Connect with us
Advertisement

कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने, यस्तो छ सुन्दरहरैंचाले ल्याएको शिक्षासम्बन्धी नीति

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले चालु आर्थिक वर्षको लागि आज नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ५ वटा मूलभूत नीति अघि सारिएको कार्यक्रमको पहिलो नीति स्थानीय सामाजिक विकाससम्बन्धी नीति छ । त्यसअन्तर्गत पहिलो नीति शिक्षा नीति लिइएको छ । शिक्षानीति अन्तर्गत २५ वटा कार्यक्रम अघि सारिएको छ ।

यी हुन् सुन्दरहरैंचाले अघि सारेका शिक्षासम्बन्धी कार्यक्रमः
१. आधारभूत विद्यालयलाई मुख्य प्राथमिकतामा राखेर प्रत्येक आर्थिक वर्षमा कम्तीमा २ ओटा आधारभूत सामुदायिक विद्यालयलाई नमुना आधारभूत विद्यालयको रूपमा विकास गर्दै ५ वर्षभित्रमा सबै वडामा कम्तीमा एक नमुना आधारभूत विद्यालय निर्माण गरिने,

२. शिक्षासम्बन्धी कानुननिर्माण गरी नगरभित्रका शैक्षिक कार्यक्रमलाई व्यवस्थित गरिने,

३. नगर शिक्षा समितिको गठन गरी शैक्षिक सुधारका लागि व्यवस्थापन समितिलगायत समग्र शिक्षा प्रणाली सुधारका लागि आवश्यक निर्णय लिइने,

४. विद्यालयको चल अचल सम्पत्तिको एकीकृत लगत सङ्कलन गरी अभिलेखीकरण गरिने,

५. सार्वजनिक विद्यालयहरूको क्षमता विकास गरी सार्वजनिक विद्यालयप्रति विद्यार्थीको आकर्षणलाई बढाइने,

६. सामुदायिक शिक्षालाई प्रविधिमैत्री, गुणस्तरीय, सीपमूलक र जीवनोपयोगी बनाइने, विद्यालय जाने उमेरका सबै बालबालिकालाई प्रारम्भिक बाल विकास तथा आधारभूत तथा माध्यमिक शिक्षामा सहज पहुँच पु¥याइने तथा नगरभित्र सञ्चालित बालविकास केन्द्रको स्तरउन्नति गरिने

७. आधारभूत तथा माध्यमिक विद्यालयको शिक्षालाई थप गुणस्तरीय, प्रविधिमैत्री र जीवनोपयोगी बनाउन नगरभित्रका सेवानिवृत्त शिक्षक तथा कर्मचारीहरूको विषयगत अभिलेख तयार गरी उनीहरूलाई नगरको शिक्षा क्षेत्रको विकासका लागि विज्ञका रूपमा उपयोग गर्ने,

८. विद्यालयहरूको पर्याप्त कोठा पुस्तकालय र विज्ञान तथा कम्प्युटर प्रयोगशाला, विद्यार्थी अनुपातमा शिक्षकको व्यवस्था, तालिमप्राप्त शिक्षकमार्फत् अध्यापन गराइने,

९. बालबालिकामैत्री शौचालयको व्यवस्था, सेनिटरी प्याडको नियमित र भरपर्दो वितरण, बालिका छात्रवृत्तिको व्यवस्था, विद्यार्थीका लागि पोशाक, दिवा खाजा, पाठ्यसामग्री जस्ता प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने,

१०. नगरक्षेत्रका नागरिकहरूलाई साक्षर बनाई पूर्ण साक्षर नगर बनाउन प्रौढ शिक्षा कार्यक्रम र साक्षरोत्तर कार्यक्रम सञ्चालन गरिने,

११. सामुदायिक विद्यालयमा अध्ययनरत उत्पीडित असाहय, सीमान्तीकृत तथा आर्थिक अवस्था कमजोर भएका अल्पसङ्ख्यक तथा जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरिने,

१२. नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा आगामी शैक्षिक सत्रदेखि कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने,

१३. पूर्वको पहिचानको रूपमा रहेको सुकुना बहुमुखी क्याम्पसलाई विकास र विस्तार गरी अनुसन्धान केन्द्रको रूपमा विकास गरिने,

१४. सबै सामुदायिक विद्यालयहरूमा आवधिक रूपमा विद्यार्थीहरूको स्वास्थ्य परीक्षण, खानेपानी विद्युत् तथा इन्टरनेटको सुनिश्चितता गरी शिक्षक कर्मचारीको इ हाजिरी लागू गरिने,

१५. सामुदायिक विद्यालयहरूमा अनिवार्य रूपमा स्काउट कक्षा सञ्चालन यसै आर्थिक वर्षबाट चार ओटा सामुदायिक विद्यालयका स्काउटमा आबद्ध विद्यार्थीहरूलाई पोशाक उपलब्ध गराइने,

१६. संस्थागत विद्यालयहरूको वर्गीकरण गरी व्यावहारिक तथा वैज्ञानिक शुल्क प्रणाली लागू गर्ने तथा नियमन र व्यवस्थापन गर्न सरोकारवाला पक्षहरूसँग आवश्यक समन्वय र सहकार्य गर्ने,

१७. संस्थागत विद्यालय तथा सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोत तर्फका शिक्षक र कर्मचारीहरूलाई श्रम ऐनमा व्यवस्था भए बमोजिमको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि पहल गरिने,

१८. नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूका विद्यार्थीहरूको प्रतिभा पहिचान तथा प्रस्फुटनका निमित्त वार्षिक रूपमा अतिरिक्त क्रियाकलापहरू समेट्ने गरी सुन्दरहरैँचा खेल मेला ( सुन्दरहरैँचा स्पोर्ट्स मिट) सञ्चालन गरिने,

१९. नगरभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा इएमआइएस लागू गरी शैक्षिक तथ्याङ्कलाई सुदृढ तथा प्रभावकारी बनाइने,

२०. पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज र ३ सय बेडको अस्पताल सञ्चालन गर्न पहल गर्ने,

२१. वृन्दावन गौशाला तथा शेषनारायण दिव्य धामका साथै धार्मिक, भाषिक, सांस्कृतिक तथा जातीय पहिचान बोकेका नगरभित्रका सबै गुरुकुल, गुम्बा तथा मदरसामा उपयुक्त शिक्षा सञ्चालन गर्न पहल गर्ने,

२२. सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई कोभिड –१९ विरुद्धको खोप अभियान सञ्चालन गरी पूर्ण खोपयुक्त विद्यालय निर्माण गर्ने नीति लिइने,

२३. प्राविधिक जनशक्ति उत्पादनका लागि सङ्ख्या र प्रकृतिको अध्ययन गरेर नगरपालिकाले आवश्यक छात्रवृत्तिमार्फत जनशक्ति उत्पादन गरी नगर क्षेत्रभित्र सेवामा लगाउने,

२४. प्रणामी मन्दिर सुन्दरहरैँचा –९ मा सञ्चालित अनाथालयमा रहेका बालबालिकाहरूका लागि शिक्षा तथा पोषणका लागि सहयोग गर्ने,

२५. विभिन्न विद्यायल, विश्वविद्यालय, प्रतिष्ठान तथा शैक्षिक केन्द्रहरूमा स्थानीय छात्रवृत्ति कोटा थपका लागि आवश्यक व्यवस्था मिलाउने ।

सुन्दरहरैंचा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, ५ वटा मूलभूत नीतिका आधारमा बजेट ल्याइने

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

होटल जलेर खरानी भए पनि समाजसेवा रोकिएन, दुलालले बनाए नमुना ज्येष्ठ नागरिक चौतारी

Published

on

मोरङको सुन्दरहरैँचा नगरपालिका–९ गोविन्द मार्गमा समाजसेवी भोलेश्वर दुलालले मौलिक नेपाली संस्कृति र धार्मिक महत्व झल्काउने ज्येष्ठ नागरिक चौतारी (फल्चा) निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।

दुर्गादेवी दुलाल एकल महिला प्रतिष्ठानमार्फत निर्माण गरिएको उक्त चौतारी दुलालले आफ्नै निजी १२ धुर जग्गामा करिब १ करोड रुपैयाँको लागतमा निर्माण गरेका हुन्। उपत्यकाबाहिर विरलै देखिने मौलिक शैलीको चौतारी निर्माणका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट कालीगढ तथा निर्माण सामग्री ल्याइएको थियो।

इँटा र काठमा आकर्षक बुट्टा कुँदेर निर्माण गरिएको चौतारीले पुरानो नेपाली मौलिक संस्कृति र वास्तुकलाको झल्को दिन्छ। चौतारी निर्माणका क्रममा भक्तपुरमा पूजाआजा गरी देवीझोडाको माटो र मास प्रयोग गरेर इँटा जडान गरिएको दुलालले बताए।

दुलाल दम्पतीको परिकल्पनामा निर्माण भएको चौतारीको निर्माण कार्य प्रमिला दुलाल इन्द्रपुर लायन्स क्लबको अध्यक्ष रहेका बेला अघि बढाइएको थियो। निर्माण सम्पन्न भएपछि यसको मर्मतसम्भार तथा संरक्षणको जिम्मेवारी इन्द्रपुर लायन्स क्लबलाई दिने गरी समुदायलाई हस्तान्तरण गरिएको हो।

