर्वाचनको परिणाम

मेरिङ्देन गाउँपालिकामा २०७४ सालमा स्थानीय तह निर्वाचनमा यस्तो थियो उम्मेद्वारी र मतपरिणाम

अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिलामात्रै उम्मेद्वार रहेको मिक्वाखोलामा यस्तो थियो गत स्थानीय तहको निर्वाचनको मत परिणाम

अध्यक्षमा ५ जना प्रतिष्पर्धी रहेको मैवाखोला गाउँपालिकामा यस्तो थियो ०७४ सालको स्थानीय तह निर्वाचनको परिणाम

अध्यक्ष र उपाध्यक्षमा पुरुषमात्रै उम्मेद्वार खडा थिए ०७४ सालमा सिदिङ्वा गाउँपालिकामा

वडा नम्बर १ को अध्यक्षमा स्वतन्त्र उम्मेद्वार विजयी भएको कुम्मायकमा यस्तो थियो गत स्थानीय निर्वाचनको नतिजा

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

फिफाले गर्‍यो एन्फा निलम्बन, नेपाली फुटबल संकटमा

Published

on

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ ।

फिफा काउन्सिल ब्युरोले जारी गरेको निर्णयअनुसार फिफा विधानको धारा १६ बमोजिम एन्फाको सदस्यता निलम्बन गरिएको हो । फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर नेपाललाई प्रतिबन्ध लगाएको हो ।

निलम्बनसँगै एन्फाले फिफा सदस्यका रूपमा प्राप्त गर्ने सबै अधिकार गुमाएको छ । नेपाली फुटबल अनिश्चिता र अन्याेलतातर्फ गएको छ ।

निलम्बनसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली, क्लब र पदाधिकारीहरू फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागी हुन नपाउने भएका छन् ।

साथै फिफाबाट प्राप्त हुने आर्थिक, प्राविधिक तथा विकाससम्बन्धी सहयोगसमेत प्रभावित हुने भएकाे छ । फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितामाथि प्रत्यक्ष असर पार्ने भएको छ ।

Continue Reading

Banner

रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान हुने

Published

on

रास्वपा केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ ।प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट सुरु हुने जानकारी दिए । गत आइतबार (असार ७) बाट सुरु भएको महाधिवेशन ९ गतेसम्मका लागि तय भएको थियो । यद्यपि महाधिवेशनको समय लम्बिन पुगेको छ ।आज बिहान ९ बजेबाटै सुरु हुने भनिए पनि मतदान सुरु हुन सकेको थिएन । केहीबेरअघि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । प्रवक्ता झाका अनुसार, साँझ ५ बजेसम्म दाबी विरोधको समय तय भएको छ भने ६ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । दोस्रो चरणको मतदान भने भोलि बिहान ९ बजे गर्न सकिने आकलन पार्टीको रहेको झाले बताए ।

Continue Reading

Banner

उज्बेकिस्तानलाई हराएर शीर्षस्थानमा उक्लियो पोर्चुगल,

Published

on

पोर्चुगल फिफा विश्वकपमा उज्बेकिस्तानलाई हराएर समूह ‘के’ को शीर्षस्थानमा उक्लिएको छ ।

मंगलबार राति उज्बेकिस्तानलाई ५-० गोलअन्तरले हराउँदै पोर्चुगल आफ्नो समूहको शीर्षस्थानमा उक्लिएको हो ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डले २ तथा नुनो मेन्डेस र राफेल लिओले १/१ गोल गरे । भने, एक गोल उज्बेकिस्तानले आत्मघाती गर्‍यो ।

पहिलो हाफमा नै २ गोल गरे पनि रोनाल्डो ह्याट्रिक गर्नबाट चुके ।

यद्यपि, रोनाल्डो लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गर्ने खेलाडी बने । साथै, उनले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक