पर्यटन
पर्यटकीय क्षेत्रको खानी रहेको केराबारी गाउँपालिका
विराटचोकः मोरङको सबैभन्दा ठूलो गाउँपालिका केराबारीको क्षेत्रफल २ सय १९ दशमलव ८३ वर्ग किमी क्षेत्रफलमा रहेको छ । १० वटा वडा मध्ये ५ वटा पहाडी क्षेत्रमा पर्ने हुनाले अन्य वडाको तुलनामा ती वडामा बढी मात्रामा पर्यटकीय क्षेत्र रहेका छन् । तीमध्ये केही पर्यटकीय क्षेत्र यसप्रकार रहेका छन् ।
जेफालेः गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रको रुपमा जेफाले रहेको छ । वडा नम्बर २ अर्थात् साविक सिंहदेवी गाविसको वडा नं. ५ को बिहीबारे बजारमा जेफाले भ्यु–टावर रहेको छ । यहाँसम्म पुग्ने २ वटा बाटा रहेका छन् । एउटा बाटो मोरङको सुन्दरहरंैंचाको खोर्साने हुँदै केराबारी बजारबाट जान्छ । ३० किलोमिटर उत्तर लागेपछि जेफाले पुगिन्छ । त्यस्तै, अर्काे बाटो कोशी राजमार्गबाट धरान– भेडेटार, डाँडाबजार, राजारानी, हुँदै पुगिन्छ । हावेचौर भनिने बिहीबारे बजारबाट झण्डै १ हजार पक्की सिँढी चढेर जेफाले पुगिन्छ ।

धनकुटा र मोरङको सिमानामा रहेको बाह्रैमास शीतल हुने यस ठाउँमा हाल पर्यटकहरूका लागि होमस्टेको व्यवस्थापन गरिएको छ । तीन तले सो भ्युटावरबाट सूर्योदयको दृश्य देख्न सकिन्छ । यहाँ स्थानीय मगर समुदायको सांस्कृतिक हुर्रा नाच पनि हेर्न पाइन्छ । नजिकै पाथीभरा देवीको मन्दिर रहेको छ । मोरङको पहिलो चिया बगान पनि यहीँ रहेको छ ।
तोप थुम्की डाँडाः वडा नं.४ अर्थात् साविक याङ्सिला गाविस वडा नं.५ मा रहेको चिउरी भञ्ज्याङबाट १ किलोमिटर पश्चिम–उत्तरमा रहेको अग्लो पहाडको थुम्कीलाई तोपथुम्की डाँडा भनिन्छ । चिउरी भञ्ज्याङबाट उकालो लागेपछि तोप थुम्कीडाँडा पुग्न ग्रामीण कच्ची सडकबाट आधा घण्टाको पैदल यात्रा गर्नुपर्छ । पहिले धरानको विजयपुर डाँडासम्म त्यहाँबाट तोपको गोला बर्साउने भएकाले यसलाई तोपथुम्की भनिएको हो । यहाँबाट चारकोशे झाडी र सप्तकोशी नदी पश्चिम आसपासका बस्तीहरूको दृश्यावलोकन गर्न सकिन्छ ।
कुहिरोले ढाकिरहने ध्वजेडाँडा
केराबारी गाउँपालिका वडा नं. १ अर्थात् साबिक पाटी गाविसमा रहेको ध्वजेडाँडा धनकुटाको चौबिसे गाउँपालिका र मोरङको केराबारी गाउँपालिकाको सिमानामा रहेको छ । धनकुटाको डाँडाबजारको भगिश्वर स्मृति पार्कदेखि दक्षिण हुँदै आधा घण्टाको उकालो पैदल यात्रापछि यहाँ पुग्न सकिन्छ । सूर्योदयको दृश्यावलोकनका लागि पनि ध्वजे डाँडा प्रसिद्ध छ ।
चिसो हावापानी पाइने ओख्रे भ्युटावरः केराबारी गाउँपालिका वडा नं.४ मा रहेको यो भ्यूटावर अर्को दोस्रो गन्तव्य हो । ध्वजेडाँडा र जेफाले भ्युटावरसँग मिल्दोजुल्दो देखिए पनि यहाँ बढी चिसो हावा चल्छ । इहाँबाट हिमालदेखि तराईसम्मको दृश्य अवलोकन गर्न सकिन्छ ।
सिद्धथुम्की डाँडाः साविक याङ्शिला गाविसको वडा नंं.४ स्थित चनौटेमा रहेको यो डाँडामा सिद्धदेवी बाबाकोे पूजाआजा गर्ने गरेका कारण अहिले पनि स्थानीय याम्फू राईहरूले पूजाआजा गर्दै आएका छन् । यहाँबाट केराबारीको पूर्वोत्तर भाग तथा तराईका घना जङ्गल खोला–खोल्सी, नदी आदिको आकर्षक दृश्य देख्न सकिन्छ । नजिकै सातकन्या गुफा पनि रहेको छ ।
सातकन्या गुफा र झाँक्री गुफाः वडा नं. ४ मा रहेको सातकन्या गुफा याङ्शिलाको चनौटे भन्ने ठाउँ हुँदै झण्डै आधा घण्टाको ओरालो पैदल यात्रापछि पुगिन्छ । परापूर्वकालदेखि सातकन्या देवीको वासस्थान रहेको त्यो गुफामा प्राचीन ढुङ्गा तथा चुनको माटाले बनेको कलाकृतिका कारण अत्यन्तै रोमाञ्चक दृश्यहरू देख्न सकिन्छ । सातकन्या गुफाको ५० मिटरअगाडि झाँक्री गुफा रहेको छ ।
शिव पार्वती गुफाः वडा नं. १ पाटीमा रहेको शिवपार्वती गुफालाई ऐतिहासिक गुफाको रूपमा लिइन्छ । भक्तजनहरू राजमार्गदेखि पैदल हिँडेर आउने गरेका छन् । विभिन्न चाडपर्वमा मेला लाग्ने यस गुफामा पुगेर दर्शन गरे चिताएको पूरा हुने धार्मिक विश्वास पाइन्छ ।
तामा झरनाः चिउरी भञ्ज्याङ पुगेपछि टाकुरे बस्तीको ओरालो पैदल यात्रापछि पुगिने थाकने खोलाको उकालो डाँडासँगै कालीखोलाको शिरमा पुगेपछि भेटिने झरनालाई तामा झरना भनिन्छ । यो झरना झण्डै ५० मिटर उचाइबाट झरेको छ । तामाको जस्तो रङ भएको सिलौटे ढुङ्गाबाट बग्ने भएकाले यसलाई तामा झरना भनेको स्थानीय बताउँछन् ।
सम्बन्धित समाचारहरु
महाभारतकालीन महत्व बोकेको किच्चकगढी ओझेलमा
तराईका फाँट नियाल्न सकिने रमणीय भाग र ऐतिहासिक पोखरीको धनी लेटाङ नगरपालिका
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login