होटल जलेर खरानी भए पनि समाजसेवा निरन्तर
दुलालले सञ्चालन गर्दै आएको नेपालीरिका होटल गत वर्षको जेनजी आन्दोलनका क्रममा आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो। होटल जलेर ठूलो क्षति व्यहोर्नुपरे पनि दुलाल परिवारले सामाजिक सेवाको अभियानलाई निरन्तरता दिएको हो।

आफ्नो व्यक्तिगत पीडाका बाबजुद दुलालले जग्गासहित करिब १ करोड रुपैयाँ बराबरको संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।

चौतारी हस्तान्तरण कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले दुलाल परिवारले देखाएको सामाजिक संस्कार र सेवाभावबाट सबैले सिक्नुपर्ने बताए।

उनले पछिल्लो समय समाजमा सामाजिक तथा नैतिक संस्कार कमजोर हुँदै गएको उल्लेख गर्दै मानवीय र नैतिक शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। दुलालले निर्माण गरेको चौतारीले नेपाली मौलिकपनलाई जीवन्त राख्नुका साथै ज्येष्ठ नागरिकबीच अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण थलोका रूपमा भूमिका खेल्ने उनको भनाइ थियो।

निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था
चौतारी परिसरमा शौचालय, खानेपानीको धारा र किचनसमेत निर्माण गरिएको छ। साथै, दुलालको आफ्नै उद्योग पीएलओ ल्युब आयल प्रालिमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्समार्फत हरेक मंगलबार ज्येष्ठ नागरिकसहित समुदायका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको दुलालले जानकारी दिए।

चौतारीको संरक्षण, संवर्द्धन तथा रेखदेखको जिम्मेवारी सुन्दर नमुना टोल विकास संस्थाले लिने अध्यक्ष गोपाल दाहालले बताए। समुदायका सबै पक्षको सहकार्यमा संरचनाको संरक्षण गर्दै आगामी पुस्ताका लागि समेत उपयोगी बनाइने उनको भनाइ छ।

हस्तान्तरण कार्यक्रममा वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य रूजा घिमिरे, इन्द्रपुर लायन्स क्लबका अध्यक्ष योजना शर्मा, इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेत तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीलगायतको उपस्थिति थियो।

दुलाल परिवारले विगत ३६ वर्षदेखि सुन्दरहरैँचा क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको जनाइएको छ। व्यक्तिगत कठिनाइ र क्षतिका बीच पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहेको दुलाल परिवारको कार्यक्रममा उपस्थित अतिथिहरूले प्रशंसा गर्दै आगामी दिनमा समेत सेवाकार्यलाई निरन्तरता दिन शुभकामना दिएका थिए।

Continue Reading

Banner

सलकपुरमा चारदिने कला उत्सव हुने

Published

on

मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा सलकपुर कला उत्सव २०८३ आयोजना हुने भएको छ। शिल्पी नाट्य केन्द्र, सलकपुरको आयोजनामा हुने उत्सव चार दिनसम्म सञ्चालन हुनेछ।
उत्सवमा नाटक, कविता, गजललगायतका साहित्यिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। यस्तै, गायिका झुमा लिम्बु र रैथाने ब्यान्डको विशेष साङ्गीतिक प्रस्तुति समेत रहनेछ।
कला, साहित्य, सङ्गीत र संस्कृतिप्रति रुचि राख्ने दर्शकलाई लक्षित गर्दै आयोजना गरिएको उत्सवमा परिवार तथा साथीभाइसँग उपस्थित भई कार्यक्रमको आनन्द लिन आयोजकले आग्रह गरेको छ।

Continue Reading

Banner

इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन

Published

on

इटहरी– इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’को उद्घाटन गरिएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा गरिएको मेलाको बुधबार सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्। मेला यही असोज २० गतेसम्म सञ्चालन हुनेछ।

सभामुख डोलप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन र कार्यक्रमको डिजिटल ब्यानर क्लिक गरी उनले मेलाको समुद्‌घाटन गरेका थिए।

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आयोजना भएको उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रूपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति गरिएको थियो।उद्घाटन समारोहमा उद्योग मन्त्री दिपककुमार साह, मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधि तथा कोशी प्रदेश सरकारका सांसदहरूको सहभागिता थियो।

​मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ।

आज दिउँसो १२:०० देखि ५:०० बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना-परामर्श सेवाहरू सञ्चालन गरिनेछ।

​भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत (ट्रेड) क्षेत्रमा ५ दिने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछन्। मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफलहरू निरन्तर जारी रहनेछन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक