Connect with us
Advertisement

एन प्याब्सनको लोक नृत्यमा हिमालय स्कुल पहिलो

Published

on

विराटचोकः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएन नेपाल सुन्दरहरैंचाको प्रथम लोक नृत्यको उपाधि हिमालय इङ्लिस स्कुलले १ सय २३ अङ्कसहित सुन्दरहरैंचाले जितेको छ ।
आज भएको प्रतिस्पर्धामा विराट एकेडेमी १ सय १७ अंकसहित दोस्रो भएको छ भने नेसनल चिल्ड्रेन हाउस ९६ दशमलव ५ अंकसहित तेस्रो भएको छ भने प्रोग्रेस इङ्लिस बोर्डिङ स्कुलले ७५ अङ्कसहित सान्त्वना स्थान हात पारेको छ ।

कोशीहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रमामा एन प्याब्सनमा आबद्ध ९ ओटा विद्यालयको सहभागिता रहेको थियो । एन प्याब्सन सुन्दरहरैंचा नगर कार्यसमितिका अध्यक्ष महेन्द्रकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका शिक्षा शाखा प्रमुख दामोदर चापागाईं रहेका थिए । विशिष्ट अतिथिमा एन प्याब्सन प्रदेश एकका अध्यक्ष जयबहादुर श्रेष्ठ, एन प्याब्सनका प्रदेश सदस्य कमल खनाल, मोरङ जिल्ला अध्यक्ष सुुनिल दत्त अधिकारी, पूर्वअध्यक्ष तथा निवर्तमान प्रमुख सल्लाहकार राजन छाराहाङ, मोरङ जिल्ला सचिव नारायण ढकाल, नीलप्रसाद फुयललगायत रहेका थिए ।


प्रतियोगितामा नेशनल चिल्डे«न हाउस, कालीदेवी इङ्लिस स्कुल, पूर्वाञ्चल पब्लिक मन्टेश्वरी स्कुल, हिमालय इङ्लिस स्कुल, प्रोगे्रस इङ्लिस बोर्डिङ स्कुल, बालज्योति नमूना इङ्लिस स्कुल, सनसाइन एकेडेमी, विराट एकेडेमी र सगरमाथा हिमाल दर्शन स्कुलको सहभागी भएका थिए ।

प्रतियोगितामा विद्यार्थीहरुले विभिन्न वेशभूषामा सजिएर लोकनृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा नगेन्द्र राई र कृष्ण शाह निर्णायक रहेका थिए । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि दामोदर चापागाईंले यस्ता प्रतियोगिताले विद्यार्थीको आन्तरिक प्रतिभा प्रस्फुटन भएर उसका विविध पक्षको विकास हुने बताए । कार्यक्रममा जयप्रसाद श्रेष्ठ, कमल खनाल, सुनिलदत्त अधिकारी, नारायण ढकालले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन एन प्याब्सनका नगरसचिव सूर्य खवासले गरेका थिए ।

Continue Reading

Facebook Comment

16 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading

Banner

गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा

Published

on

 आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।

आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।

उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।

तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।

आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।

Continue Reading

Banner

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिद्वारा वृक्षारोपण तथा डस्बिन हस्तान्तरण कार्याक्रम सम्पन्न

Published

on

लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटि का अध्यक्ष अनुराेध शाह का अध्यक्षतामा तथा प्रमुख अथिति लायन्स 325 C का डिस्ट्रिक गभर्नर लिला चिमरिया ज्यु लायन्स लिडर Pmcc राजन खत्रि लायन्स लिडर हरु नगेन्द्र दाहाल ,खिल .बिक स्कुल प्रशासन तथा शिक्षक कर्मचारी हरु का उपस्थिति मा लायन्स क्लब अफ गाेठगाँउ राेयल सिटिको २०२६ काे पहिलाे कार्यक्रम बृक्षा राेपण र डस्बिन हस्तान्तरण गरि सम्पन्न गरियाे !
बृक्षा राेपण मा विभिन्न जात चिउरि , म्याङ्गाे किट्स ,अनार,फणिण जामुना,अमला,साथै निम धुपि लगायत विभिन्न जात का १००थान बिरुवा राेपि कार्यक्रम सम्पन् गरियाे ! कार्यक्रम सञ्चालन क्लब का सेक्रेटरि नरेन रायाले सञ्चालन गर्नु भएकाे थियो
यश कार्यक्रम ले बिधालय परिवार लाभान्वित हुने छ साथै खुशियालि महसुस गरेकाे छ !

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक