Connect with us
Advertisement
Advertisement

दोहोरो सदस्यता ०७७ असोजभित्र त्याग्न सहकारी विभागले गर्याे अनुरोध

Published

on

काठमाडौंः सहकारी विभागले एक सूचना जारी गर्दै एउटै स्थानीय तहभित्रका एकै प्रकृतिका सहकारीबीच भएको दोहोरो सदस्यता त्याग्न अनुरोध गरेको छ । आगामी असोज मसान्तसम्ममा त्यस्तो सदस्यता त्याग्न विभागले अनुरोध गरेको हो ।

एक जना व्यक्ति एउटाभन्दा बढी सहकारीमा सदस्य हुन नपाउने सहकारी ऐनको प्रावधान रहेको बताउँदै विभागले दोहोरो सदस्यता रहेको भए त्यस्तो सदस्यता त्याग्न अनुरोध गरेको हो । ऐनको प्रभावकारी कार्यान्वयनका लागि सूचना जारी गरेको विभागले जनाएको छ ।

२०७४ कात्तिक १ गतेदेखि सहकारी ऐन लागू भएको हुनाले एकै स्थानीय तहभित्र एकै प्रकृतिको एउटामात्रै सहकारीको सदस्यता लिन विभागले अनुरोध गरेको हो ।

Continue Reading

Facebook Comment

Advertisement
15 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज १२०० रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको ४० रुपैयाँ

Published

on

विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रति तोला ९४ हजार ३ सय रुपैयाँ रहेको छ । तेजाबी सुनको मूल्य प्रति तोला ९३ हजार ८ सय रुपैयाँ रहेको छ । असली चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ९० रुपैयाँ रहेको छ ।

हिजो पनि सुन र चाँदी दुवैको भाउ घटेको थियो । हिजो सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ९० रुपैयाँ घटेको थियो ।

१७०० रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको ९० रुपैयाँ

Continue Reading

Banner

विदेशी मुद्राको भाउ थपघट

Published

on

विराटचोकः आज विदेशी मुद्राको भाउ थपघट भएको छ । केही मुद्राको भाउ घटेको छ भने केहीको बढेको छ । त्यस्तै, केही विदेशी मुद्राको भाउ भने स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस्तो छ आज असोज ७ गतेका लागि निर्धारण भएको विदेशी मुद्राको विनिमय दरः

Continue Reading

Banner

१९९ कम्पनीको शेयर किनबेच भएको शेयरबजारमा २ अर्ब ७८ करोडको कारोबार

Published

on

विराटचोकः आज शेयर बजारमा १ सय ९९ वटा कम्पनीको कारोबार भएको छ । १ दशमलव ४६ प्रतिशत अर्थात् २२ दशमलव ९१ प्रतिशतले ओरालो लागेको बजारमा २ अर्ब ७८ करोड ६८ लाख ५ हजार ५ सय १४ रुपैयाँको शेयर किनबेच भएको छ ।

१ हजार ५ सय ४६ दशमलव ५१ बिन्दुमा अडिएको बजारमा ७७ लाख ६७ हजार ८ सय ४ कित्ता शेयर ४७ हजार ४ सय २ पटक किनबेच भएको थियो । सबै उपसमूहको सूचक ओरालो लागेको बजारमा विकास बैंक समूहको सूचक सबैभन्दा धेरै २ दशमलव १८ प्रतिशतले ओरालो लागेको छ ।

शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै १७ करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भएको बजारमा नेपाल बैंकको ७ करोड ३९ लाख र नेपाल पुनर्बीमा कम्पनीको ४ करोड २९ लाख रुपैयाँको शेयर किनबेच भएको थियो । लिबर्टी इनर्जी कम्पनी, घलेम्दी हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत हाराहरीमा घटेको छ ।

युनाइटेड फाइनान्स, वरुण हाइड्रोपावर र पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य भने अघिल्लो दिनको तुलनामा बढेको थियो । बजार घटे पनि १९ कम्पनीको शेयरमूल्य भने बढेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक