कोशी प्रदेश
मृत्युलाई जितेका रायमाझीको विराटनगरमा भव्य स्वागत
विराटनगरः राष्ट्रिय सभाका सदस्य तथा नेपाली काङ्ग्रेसका नेता रमेशजंग रायमाझी ठूलो दुर्घटनाबाट बची ३ महिनापछि गृहनगर सुन्दरहरैचा फर्कँदा स्थानीय नेता तथा कार्यकर्ताले विराटनगरमा मङ्गलवार भव्य स्वागत गरेका छन् ।
काठमाडांैबाट विराटनगर एयरपोर्ट ओर्लँदा सुन्दरहरैचाका नगरप्रमुख शिवप्रसाद ढकाल, वडाध्यक्षहरू, ने. वि. संघ जिल्ला अध्यक्ष सुवास भण्डारी, नेताहरु देवचन्द्र घिमिरे, जस पासवान, तरुण दलका नेता अनुरोध शाह, अर्जुन गजुरेल, राजेन्द्र ढकाल लगायत सयौंको सङ्ख्यामा रहेका नेता तथा कार्यकर्ताले माला र खादा ओढाई स्वागत गरेका थिए ।
रायमाझी करीब ३ महिना अगाडि आप्mनै घर अगाडि एक बालिकालाई बचाउने क्रममा लडेका थिए । घर अगाडि रहेको खाल्डोमा परी उनको हात, ढाड र कम्मरमा गहिरो चोट लागेको थियो । २ महिना अस्पताल बसाइपछि १ महिना अगाडिदेखि मात्र उनी सार्वजनिक स्थलमा जान थालेका थिए ।
विराटनगर विमानस्थलमा उपस्थित नेता, कार्यकर्तालाई सम्बोधन गर्दै रायमाझीले आफूले सदैव जनताको हितमा काम गर्ने र बाँकी जीवन राजनीतिको माध्यमबाट जनताको सेवामा लाग्ने प्रण गरेकाले जनताको सोही प्रार्थनाले आफूले पुनर्जीवन प्राप्त गरेको बताए ।
अब गृहनगरमा १ हप्ता बस्दा आफू बिरामी पर्दा शुभेच्छा प्रकट गर्ने तथा अन्य सम्पूर्ण शुभेच्छुकलाई भेटी धन्यवाद ज्ञापन गर्ने तथा दुःखसुख र समस्याका बारेमा बुझेर आगामी कार्यक्रम राख्ने उद्देश्य राखिएको उनका स्वकीय सचिव सरोज दाहाले बताए ।
यसैबीच मङ्गलबार आफ्नो कार्यभार सम्हाल्न सङ्घीय राजधानी जान लागेका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई विराटनगर विमानस्थलको विशिष्ट कक्षमा सांसद रायमाझी र नगरप्रमुख ढकालले फूलमाला लगाई बधाई ज्ञापन गरेका थिए ।
Facebook Comment
Banner
एमाले अध्यक्ष ओलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास
धनकुटाः मध्यपहाडी लोकमार्गमार्फत् महाकालीदेखि मेचीको यात्रामा निस्किएको एमालेको सङ्कल्प यात्राको टोलीमाथि धनकुटाको लेगुवामा मुक्का प्रहारको प्रयास भएको छ ।
सङ्कल्प यात्रा टोली भोजपुरबाट धनकुटा प्रवेश गर्ने क्रममा महालक्ष्मी ५ लेगुवामा ओलीलाई स्वागत गर्ने क्रममा लाइनमा बसेका व्यक्तिको बीचबाट प्रवेश गरेर ओलीमाथि मुक्का प्रहारको प्रयास भएको थियो । मुक्का हान्न प्रयास गर्ने लेगुवाका महेश राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
Banner
जन्मदिनको अवसर पारेर निवर्तमान मेयर ढकालकी छोरीले आश्रममा बाँडिन् न्यानो कपडा
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालकी छोरी सायनाले आफ्नो जन्मदिनमा न्यानो कपडा वितरण गरेकी छिन् ।
सायनाको १३ औ जन्मदिनको अवसर पारेर सुन्दरहरैंचा – ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा आश्रित बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो । पाथीभरा स्वतन्त्र महिला समाजको ब्यानरमा आयोजित कार्यक्रममा उनले न्यानो कपडा वितरण गरेको समाजकी अध्यक्ष सुनिता पोखरेलले बताइन् ।
कार्यक्रममा पाथीभरा स्वतन्त्र महिला समाजकी पूर्व अध्यक्ष, निवर्तमान अध्यक्ष लगायतका पदाधिकारीहरु उपस्थित थिए ।
Banner
बुद्धोदय साकाेसको अध्यक्ष र लेखा संयोजकमा पुनः क्रमशः खनाल र निधी
विराटनगरः विराटनगर –३ बुद्धचोकमा रहेको बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको सञ्चालक समिति अध्यक्षमा पुनः राजेन्द्रप्रसाद खनाललाई चयन गरेको हो । खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र पुनः अविनाशकुमार निधिको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत सर्वसम्मत चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमबहादुर खड्का , सचिवमा सन्तोष वराल, कोषाध्यक्षमा यज्ञप्रसाद खतिवडा चयन भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी समितिको सदस्यहरुमा उद्धव घिमिरे, भोजराज निरौला, दिपेश चौधरी, यादवप्रसाद पोखरेल र सीतादेवी खड्का सर्वसम्मत चयन भएका निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।
लेखा समितिको सदस्यमा टीकाप्रसाद कोइराला र झनकुमारी निरौला चयन भएका छन् ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login