कोशी प्रदेश
एन प्याब्सनको लोक नृत्यमा हिमालय स्कुल पहिलो
विराटचोकः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएन नेपाल सुन्दरहरैंचाको प्रथम लोक नृत्यको उपाधि हिमालय इङ्लिस स्कुलले १ सय २३ अङ्कसहित सुन्दरहरैंचाले जितेको छ ।
आज भएको प्रतिस्पर्धामा विराट एकेडेमी १ सय १७ अंकसहित दोस्रो भएको छ भने नेसनल चिल्ड्रेन हाउस ९६ दशमलव ५ अंकसहित तेस्रो भएको छ भने प्रोग्रेस इङ्लिस बोर्डिङ स्कुलले ७५ अङ्कसहित सान्त्वना स्थान हात पारेको छ ।

कोशीहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रमामा एन प्याब्सनमा आबद्ध ९ ओटा विद्यालयको सहभागिता रहेको थियो । एन प्याब्सन सुन्दरहरैंचा नगर कार्यसमितिका अध्यक्ष महेन्द्रकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका शिक्षा शाखा प्रमुख दामोदर चापागाईं रहेका थिए । विशिष्ट अतिथिमा एन प्याब्सन प्रदेश एकका अध्यक्ष जयबहादुर श्रेष्ठ, एन प्याब्सनका प्रदेश सदस्य कमल खनाल, मोरङ जिल्ला अध्यक्ष सुुनिल दत्त अधिकारी, पूर्वअध्यक्ष तथा निवर्तमान प्रमुख सल्लाहकार राजन छाराहाङ, मोरङ जिल्ला सचिव नारायण ढकाल, नीलप्रसाद फुयललगायत रहेका थिए ।

प्रतियोगितामा नेशनल चिल्डे«न हाउस, कालीदेवी इङ्लिस स्कुल, पूर्वाञ्चल पब्लिक मन्टेश्वरी स्कुल, हिमालय इङ्लिस स्कुल, प्रोगे्रस इङ्लिस बोर्डिङ स्कुल, बालज्योति नमूना इङ्लिस स्कुल, सनसाइन एकेडेमी, विराट एकेडेमी र सगरमाथा हिमाल दर्शन स्कुलको सहभागी भएका थिए ।
प्रतियोगितामा विद्यार्थीहरुले विभिन्न वेशभूषामा सजिएर लोकनृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा नगेन्द्र राई र कृष्ण शाह निर्णायक रहेका थिए । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि दामोदर चापागाईंले यस्ता प्रतियोगिताले विद्यार्थीको आन्तरिक प्रतिभा प्रस्फुटन भएर उसका विविध पक्षको विकास हुने बताए । कार्यक्रममा जयप्रसाद श्रेष्ठ, कमल खनाल, सुनिलदत्त अधिकारी, नारायण ढकालले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन एन प्याब्सनका नगरसचिव सूर्य खवासले गरेका थिए ।
Facebook Comment
Banner
कांग्रेस देउवा समूह आज सर्वोच्च अदालत जाने
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि आज सर्वोच्च अदालत जाने भएको छ ।
निर्वाचन आयोगले गत शुक्रबाट विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि उक्त निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च जान लागेको हो ।
गत पुस २७ देखि माघ १ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।
Banner
रास्वपा केन्द्रीय समितिको बैठक, प्रत्यक्ष उम्मेदवार टुंगो लाग्ने
प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि १६५ क्षेत्रका प्रत्यक्ष उम्मेदवारको नाम टुंगो लगाउने बताइएको छ। निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी पेस गर्न समय तोकेकोको छ। उम्मेदवारी दर्ताका लागि आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवार पुग्नुपर्ने भएकाले आजै उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यतामा दल रहेका छन्।
नेकपा (एमाले)ले केही क्षेत्रबाहेक अधिकांश उम्मेदवारको नाम टुंगो लगाएको छ भने कांग्रेसमा विवाद जारी छ। पार्टी आधिकारिकताको प्रमाणपत्र विशेष महाधिवेशन पक्षले पाएपछि कांग्रेसमा विवाद चर्चिएको हो।
Banner
आधिकारिकता विवादबीच निर्वाचन जाने विशेष महाधिवेशन कांग्रेसको निर्णय
विशेष महाधिवेशनबाट निर्वाचित भएको कांग्रेसले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग जाने निर्णय गरेको छ । गएराति गगन थापा सभापतिमा निर्वाचित भएपछि आज ललितपुरको कुपण्डोलमा बसेको पहिलो बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको हो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login