Connect with us
Advertisement
Advertisement

विराटचोकमा राखिएको लायन स्तम्भको अनावरण

Published

on

विराटचोकः लायन्स क्लब अफ इन्द्रपुरले लायन्स स्तम्भ निर्माण गरेको छ । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ मा विराटचोकस्थित वाकिङ स्ट्रिटमा बिहीबार नगरप्रमुख केदारप्रसाद गुरागाई र क्लबको डिष्ट्रिक ३२५ ए वान का गभर्नर रेवतबहादुर कार्कीले संयुक्त रूपमा लायन स्तम्भको अनावरण गरेका छन् ।

अनावरण कार्यक्रममा बोल्दै नगरप्रमुख गुरागाईले पवित्र उद्देश्यका साथ स्थापना भएको संस्थाले जनताको मानवीय संवेदनमा रहेर समाज सेवा गर्ने गरेको बताउँदै सुन्दरहरैंचामा यो स्तम्भ निर्माणले विशेष महत्व राख्ने बताए ।

गभर्नर कार्कीले लायन्सले गरेका कामलाई चिनाउन यस्तो स्तम्भ निर्माण गरिएको बताए । नेपालभर यो वर्ष ६ वटा स्तम्भ निर्माण गरिएको समेत उनले बताए । यस्तै यसै वर्ष २६ वटा विद्यालयमा छात्रामैत्री शौचालय निर्माण गरिएको उनले बताए । यो वर्ष ब्राण्डिङ वर्षको रुपमा काम गरेको समेत गभर्नर कार्कीको भनाइ थियो ।

कार्यक्रममा बोल्दै लायन भोलेश्वर दुलालले समाजसेवामा लायन्स अगाडि रहेको बताए । समाजमा हुने हरेक गतिविधिमा लायनले अग्रणी भूमिका खेल्दै आएको उनले बताए । यो स्तम्भले पनि आम नागरिकलाई लायन्सप्रतिको भावना जगाउन उत्प्रेरित गर्ने उनले बताए ।

कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले आपत्विपत्मा धेरै काम गरेको लायन्सले निर्माण गरेको स्तम्भले नगरको छुट्टै किसिमको पहिचान बनाउने बताए ।

कार्यक्रम लायन्स क्लब अफ इन्द्रपुरका अध्यक्ष रोहित शाहको अध्यक्षतामा भएको थियो ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुनको भाउ १०० रुपैयाँ बढ्दा चाँदीको घट्यो १५ रुपैयाँ

Published

on

विराटचोकः आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९७ हजार ३ सय र असली चाँदीको भाउ प्रति तोला १ हजार २ सय ४० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढ्दा चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।

Continue Reading

Banner

आजदेखि हिमालयन हाइड्रोपावरको आईपीओ बिक्री शुरु

Published

on

विराटचोकः हिमालयन हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

सो कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७ सय ५० कित्ता मात्र बाँडफाँड भएको थियो । बाँकी ६ लाख १८ हजार २ सय ५० कित्ता सहित कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण शेयर बिक्री शुरु गरेको हो ।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३ सय ६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । सर्वसाधारणले बाँकी १८ लाख ३० हजार ४ सय ७२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

निष्काशन बन्द छिटोमा असार १९ गते हुनेछ भने ढिलोमा असार २९ गते हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

Continue Reading

Banner

आज राष्ट्रिय धान दिवस

Published

on

फाइल तस्बिर

विराटचोकः असार १५ गते आज राष्ट्रिय धान दिवस मनाइँदै छ । नेपाली समाजमा आजको दिनलाई दही चिउरा खाने पर्वका रुपमा पनि चिनिन्छ ।

वि.सं. २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयले २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । आजको दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक