Connect with us
Advertisement

संस्थागत विद्यालयलाई पुरस्कृत गरिएको विषयमा आएको टिप्पणीप्रति सुन्दरहरैंचाको ध्यानाकर्षण

Published

on

विराटचोकः राष्ट्रिय लोक नृत्य प्रतियोगितामा पहिलो हुन सफल सुन्दरहरैंचाको सिद्धार्थ सेकेण्डरी स्कुललाई सुन्दरहरैंचा नगरपालिकाले १२ औँ नगरसभामा पुरस्कृत गरिएपछि नगरको कार्यको विरोध सामाजिक सञ्जालभरी भयो । सो विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको सुन्दरहरैंचा नगरपालिकाले जनाएको छ ।

नगर प्रवक्ता रोशनप्रसाद ढकालको हस्ताक्षरमा बुधबार विज्ञप्ति जारी गर्दै नगरपालिकाले त्यसको कुरा बुझेर मात्रै नकारात्मक टिप्पणी गर्न र नगरलाई सकारात्मक सुझाव दिन अनुरोध गरेको छ । देशमै नगरको नाम राख्न सफल विद्यालयलाई पुरस्कृत गरिनु अशोभनीय नभएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा जनाइएअनुसार गत वर्ष भदौ १३ गते प्याब्सनले गरेको लोक नृत्य प्रतियोगितामा सिद्धार्थ स्कुलले प्रस्तुत गरेको नृत्य पहिलो भएको थियो । त्यसपछि जिल्ला, प्रदेश हुँदै प्याब्सनले आयोजना गरेको राष्ट्रव्यापी लोक नृत्य प्रतियोगितामा सो नृत्य पहिलो भएको थियो । राष्ट्रिय लोक नृत्यमा पहिलो भएमा पुरस्कृत गरिने भनेर नगरपालिकाले गत भदौमा नै घोषणा गरेको थियो । सोही घोषणा पूरा गर्न नगरसभामा विद्यालयलाई पुरस्कृत गरिएको थियो ।

सुन्दरहरैंचा शिक्षा क्षेत्रको विकासमा लागिरहेको र पछिल्लो समय नगरका २ वटा विद्यालयलाई नमूना विद्यालय बनाउन नगर लागिरहेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारी कर्मचारी, जनप्रतिनिधि र सम्पूर्ण शिक्षकका सन्तान सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने गरी शिक्षा नीति बनाइएको र सामुदायिक विद्यालयको स्तरोन्नतिमा नगरपालिका लागिरहेको विज्ञप्तिमा उल्लेख छ ।

शिक्षामा सुधार गर्न भनेर नै सामाजिक विकासतर्फको ३० प्रतिशत रकम शिक्षा क्षेत्रमा लगाउनुपर्ने नीति लिइएको र यसै शैक्षिक सत्रदेखि शुक्रबार पनि ३ बजेसम्म विद्यालय सञ्चालन गर्न थालिएको जस्ता धेरै कामहरु शिक्षा क्षेत्रमा भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

सुन्दरहरैंचाले ल्याउँदैछ सरकारी कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति

सुन्दरहरैँचा नगरपालिकाद्वारा विद्यार्थी, शिक्षक, कर्मचारीलगायतलाई सम्मान

हेर्नुहोस् राष्ट्रिय लोक नृत्यमा पहिलो हुन सफल भएको सो नृत्यः

https://fb.watch/luLaO5l0Y3/?mibextid=Nif5oz

 

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक