निष्पक्षखबर



जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड बेलबारीमा हुने

बेलबारीः मोरङको बेलबारीमा यही फागुन २१ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ हुने भएको छ । ३ दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको संयोजकत्वमा ११ सदस्यीय संयोजन तथा व्यवस्थापन समिति गठन गरिएको छ ।

लक्ष्मी माविको खेल मैदान तथा १ नम्बर वडामा रहेको बौद्ध गुम्बामा प्रतियोगिता सञ्चालन गरिने संयोजन तथा व्यवस्थापन समितिले जनाएको छ । १७ स्थानीय तहका १ हजार ५ सयभन्दा बढी विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् ।

एथलेटिक्स, भलिबल, कबड्डी, सितेरियो कराते, तेक्वान्दो र उसुका खेल सञ्चालन हुने संयोजन तथा व्यवस्थापन समितिका संयोजक ज्ञानेन्द्र सुवेदीले बताए ।

Spread the love



Leave a Reply

Your email address will not be published.