Connect with us
Advertisement

६८ वर्षको उमेरमा पनि स्वास्थ्य चेतना फैलाइरहेकी ‘शोभा दिदी’ (नारी दिवस विशेष–४)

Published

on

फागुन २५ गते अर्थात् ८ मार्चको दिन ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । यस पटकको नारा ‘म समानताको उत्पादक हुँ, महिलाको अधिकार अनुभूति गर्दैछु’ भन्ने रहेको छ । नारी दिवसको अवसर पारी निष्पक्ष खबरले फागुन २५ गतेसम्म हरेक दिन विभिन्न क्षेत्रमा सङ्घर्षशील सुन्दरहरैंचाका केही नारीको अनुभव र सङ्घर्षको कथा पाठकसामु पस्कन लागेको छ ।

त्यसै क्रममा यस अङ्कमा स्वास्थ्यको क्षेत्रमा जनचेतना फैलाउन गाउँगाउँ पुग्ने ज्येष्ठ स्वास्थ्य स्वयम्सेविका सुन्दरहरैंचा– ९ की शोभादेवी बस्नेतको अनुभव प्रस्तुत गरिएको छ । घरघर पुगेर स्वास्थ्य चेतना फैलाउने उनलाई अझै पनि यो कामबाट बिदा लिन मन छैन । इन्द्रपुर स्वास्थ्य चौकीका इन्चार्ज लीलामणि दाहालका अनुसार आवश्यक परेको समयमा बोलाउँदा सबैभन्दा पहिले आइपुग्ने स्वयम्सेविका उनी नै हुन् । मुस्लिम समुदायमा काम गर्ने बस्नेतले स्वास्थ्य क्षेत्रमा गरेको ३० वर्षे सेवा अवधिको अनुभव उनकै शब्दमाः

२०४६ सालमा काम शुरु गर्दा पहिले अप्ठ्यारोसँगै लाज र डर लाग्यो । ग्रामीण स्वास्थ्य कार्यकर्ता पर्शुराम रानाले दिदी आउनू, तपाईको नाम राखेँ है भनेर बोलाउनुभयो । मैले पढेको छैन भन्दा सरले पढ्नु पर्दैन भन्नुभयो । २ दिनको तालीमबाट शुरु गरेर त्यसपछिका दिनमा धेरै पटक तालीम गोष्ठीमा सहभागी भएर आफूलाई निखार्दै लगेँ । काममा धेरै लगनशील भएर लागेँ । अहिले त्यसैको फल होला शोभा दिदी नभई गाउँमा महिलाले अरुको विश्वास गर्दैनन् ।

२ दिने तालीम दुलारीमा बसेर लिएको अनि समूह बनाएर ११ जना भएर काममा खटेको हिजो झैँ लाग्छ । मेरो दैनिकी नै ती महिलाको घरआँगन गरेर बित्छ । मैले पोलियो थोपा खुवाएका नानीहरू इन्स्पेक्टर भए, जागिरे भए, अमेरिका गए । रुवाउँदै खोप लगाएका नानीहरूको प्रगति देखेर सन्तोष मान्छु । के गर्नु हामीजस्ता महिला स्वास्थ्य स्वयम्सेविकाको अवस्था यस्तै छ ।

मलाई धेरै रमाइलो लाग्छ । सबैको आफ्नोआफ्नो पेशा हुन्छ । मानिसहरू तीर्थव्रत गर्न भारतसम्म जाने गर्छन् तर मजस्ता महिला स्वयम्सेविकाले कुनै तीर्थ जानुपर्दैन । हामीले गर्ने सेवा नै सबैभन्दा ठूलो धर्म हो । अरु व्रत र धर्म के गर्नु ? त्यसैले म यो कामबाट खुशी छु ।

