Connect with us
Advertisement

२ दलको मात्रै प्रभाव राम्रो देखिएको पाँचथरको याङ्वरकमा यस्तो थियो गत स्थानी तह निर्वाचनको परिणाम

Published

on

विराटचोकः भारतसँग सिमाना जोडिएको पाँचथरको उत्तरी गाउँपालिका याङ्वरकमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले गाउँपालिकाअध्यक्ष र उपाध्यक्षसहित ४ वटा वडा जितेको थिायो । कांग्रेसले २ वटा वडामा विजयी झण्डा फहराएको थियो ।

साविकका च्याङथापु, फलैचा, ओयाम, थर्पु र नागी गाविस मिलेर बनेको यो पालिकामा यस्तो थियो गत स्थानीय तहको मत परिणामः

अध्यक्ष पदमा
नेकपा एमालेका लेखनाथ घिमिरे ३७४८
नेपाली कांग्रेसका शेरबहादुर नुगो ३४४९
नेकपा माओवादी केन्द्रका भीमकुमार मावो ३३२
राष्ट्रिय प्रजातन्त्र पार्टीकी लक्ष्मीदेवी दाहाल १४३
संघीय समाजवादी फोरमका भरत राई ९९
स्वतन्त्र उम्मेद्वार कृष्णबहादुर बेघा ८३

उपाध्यक्ष पदमा
नेकपा एमालेकी कमलकुमारी योङहाङ ३५७६
नेपाली कांग्रेसकी कल्पना कोइराला २८७२
राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वेश्वर बेघा ५१०
नेकपा माओवादी केन्द्रकी इन्दिरा बराल पोखरेल ३९०
संघीय समाजवादी फोरमकी सजिना सेलिङ १८२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जसबहादुर योङहाङ ११२
स्वतन्त्र उम्मेद्वार इन्दिरा द्यौराली ४८

सम्बन्धित समाचारहरुः

वडा नम्बर १ को अध्यक्षमा स्वतन्त्र उम्मेद्वार विजयी भएको कुम्मायकमा यस्तो थियो गत स्थानीय निर्वाचनको नतिजा

अध्यक्षमा १० जना उम्मेद्वार रहेको फालेलुङमा पुरुषको मात्रै थियो उम्मेद्वारी

६ जना पुरुष अध्यक्ष पदमा र ६ जना महिला उपाध्यक्ष पदमा उम्मेद्वार रहेको फाल्गुनन्दमा यस्तो थियो ०७४ मा चुनावी नतिजा

माओवादी केन्द्रले अध्यक्ष र एमालेले उपाध्यक्ष पद जितेको मिक्लाजुङमा यस्तो थियो ०७४ मा अन्तिम चुनावी नतिजा

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

Published

on

उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको  ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ ।  घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।

Continue Reading

Banner

सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने

Published

on

झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।

गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

Continue Reading

Banner

एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने

Published

on

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।

मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।

बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक