पर्यटन
पर्यटकीय क्षेत्रको खानी रहेको केराबारी गाउँपालिका
विराटचोकः मोरङको सबैभन्दा ठूलो गाउँपालिका केराबारीको क्षेत्रफल २ सय १९ दशमलव ८३ वर्ग किमी क्षेत्रफलमा रहेको छ । १० वटा वडा मध्ये ५ वटा पहाडी क्षेत्रमा पर्ने हुनाले अन्य वडाको तुलनामा ती वडामा बढी मात्रामा पर्यटकीय क्षेत्र रहेका छन् । तीमध्ये केही पर्यटकीय क्षेत्र यसप्रकार रहेका छन् ।
जेफालेः गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रको रुपमा जेफाले रहेको छ । वडा नम्बर २ अर्थात् साविक सिंहदेवी गाविसको वडा नं. ५ को बिहीबारे बजारमा जेफाले भ्यु–टावर रहेको छ । यहाँसम्म पुग्ने २ वटा बाटा रहेका छन् । एउटा बाटो मोरङको सुन्दरहरंैंचाको खोर्साने हुँदै केराबारी बजारबाट जान्छ । ३० किलोमिटर उत्तर लागेपछि जेफाले पुगिन्छ । त्यस्तै, अर्काे बाटो कोशी राजमार्गबाट धरान– भेडेटार, डाँडाबजार, राजारानी, हुँदै पुगिन्छ । हावेचौर भनिने बिहीबारे बजारबाट झण्डै १ हजार पक्की सिँढी चढेर जेफाले पुगिन्छ ।

धनकुटा र मोरङको सिमानामा रहेको बाह्रैमास शीतल हुने यस ठाउँमा हाल पर्यटकहरूका लागि होमस्टेको व्यवस्थापन गरिएको छ । तीन तले सो भ्युटावरबाट सूर्योदयको दृश्य देख्न सकिन्छ । यहाँ स्थानीय मगर समुदायको सांस्कृतिक हुर्रा नाच पनि हेर्न पाइन्छ । नजिकै पाथीभरा देवीको मन्दिर रहेको छ । मोरङको पहिलो चिया बगान पनि यहीँ रहेको छ ।
तोप थुम्की डाँडाः वडा नं.४ अर्थात् साविक याङ्सिला गाविस वडा नं.५ मा रहेको चिउरी भञ्ज्याङबाट १ किलोमिटर पश्चिम–उत्तरमा रहेको अग्लो पहाडको थुम्कीलाई तोपथुम्की डाँडा भनिन्छ । चिउरी भञ्ज्याङबाट उकालो लागेपछि तोप थुम्कीडाँडा पुग्न ग्रामीण कच्ची सडकबाट आधा घण्टाको पैदल यात्रा गर्नुपर्छ । पहिले धरानको विजयपुर डाँडासम्म त्यहाँबाट तोपको गोला बर्साउने भएकाले यसलाई तोपथुम्की भनिएको हो । यहाँबाट चारकोशे झाडी र सप्तकोशी नदी पश्चिम आसपासका बस्तीहरूको दृश्यावलोकन गर्न सकिन्छ ।
कुहिरोले ढाकिरहने ध्वजेडाँडा
केराबारी गाउँपालिका वडा नं. १ अर्थात् साबिक पाटी गाविसमा रहेको ध्वजेडाँडा धनकुटाको चौबिसे गाउँपालिका र मोरङको केराबारी गाउँपालिकाको सिमानामा रहेको छ । धनकुटाको डाँडाबजारको भगिश्वर स्मृति पार्कदेखि दक्षिण हुँदै आधा घण्टाको उकालो पैदल यात्रापछि यहाँ पुग्न सकिन्छ । सूर्योदयको दृश्यावलोकनका लागि पनि ध्वजे डाँडा प्रसिद्ध छ ।
चिसो हावापानी पाइने ओख्रे भ्युटावरः केराबारी गाउँपालिका वडा नं.४ मा रहेको यो भ्यूटावर अर्को दोस्रो गन्तव्य हो । ध्वजेडाँडा र जेफाले भ्युटावरसँग मिल्दोजुल्दो देखिए पनि यहाँ बढी चिसो हावा चल्छ । इहाँबाट हिमालदेखि तराईसम्मको दृश्य अवलोकन गर्न सकिन्छ ।
सिद्धथुम्की डाँडाः साविक याङ्शिला गाविसको वडा नंं.४ स्थित चनौटेमा रहेको यो डाँडामा सिद्धदेवी बाबाकोे पूजाआजा गर्ने गरेका कारण अहिले पनि स्थानीय याम्फू राईहरूले पूजाआजा गर्दै आएका छन् । यहाँबाट केराबारीको पूर्वोत्तर भाग तथा तराईका घना जङ्गल खोला–खोल्सी, नदी आदिको आकर्षक दृश्य देख्न सकिन्छ । नजिकै सातकन्या गुफा पनि रहेको छ ।
सातकन्या गुफा र झाँक्री गुफाः वडा नं. ४ मा रहेको सातकन्या गुफा याङ्शिलाको चनौटे भन्ने ठाउँ हुँदै झण्डै आधा घण्टाको ओरालो पैदल यात्रापछि पुगिन्छ । परापूर्वकालदेखि सातकन्या देवीको वासस्थान रहेको त्यो गुफामा प्राचीन ढुङ्गा तथा चुनको माटाले बनेको कलाकृतिका कारण अत्यन्तै रोमाञ्चक दृश्यहरू देख्न सकिन्छ । सातकन्या गुफाको ५० मिटरअगाडि झाँक्री गुफा रहेको छ ।
शिव पार्वती गुफाः वडा नं. १ पाटीमा रहेको शिवपार्वती गुफालाई ऐतिहासिक गुफाको रूपमा लिइन्छ । भक्तजनहरू राजमार्गदेखि पैदल हिँडेर आउने गरेका छन् । विभिन्न चाडपर्वमा मेला लाग्ने यस गुफामा पुगेर दर्शन गरे चिताएको पूरा हुने धार्मिक विश्वास पाइन्छ ।
तामा झरनाः चिउरी भञ्ज्याङ पुगेपछि टाकुरे बस्तीको ओरालो पैदल यात्रापछि पुगिने थाकने खोलाको उकालो डाँडासँगै कालीखोलाको शिरमा पुगेपछि भेटिने झरनालाई तामा झरना भनिन्छ । यो झरना झण्डै ५० मिटर उचाइबाट झरेको छ । तामाको जस्तो रङ भएको सिलौटे ढुङ्गाबाट बग्ने भएकाले यसलाई तामा झरना भनेको स्थानीय बताउँछन् ।
सम्बन्धित समाचारहरु
महाभारतकालीन महत्व बोकेको किच्चकगढी ओझेलमा
तराईका फाँट नियाल्न सकिने रमणीय भाग र ऐतिहासिक पोखरीको धनी लेटाङ नगरपालिका
Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login