साबिक इन्द्रपुर–५ अहिलेको सुन्दरहरैंचाको ९ नम्बर वडामा मुस्लिम बस्ती छ । यो बस्ती नै मेरो कामका लागि चुनौतीपूर्ण बन्यो । यस्तो बस्तीमा जाँदा म एकै ठाउँमा रोपिएको तर गोडमेल नगरेकाले कक्रिएको मुला र गोडमेल गरिएकाले सप्रिएको मुलाको तस्बिर देखाएर परिवार नियोजनसम्बन्धी चेतना जगाउन जान्थेँ । त्यो गाउँमा अरु तस्बिर लाने कुरै भएन । धेरै बच्चा हुँदा स्याहार पुग्दैन भन्थेँ । दिनभरी बस्थेँ । सबैलाई एकै ठाउँमा भेला बनाएर विभिन्न कुरा निकाल्दै परिवार नियोजन गर्न उत्प्रेरणा दिन्थेँ तर उनीहरू मान्दैनथे । सबै बुहारीलाई सासूकै डर हुने उनीहरू बताउँथे ।

पहिले १०\१२ जना बच्चा जन्माउने गर्थे । त्यसलाई रोक्ने वातावरण बनाउन धेरै सङ्घर्ष गरेँ । आजभोलि त अलि सुधार भयो । पुरुष दाजुभाइले पनि यसलाई सकारात्मक सोचेको उनीहरू सुनाउँथे । तर सासू भएको घरमा आँगनसम्म टेक्न नदिने समुदाय थियो । कतिपयले अहिले पनि लुकेर डिपोहरू लगाउँछन् । विशेष गरी सासूको डर हुने गरेको छ बुहारीलाई । अझै पनि उनीहरू परिवार नियोजन गर्न खुलेर आउँदैनन् ।

बङ्गाली टोलमा पहिलापहिला ६–७ जना नानीहरू हुन्थे तर अहिले यो क्रम घटेको छ । उनीहरू नै सबैभन्दा शिक्षित छन् । मुसहर समुदायका महिलाले पनि भनेको मान्छन् । धेरैलाई अप्रेसन (परिवार नियोजन) गर्न लगेको छु ।

म आफ्नो कामप्रति लगनशील भएर काम गरिरहेकी छु । कुनै काममा सफलता प्राप्त गर्न पढाइ चाहिन्छ । पढेर मात्र पनि हँुदैन लगनशीलता अनिवार्य आवश्यकता पनि हो ।

म गइनँ भने मुस्लिम बस्तीमा औषधी खुवाउने मान्छे नै हँुदैन । म समाजसँग भिजेकी छु । नयाँ मानिस जाँदा कराउने, नभेट्ने, नचिनेकोसँग घुलमिल नहुने समुदायमा शोभा दिदी नै आवश्यक परेकाले होला । २००८ सालमा जन्मिएर यो समय हुँदासम्म काममा लागिपरेको छु । परिवारबाट त काम छोड्नु भन्छन् नि । पनातिसम्म छन् । तर कामप्रति म लगनशील छु ।

प्रौढ शिक्षा पढेर मैले काम शुरु गरेँ । पहिले त पैसा नै हुँदैनथ्यो । ४० रुपैयाँमा काम गरेकी थिएँ । यो सालबाट २ हजार रुपैयाँ दिने अरे । बाटोबाटोमा शोभा दिदी भन्छन् । महिला मात्र नभई सबैले शोभा दिदीभन्दा मलाई त्यो नै खुशी लाग्छ ।

मैले धेरै सङ्घर्ष गर्नुप¥यो । आमा समूह नै भेला नहुने हुनाले घरघरमा हिँड्नु पथ्र्याे । माओवादी काल (जनयुद्धको समय) मा आण्टी तपार्इंलाई डर लाग्दैन जहिल्यै एक्लै हिँड्नुहुन्छ त भन्थे । डर लाग्थ्यो । तर काम गर्न जानै पर्ने । बाघझोडा तिरका महिला दिदीबहिनीलाई सम्झाउन धेरै गारो हुन्थ्यो । त्यहाँका महिलाहरू नटेर्ने गर्थे ।


धेरैलाई परिवार नियोजनका लागि अप्रेशन गर्न लगेँ अनि त्यसबापत घुमाउन लग्यो अफिसले । त्यो क्षण सबैभन्दा रमाइलो लाग्यो । अनि राम्रो काम गरेबापत रेडियो उपहार समेत दियो । घडी दियो । त्यो उपहार मेरो कामप्रतिको सम्मान हो जस्तो लाग्छ । उमेर हदले निस्कनुपर्ने बेला हो, तर सबैले अझै गर्नु न भन्छन् ।

अहिलेका नारीहरू प्हिलेका जस्ता छैनन् । नारी भएर समाजसेवी हुनुप¥यो । सानै उमेरमा विवाह हुने अवस्था हट्यो । पुराना कामहरू पनि सिक्नुपर्छ । विकृति हटाउन लाग्नुपर्छ । धेरै महिला दिदीबहिनी भेला हुने र तास खेल्ने टोलटोलमा छन् । यो चाहिँ हटाउनुप¥यो । म धेरै गाउँमा जान्छु, कति देख्छु, अनि कराउँछु तर टेर्दैनन् मलाई ।

अहिले घरघरमा गएर गर्भवती आमाहरूलाई र सुत्केरी आमाहरूलाई सल्लाह दिन्छु । सरकारले दिने सेवा, सुविधा पाइन्छ भन्छु । फोन नम्बर लिएर आउँछु । सबैलाई त्यो दिन फोन गरेर सम्झाउँछु । गाउँमा जाँदा दिदी आउनुभयो भनेर कसैले साग सब्जी पनि दिन्छन् । खुशी लाग्छ ।

सम्बन्धित समाचार

अध्यात्ममार्फत् नेतृत्व र क्षमताको विकास गराउँदै (नारी दिवसः विशेष १) रुजा घिमिरे

केही गर्छु भनेर आफैँ अगाडि नआएसम्म परिवर्तन असम्भव छ (नारी दिवस विशेष– २) योजना शर्माा

यसरी मिल्यो शिक्षाप्रति ऊर्जा (नारी दिवस विशेष-३) भगवती पाैडेल

Continue Reading

Facebook Comment

1 Comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

ओली फर्किए, भण्डारी झापा–मोरङ दौडाहामै

Published

on

विराटनगर — सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मोरङको कटहरीमा निर्माण भएको एक अस्पताल उद्घाटन गरेर शनिबार हेलिकोप्टरमार्फत काठमाडौं फर्किए । तर, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भने अझै झापा–मोरङका विभिन्न कार्यक्रममा सक्रिय रहिरहेकी छन् ।

बिहीबार विराटनगर ओर्लिएकी भण्डारी झापा र मोरङका कार्यक्रममा व्यस्त छिन् । उनको तालिका सोमबारसम्म व्यस्त छ । विराटनगर ओर्लिएपछि उनी मोरङका विभिन्न पार्टी कार्यकर्तासँग भेटघाट र विविध कार्यक्रममा सहभागी भइरहेकी छन् । शुक्रबार उनले विराटनगरमा पालिकाका उपप्रमुख–उपाध्यक्षहरूको राष्ट्रिय भेलाको उद्घाटन गरेकी थिइन् ।

शनिबार उनले झापाको बिर्तामोडस्थित देवी माविमा एमाले विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । आइतबार नारी सञ्चार गृहद्वारा आयोजित कार्यक्रममासमेत उनी सहभागी भइन् ।

भण्डारी औपचारिक कार्यक्रम मात्र होइन, अनौपचारिक भेटघाट र स–साना भेला तथा छलफलमा पनि सक्रिय देखिएकी छन् । विशेषगरी झापाका एमाले नेता तथा कार्यकर्तासँग उनले आन्तरिक बैठकसमेत गरेकी छन् । ‘झापाका ओली निकट नेता–कार्यकर्ताहरूसँग पूर्वराष्ट्रपतिज्यूले विशेष रूपमा भेटघाट गर्नुभएको थियो,’ एक नेताले बताए ।

