Connect with us
Advertisement

नगर खेलकुद विकास समिति गठन गरिने, यी हुन् सुन्दरहरैंचाले लिएका युवा तथा खेलकुद नीति

Published

on

विराटचोकः युवा तथा खेलकुद क्षेत्रको विकास गर्न सुन्दरहरैंचाले आगामी आर्थिक वर्षको लागि १२ वटा नीति अघि सारेको छ । नगर खेलकुद विकास समितिको गठन गर्ने तथा युवालाई प्रोत्साहित गर्ने खालका कार्यक्रम ल्याइने नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँद्वारा आज प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यी हुन् नगरले युवा तथा खेलकुदसम्बन्धी लिएका नीतिहरुः

१. नगर खेलकुद समितिको गठन गरी युवा तथा खेलकुद क्षेत्रको विकास गरिने, युवालाई जागरुक तथा प्रोत्साहित गर्ने कार्यक्रम तय गरिनुका साथै आवश्यक प्रशिक्षकहरूको व्यवस्था गरी नियमित खेल प्रशिक्षणको व्यवस्था मिलाइने,

२. युवाहरूमा खेलकुदप्रति आकर्षण बढाउन र व्यावसायिक खेलाडी उत्पादन गर्न नगरस्तरीय फुटबल लिग आयोजना गरिने र विजेता खेलाडीहरूलाई नियमित प्रोत्साहन भत्ता उपलब्ध गराइने,

३. नगरस्तरीय हाजिरीजवाफ, निबन्ध प्रतियोगिता, कविता गोष्ठीजस्ता रचनात्मक क्रियाकलाप सञ्चालन गरिने,

४. नगर युवा परिषदको गठन र सञ्चालनका लागि आवश्यक व्यवस्था गरिने, युवाहरूको बौद्धिक, सामाजिक, आध्यात्मिक, संवेगात्मक, शैक्षिक, व्यावसायिक क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिने,

५. खेलकुद क्षेत्रको विकासका लागि फुटबल, भलिबल, ब्याटमिन्टन, क्रिकेटजस्ता प्रतियोगिताको आयोजना गरिने,

६. वडा नं ५ मा रहेको साजीलाल स्कुलको जग्गामा जनसहभागिता तथा लागत साझेदारीमा बहुउपयोगी कभर्ड हल निर्माण गरिने,

७. नगरभित्र सञ्चालनमा रहेका खुल्ला व्यायामशालाहरूलाई थप व्यवस्थित तथा विस्तार गरिने,

८. वडा नं. ९ मा रहेको इन्द्रपुर खेल मैदानलाई रङ्गशालाको रूपमा विकास गर्न आवश्यक पहल गरिने, सबै वडामा रहेका खेल मैदानहरूको स्तरोन्नति गरी वर्षभरिनै खेलकुद क्रियाकलाप सञ्चालन योग्य बनाइने,

९. खेलकुदको क्षेत्रमा महिलाको उल्लेखनीय सहभागिताका लागि उत्प्रेरित गरिने,

१०. नगरभित्र दर्ता र सञ्चालनमा रहेका खेलकुद क्लबहरूलाई खेलकुद सामग्री उपलब्ध गराइने, नगर भित्रका खेलाडीहरूका लागि सम्मान तथा पुरस्कारको व्यवस्था गरिने,

११. वार्षिक रूपमा नस्तरीय मेयरकप महिला भलिबल लिग प्रतियोगिता सञ्चालन गरी विजेता खेलाडीहरूलाई नियमित भत्ता उपलब्ध गराइने,

१२. वडास्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन गरिने ।

८० वर्षमाथिका ज्येष्ठ नागरिकको घरमै गएर निःशुल्क स्वास्थ्य परीक्षण गरिने, यस्तो छ सुन्दरहरैंचाको स्वास्थ्य नीति

कक्षा ५ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने, यस्तो छ सुन्दरहरैंचाले ल्याएको शिक्षासम्बन्धी नीति

सुन्दरहरैंचा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, ५ वटा मूलभूत नीतिका आधारमा बजेट ल्याइने

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक