शिक्षा / स्वास्थ्य
मकालु टेलिभिजनको समाचार कक्षले तपाईंलाई पर्खिरहेको छ
माघको अन्तिम साता तिर काम विशेषले कमल सरलाई भेट्न मकालु टेलिभिजन गएको थिएँ, सर ज्वरो आएर अफिसमा नगइ घरमै बस्नु भएको रहेछ । त्यसपछि मीत्र रोहित जी र म घरमै गयौं । त्यस्तै १० मिनेट जति गफगाफ गरेर काम सकेर विदा भएका थियौं । सरसँग भेट भएको ५,७ दिनपछि नै सरलाई ब्लड क्यान्सर भएको खबर थाहा पाउँदा त्यतिबेला म अवाक भएँ । सरको स्वास्थ्य लाभको कामना गर्नु बाहेक न बोल्ने नत लेख्ने कुनै शब्दै भेटिन ।
भर्खरै अनलाइन खबरमा सरले लेख्नु भएको बकपत्रले अझ भावुक बनायो । मकालु टेलिभिजनको समाचार प्रमुख भएर काम गरिरहँदा सरले दुःख पाएका, विरामी भएर उपचार नपाएका धेरै पात्रहरुलाई समाचारमा समेट्नु भयो । तपाईंको डाक्टर कार्यक्रम मार्फत स्वास्थ्य सचेतना फैलाउनुभयो । तर विडम्बना यतिबेला उहाँ स्वयम् गंभीर रोगसँग जुधिरहनु भएको छ । अनि भगवातप्रति अति निष्ठा राख्ने कलम सरलाई नै व्लड क्यान्सर जस्तो रोग लागेकोमा सरले भगवान प्रति गुनासो गर्नुपर्ने अवस्था आएको छ । कमल सरको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै २,४ शब्द कोर्न मन लाग्यो ।

मकालु टेलिभिजनको समाचार शाखामा ४ वर्षसम्म रहेर तपाईंसँग बिताएका क्षणहरु अझै ताजै छन् सर । सरले मकालु टेलिभिजनमा तपाईंको डाक्टर कार्यक्रममा दर्जनौं डाक्टरको अन्तरवार्ता लिएर कयौं मनिसलाई स्वास्थ्य समस्या सुल्झाउन सघाउनु भयो । साथै अन्य आफन्त, साथीभाई लगायतलाई विना कुनै स्वार्थ डाक्टरको झैं परामर्श(कुन रोगको उपचार कुन अस्पतालमा राम्रो हुन्छ, कुन डाक्टरलाई भेट्दा ठीक हुन्छ आदि) दिएर सहयोग गर्दै आउनु भयो । धेरैलाई फलानो डक्टरलाई भन्देको छु जाँच फिस लाग्दैन, औषधीको मात्र पैसा तिरे पुग्छ, भन्दै सहयोग गरिरहनुभयो । म स्वयमलाई पनि सरले यो गुन लगाउनु भएको छ । साथै आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएका, बेसाहारा तथा विपन्नताका कारण पढ्न नपाएकाहरुका समाचारहरु सँधै सरको प्राथमिकतामा हुन्थे । यस्ता धेरै समाचारहरुलाई सरले मकालु समाचारको क्यूसिटमा हेडलाइन बनाउनु भयो । तपाईंले यस्ता समाचारहरुलाई प्राथमिकताका साथ टेलिभिजनमार्फत प्रशारण गराई तथा संवाददाताहरुलाई त्यस्ता समाचार संकलनमा उत्प्रेरित गरि पीडितका लागि आर्थिक संकलन गराई सहयोग गर्दै आउनु भयो । जसका कारण धेरैले नयाँ जीवन पाए । तर यतिका सहयोगी तथा मिलनशार स्वभाव र सादा जीवनका पर्यायवाची तपाईं यतिबेला स्वयम् ब्लड क्यान्सर जस्तो रोगसँग जुध्नु परिरहेको छ । साथै उपचारका लागि लाग्ने ४० लाख रकम जुटाउन सहयोगको याचना गरिरहनु परेको छ ।
हामी सबैलाई थाहा छ सर, जीवनमा समस्या त कहिले काहीं आउँछन् नै, जीवन सुख र दुःखको संगम हुँदै हो । तपाइँ जस्तो सादगी र धर्मप्रति निष्ठावान व्यक्तिलाई व्लड क्यान्सर त के अझै ठूला ठूला समस्याबाट समेत भगवानले पार लाउनु हुनेछ । त्यसैले तपाईंले वकपत्रमा भनेझैं भगवान निष्ठूरी बन्नु भएको होइन । सायद भगवानलाई पनि आफूप्रति निष्ठावान, धार्मिक तथा अध्यात्मिक व्यक्तिहरुलाई जस्तो सुकै संकट आएपनि पार लगाउने म छु भनेर प्रमाणित गराउनु छ क्यार ।
तपाईंले निष्ठापूर्वक पूज्दै आउनु भएका भगवानको कृपा, पत्रकारिताबाट सरले कमाउनु भएका मीत्रजन तथा शुभेच्छुकहरुको सहयोग र शुभेच्छा अनि चिकित्सा विज्ञानको उपचार पद्धतीबाट तपाईंले अवश्य नयाँ जीवन पाउनु हुनेछ सर । अनि बकपत्रमा भने झैं तपाई क्यान्सरलाई जितेर फेरि पत्रकारितामा फर्कनु हुनेछ । म हिजो(शुक्रबार) मात्रै मकालु टेलिभिजन पुगेको थिएँ । मकालु टेलिभिजनको समाचार कक्षले तपाईंलाई पर्खिरहेको छ । अनि म मेरो मोवाइल फोनमा “कमल सर कलिङ” लेखेको डिस्प्ले हेर्न आतुर छु । “रेवती इटहरीबाट के पठाउँछौ आज”, यो आवाज मलाई अझै सुन्नुछ सर ।
केही समय अवश्य लाग्ला, तर तपाईंले सिभिल अस्पतालको बेड नम्बर २३८ बाट विदा भएर मकालु टेलिभिजनको समाचारलाई सम्हाल्नु नै हुनेछ । तपाईंले अझ धेरै दिनदुःखीहरुको घाउमा मलम लगाउनु छ सर, फेरि पनि “तपाईंको डाक्टर” कार्यक्रममा मार्फत धेरै विरामीहरुलाई सहयोग पुर्याउनु छ । उनीहरुका लागि पनि तपाईंले क्यान्सरलाई जित्नै पर्छ । तपाईंलाई थाहै छ नी सर आत्मबलले आधा रोग निको गराउँछ । त्यसैले आत्मबल दह्रो बनाउनुहोस् । हामी सँधै तपाईंको साथमा छौं । सर हजूरको शीघ्र स्वास्थ्य लाभको कामना ।
Facebook Comment
Banner
सुन्दरहरैंचा–१२ मा सांसद प्रेमलाल चौधरीलाई सम्मान, विकासका लागि सहकार्यमा जोड
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ ले प्रतिनिधि सभा सदस्य प्रेमलाल चौधरीलाई सम्मान गरेको छ। वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष रोशन प्रसाद ढकालसहित जनप्रतिनिधिहरूले चौधरीलाई स्वागत तथा सम्मान गरेका हुन्।
कार्यक्रममा विभिन्न राजनीतिक दलका वडा प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो।
सम्मान ग्रहण गर्दै सांसद चौधरीले आफूलाई सम्मानभन्दा पनि जिम्मेवारी थपिएको अनुभूति भएको बताउँदै अब विकासका कामलाई तीव्रता दिन सबै मिलेर अगाडि बढ्न आग्रह गरे।
वडा अध्यक्ष ढकालले पनि वडाको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
Banner
दुर्गा प्रसाईँ पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । नेपाल प्रहरीले प्रसाईँको निवास भक्तपुरबाट उनलाई पक्राउ गरेको हो । पटकपटक पक्राउ र रिहा हुँदै आएका प्रसाईँलाई पक्राउ गर्न प्रहरी आज बिहानै उनको भक्तपुरस्थित घरमा पुगेको थियो ।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा प्रसाईँले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका थिए । उनी केही दिनअघि मात्रै सर्वोच्चको आदेशमा रिहा भएका थिए ।
Banner
धनवन्तरी जयन्ती कि धनतेरस
महाभारतका अनुसार समुद्र मन्थनद्वारा अमृतको कलशसँगै प्रकट भएका, विष्णुका १२ औं अवतार र ओखती (आयुर्वेद)का अधिष्ठाता, देवताहरूका वैद्य धन्वन्तरीको प्राकट्य दिवस÷कार्तिक कृष्ण त्रयोदशीलाई नै धन्वन्तरि जयन्ती भनिन्छ ।
यस दिनमा धन्वन्तरीको आराधनाबाट आयु, आरोग्य एवम् ऐश्वर्य प्राप्त हुने कुरा शास्त्रीय मान्यता हो । तर कुरा नै नबुझेर केही भारतीय व्यापारीले सामान बेच्न चलाएको धनतेरसको हल्लामा हल्लिन अहिले सामाजिक सञ्जालमा पनि यो र त्यो किन्नुपर्छ भन्दै घातक मलजल गरेको पाइन्छ ।
यसले पसलमा भीडभाड हुने त पक्का छ तर कुरा नबुझेर गरेको अन्धविश्वासले मात्रै न त संस्कार बच्दछ न ऐश्वर्यलाई नै बचाउन सकिन्छ । त्यसैले सचेत बनौ, महङ्गीका मारमा नफसौं । भगवान धन्वन्तरीले हामी सबैलाई तन र मनले स्वस्थ राखून्..।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login