झापामा ओली निकट मानिने प्रदेश सांसद चिन्तन पाठक, पूर्व प्रदेश सांसद वसन्त बानियाँ, झापा एमालेका उपाध्यक्ष शिव ढुंगेलजस्ता नेताहरूसँग उनले भेटघाट गरेकी थिइन् । कोशीका पूर्व मुख्यमन्त्री शेरधन राई बिहीबारदेखि नै उनीसँगै छन् । विमानस्थलमा स्वागत गर्न देखि झापा–मोरङमा आयोजित विभिन्न सभा, सम्मेलन र छलफलमा राई सहभागी छन् ।

आइतबार विराटनगर फर्किने क्रममा भण्डारीले झापाको शिवगञ्जस्थित झापा इनर्जीको उत्पादन केन्द्र अवलोकन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि विराटनगर फर्केर सोमबार मोरङको इटहरास्थित पुर्ख्यौली घर अवलोकन गर्ने र त्यसपछि काठमाडौं फर्किने तयारी रहेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।

ओलीनिकट एमालेका एक नेताले भने, ‘पार्टीका सबै तहमा संगठन बलियो बनाउन अध्यक्ष ओली व्यापक दौडाहाको तयारीमा हुनुहुन्छ । पूर्व राष्ट्रपतिज्यूको सक्रियतालाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ ।’

एमालेभित्र केही नेताहरू भण्डारीलाई सम्भावित भावी अध्यक्षको रूपमा पनि हेरिरहेका छन् । उनको दौडाहाले राजनीतिमा पुनः सक्रिय बन्ने भण्डारीको मनसाय सतहमै देखिन थालेको छ ।

प्रकाशित : जेष्ठ २५, २०८२ १०:२१

Continue Reading

Banner

सरसफाई तथा स्वच्छ वातावरण “ गुणस्तरिय खानेपानीका लागि नै हाम्रो उम्मेरदारी, लोकतान्त्रिक समुह

Published

on

 

पारदर्शी तथा सबल नेतृत्व सहितको गुणस्तरिय खानेपानी, सरसफाई तथा स्वच्छ वातावरण सहितको हाम्रो जिन्दगानी “मुल नाराका साथ सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितीमा लोकतान्त्रीक पक्षवाट युवा श्यामप्रसादढकालले अध्यक्ष पदमा उम्मेरदारी दिनुभएको छ , कुशल नेतृत्वकर्ता ,आर्थीक रुपमा पारदर्शी,सदाचार र सालिन ढकालको समुहलाइ मतदान गर्दै अत्याधिक बहुमतका साथ बिजयी गराइदिनुहुन सम्पुर्ण खानेपानीका उपभोक्ताहरुमा उहाले अनुरोध गर्नुभएको छ ।

ढकालले लामो समयदेखी सामाजीक मुल्य र मान्यताहरुलाई आत्मसाथ गर्दै यस सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा सचिवका रुपमा काम गर्दै आफ्नो २ कार्यकाल सम्पन्न गरीसक्नुभएको छ। आफ्नो २ बर्षे कार्यकालमा एउटै वडामा २ वटा खानेपानीका टयांकी मार्फत आम सर्वसाधारणलाई खानेपानी खुवाउन सफल ढकाल अध्यक्ष पदका सबैभन्दा अब्बल र बलिया उम्मेद्वार समेत हुन।

सस्थांलाइ आर्थीक रुपमा सवल बनाउन र यसलाई दिगो रुपमा संस्थागत गर्न ढकालले सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा लोकतान्त्रीक समुहको तर्फबाट अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउनु भयो । अनुभव, समर्पण र समाजसेवामा गरेको निरन्तर योगदानको मूल्यांकन गर्दै मत प्रदान गरी विजयी गराउनु हुन उहाले सम्पूर्ण आम उपभोक्ता समक्ष आग्रह गर्नुभएको छ।

 

उहाले आफ्ना कार्ययोजनाहरुमा पुराना पाईपलाईनहरुलाइ प्रतिस्थापन गरि नया पाइप लाईनहरुलाइ विस्तार गर्ने र सो का लागि सहयोग र अनुदान ब्यबस्थापन गर्ने ,यस क्षेत्रमा बसोबास गर्ने सबैमा एक घर एक धारा अनिबार्य पुर्याउने ,कमजोर आर्थिक अवस्था भएका उपभोक्ताहरुलाई नगर र वार्डमा समन्वय गरि सुलभ र सहज ढंगले खानेपानीको व्यवस्था गर्ने ,पुरानो ट्यांकी मर्मत तथा रंगरोकन गर्ने ,कम्पाउण्ड वाल लगाउने ,प्रबिधिमैत्री सस्था बनाउने ,डिजिटल ,प्रविधिको प्रयोग गरि भुक्तानी र गुनासो सुनुवईलाई छिटो छरितो बनाउने ,वास चेम्बर र फायर पोइन्ट राखी वास आउट को व्यवस्था गर्ने ,प्रत्येक आ व को पौष मसान्त सम्ममा साधारण सभा गर्ने ,कर्मचारी नीतिलाई समय सापेक्ष परिमार्जन गर्दै कार्यक्षमता बढाउदै जिम्मेवार बनाउने पानीको सुद्दता लाइ बिशेस ध्यान दिदै नियमित निरीक्षण गर्ने ,सफ्टवेयर को बिकास गरि सहज बिल भुक्तानीका लागि इ-सेवा मोबाइल बैंकिंग खल्ती बाट भुक्तानी को व्यवस्था गर्ने ,अनबिकरनिय पानीको श्रोतलाई जगेर्ना गर्न पर्यवरणीय असर र नया पानीका श्रोतहरुको खोजि गर्न विज्ञ समुहबाट परामर्श लिने लाग्य रहेका छन् , ढकालको समुहबाट उपाध्यक्षमा दिपक गुरुङ ,सचिवमा उद्दब प्रसाद अधिकारी ,कोषाध्यक्ष मा सावित्र पोख्रेल ,सहसचिवमा दिनानाथ अधिकारी ,सदस्यहरुमा बबिता कार्की अधिकारी ,लक्ष्मी भण्डारी, मकबुल मिया ,राजु बरुवाल,ज्ञान बहादुर खड्का, सिलस उराउ, त्यस्तै लेखा समिति संयोजक सरोज भट्टराई , सदस्यहरुमा कपिल पोख्रेल ,मन्दिरा थापा रहनु भएको छ ।

Continue Reading

Banner

अनुशिल ट्रेड कन्सन दमकमा टिभिएसको एक्स्चेन्ज मेला हेर्नुहाेस अफर

Published

on

विराटचाेक दमकमा रहेकाे अनुशिल ट्रेड कन्सनमा टिभिएस बाइकको एक्स्चेन्ज मेला सञ्चालन भइरहेकाे छ । दमककालागि आधिकारिक बिक्रेता झापाकाे दमक ५ सगरमाथा पम्प छेउमा रहेकाे अनुशिल ट्रेड कन्सनले असोज ९ बाटै सुरु गरेकाे एक्स्चेन्ज मेला १३ गतेसम्म सञ्चालन हुने विक्रेता कम्पनीले जनाएकाे छ ।

एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाख रुपैयाँसम्म जित्ने मौका , किन्दा ५ लाख रुपैयाँँसम्म जित्ने मौका हरेक महिना १०० प्रतिशत क्यास ब्याक , बम्पर उपहारमा १० लाख रुपैयाँसम्म जित्ने अवसर कम्पनीले सार्वजनिक गरेको छ ।

एक्स्चेन्ज मेलामा १० हजार रुपैयाँसम्म को भ्यालु एडिसनको सुविधा रहेको अनुशिल ट्रेड कन्सनले जनाएकाे छ । २५ प्रतिशत डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा सहज फाइनान्सको सुविधासहित कम्पनीबाट टिभिएस बाइक चडेर जान सकिने ,लाइफ टाइम वारेन्टीको सुबिधाका साथै हेलमेट तथा ब्याग र बाइक कभर समेत निशुल्क उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक