Connect with us
Advertisement
Advertisement

ने.बि संघ बेलबारीका सभापतिमा सन्तोष भट्टराई चयन

Published

on

बेलबारी । बेलवारी नगरपालिकामा बुधबार पहिलो पटक नेपाल विद्यार्थी संघ गठन गरिएको छ । एक भेलाले बेलबारी ९ का सन्तोष भटराईको सभापतित्वमा नेबिसंघ बेलबारी गठन गरेको हो । संघको उपसभापतिहरुमा किशोर गौतम,सन्दिप हुमाँगाई सचिबमा दिल बहादुर श्रेष्ठ(सुमन) सह सचिबमा सञ्जिव कटुवाल र कोषाध्यक्षमा उमा खड्का निर्बिरोध चयन भएका छन । नबनिर्बाचित समितिका पदाधिकारीहरुलाई नेपाली काँग्रेसका महासमिति सदस्य महेन्द्र सुवेदी,नेपाली काँग्रेसका जिल्ला सदस्य,सामाजिक तथा राजनीतिक ब्यत्तित्व राजकुमा लिम्बु लगायतले अबिर लगाएर बधाई तथा शुभकामना समेत दिएका छन ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

उपमेयर तामाङ भन्छिन्, ‘उद्यमी महिलाले घरेलु हिंसाको सिकार बन्नुपर्दैन’ (भिडियो सहित)

Published

on

विराटचोकः सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले उद्यमी महिलाले घरेलु हिंसाको बन्नु नपर्ने बताएकी छिन् ।
सुन्दरहरैंचाको विराटचोकमा भएको अल्लो कपडा बुनाइसम्बन्धी १ महिने तालीम समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वरोजगार हुने तथा उद्यम गर्ने महिलाले घरेलु हिंसामा पनि पर्नु नपर्ने बताइन् ।
‘आत्मनिर्भर बनाउन यस्ता तालीमले सहयोग गर्छ,’ कार्यक्रमलाई विशेष अतिथिको आसनबाट सम्बोधन गर्दै उपप्रमुख तामाङले भनिन्, ‘तालीममा पाएको प्रमाणपत्रलाई हतियारको रुपमा प्रयोग गर्न सके तालीम लिएको सार्थक हुन्छ ।’
तालीम पाएको सीपको सदुपयोग नभएमा त्यसको कुनै अर्थ नरहने उनको भनाइ थियो । जागिर मात्रै ठूलो हो भन्ने मानसिकता त्यागी सानै भए पनि उद्यम गरी स्वरोजगार बन्न उनले प्रशिक्षार्थीलाई सुझाव दिइन् ।
मौलिक पहिचान र संस्कृति जोगाउने खालका उद्योग खोल्दा आत्मनिर्भर बन्न सकिने र देशको सांस्कृतिका विकासमा सहयोग पुग्ने उनको भनाइ थियो । आत्मनिर्भर भएमा अपहेलित हुनु नपर्ने र सीप नभएका मानिसलाई घरले र समाजले पनि हेला गर्ने गरेको पाइएको उनले बताइन् । आफ्नो पहिचान स्थापित गराउन पनि महिला उद्यमशील बन्नैपर्ने उनको भनाइ थियो ।

हेर्नुहोस् भिडियो

Continue Reading

Banner

संखुवासभाको धर्मदेवी र चैनपुरमा कोरोना संक्रमित फेला

Published

on

विराटचाेक:  संखुवासभाको धर्मदवी र चैनपुर नगरपालिकामा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पिलुवा क्वारेनटाइनमा बसेका ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । चैनपुर नगरपालिकाका मेयर भरत खत्रि तथा धर्मदेवी नगरपालिका वडा नं ५ का वडाध्यक्ष उदयचन्द्र पौडेलका अनुसार चैनपुर नगरपालिकाका १० का ५० वर्षिय र ३२ वर्षका र धर्मदेवी नगरपालिकाका ४ का वर्ष ३८ का पुरुष रहेका छन् ।

जनस्वास्थ्य अधिकृत नर बहादुर श्रेष्ठले दिएको जानकारी अनुसार चैनपुरका ४० वर्षिय पुरुष भारतबाट आएका हुन् भने ३२ वर्षिय पुरुष कुवेतबाट आएका हुन् त्यस्तै धर्मदवी नगरपालिकाका ३८ वर्षिय पुरुष साउदीबाट आएका हुन् । स्वास्थ्य कार्यालय संखुवासभाका अनुसार कोसी अस्पताल विराटनगरमा पीसीआर विधिबाट स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

उनीहरु केही दिन अघि भारत, कुबेत र साउदीबाट आएका थिए । विदेशबाट आएपछि उनीहरु पिलुवामा बनाइएको क्वारेनटाइनमा बस्दै आएका थिए । यसअघि भारतबाट आएका खाँदबारी र पाँचखपन नगरपालिकाका २ जना पुरुषमा संक्रमण फेला परेको थियो । उनीहरु उपचार पछि निको भई घर फर्किसकेका छन् ।

Continue Reading

Banner

सुन्दरहरै‌चाको आ.ब. २०७७/०७८ को बजेट, नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

Published

on

 विराटचाेक: मोरङको सुन्दरहरैंचा नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ का लागि १ अर्व १९ करोड ५० लाख १६ हजार ८० रुपैया अनुमानित बजेट  ल्याएको छ ।  बुधबार नगरप्रमुख शिवप्रसाद ढकालकाे अध्यक्षतामा बसेकाे छैटाैँ नगरसभामा उपप्रमुख धनमाया तामाङले प्रस्तुत गरेकाे  बजेट, नीति तथा कार्यक्रम  पूर्णपाठ

सुन्दरहरैंचाले आ.व. ०७७।०७८ का लागि १ अर्व १९ करोड ५० लाख बजेट ल्यायो

Sundarharaincha
Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक