सम्पादकीय
थपिएको ‘लकडाउन’ मा व्यवहार सुधारौँ
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ को समयावधि बढाएको छ । यो ‘लकडाउन’को समयमा हामीले धेरै कुरा अनुभव गर्याैँ । अब थप भएको यो समयमा हामीले आफ्नो व्यवहार सुधार्नु आवश्यक देखिएको छ ।
‘लकडाउन’ र ट्राफिक नियम उस्तैजस्तो देखिएको छ । दुवै नियम आफ्नो लागि भए पनि अरुको लागि र प्रहरी देख्दा मात्रै कार्यान्वयन गर्नुपर्नेजस्तो व्यवहार मानिसले गरिरहेका छन् । तरकारी वा खाद्यसामग्री किन्दा कम्तीमा १ मिटरको दूरी कायम गरेर किनबेच गरिए पनि तिनै ग्राहक तरकारी लिएर फर्कँदा अँगालो हालौँला झैँ गर्दै फर्किइरहेको पनि देखिन्छ । तरकारी पसलमा मास्क लगाएर उभिएको मानिसले फर्कँदा मास्क प्रयोग नगरेको पनि देखिएको छ ।
गाउँमा २०÷२२ जना मानिस भेला भएर खसी काट्ने र गफिने क्रम पनि पूर्ववत् छ । अझ तास खेल्ने क्रम पनि बढ्दै छ अरे । प्रहरीको अनुपस्थितिमा लकडाउनका हरेक सीमा तोडिँदैछन् । हाम्रो गाउँमा त आएको छैन, त्यो भाइरस, छिमेकीछिमेकीबीच त लकडाउन पालना गर्नुपर्दैन भन्नेजस्ता अनेक भनाइ सुन्न पाइन्छ । आखिर, यो सब किन भइरहेको छ ?
मर्न कसैलाई मन छैन, तर लकडाउनको अवज्ञा गर्न धेरैलाई मन छ । सामाजिक सञ्जालमा आदर्शपूर्ण स्टाटस हाल्न र ती स्टाटसमा त्यस्तै आदर्शमय कमेन्ट गर्न सबैलाई आउँछ तर लकडाउन पालना गर्न किन कसैलाई आउँदैन ? पश्चिमा देशले कोरोनासँग हार खाइसकेको अभिव्यक्ति दिइरहँदा किन हामीचाहिँ अझै सचेत हुन नसकेका हौँ । त्यसैले पहिले जे भयोभयो, अब थपिएको लकडाउनको चाहिँ अवज्ञा नगरौँ ।
Facebook Comment
Banner
आजदेखि निर्वाचन प्रचार–प्रसार खुला
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाइने भएको छ ।
मतदान हुनुभन्दा १५ दिन अघिदेखि मात्रै जुलुस, आमसभा, कोणसभा आयोजना गर्न तथा सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाउने कानुनी व्यवस्था छ । सोही प्रावधानअनुसार आज फागुन ४ गतेदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्नेछन् ।
निर्वाचन आयोगका अनुसार आचारसंहिताको पूर्ण पालना गर्दै दल, उम्मेदवार तथा सरोकारवाला सबैले मतदातासमक्ष औपचारिक रूपमा मत माग्न पाउनेछन् ।
दल र उम्मेदवारले तोकिएको मापदण्डअनुसार पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन गर्न सक्नेछन् । आमसभा वा कोणसभा गर्दा मञ्च व्यवस्थापन लगायत भएको खर्चको विवरण भने सम्बन्धित उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ ।
आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिसकेको जनाएको छ । उल्लङ्घनका घटनामा स्पष्टीकरण सोध्ने र आवश्यक परे कानुनी कारबाही अघि बढाइने आयोगले स्पष्ट पारेको छ ।
आचारसंहिता राजनीतिक दल तथा सरोकारवालासँग व्यापक छलफलपछि तयार गरिएको भन्दै आयोगले यसको पूर्ण परिपालनामा जोड दिएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घनमा शून्य सहनशीलता नीति अपनाइने बताएका छन् । उल्लङ्घनको प्रकृति र प्रमाणका आधारमा सचेत गराउनेदेखि जरिवाना वा उम्मेदवारी खारेजसम्मको कानुनी व्यवस्था रहेको उनले उल्लेख गरेका छन् ।
निर्वाचनको समयमा कुनै दल वा उम्मेदवारविरुद्ध निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले सामाजिक सञ्जाल वा अनलाइन माध्यमबाट मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगले चेतावनी दिएको छ ।
Banner
यूएईविरुद्ध नेपालको सनसनीपूर्ण जित
नेपालले आईसीसी पुरुष टी–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा युएईविरुद्ध सनसनीपूर्ण जित निकालेको छ । खेलमा नेकपा एक रनले विजयी भएको हो ।
नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको यूएई १ सय ३९ रनमा रोकियो । अन्तिम ओभरमा जितका लागि यूएईलाई १० रन आवश्यक परेका बेला नेपालका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै टोलीलाई एक रनको जित दिलाएका हुन् ।
Banner
नेपालिरिका होटल : कर्मचारीको जागिर सुरक्षित, तलब र बोनससमेत उपलब्ध हुने
भदौ २४ गतेको घटनाबाट संरचनागत ठूलो क्षति बेहोरेको नेपालिरिका होटलले कर्मचारीलाई कुनै पनि अवस्थामा जागिर गुमाउनु नपर्ने स्पष्ट गरेको छ।
होटल व्यवस्थापनले होटलमा कार्यरत सम्पूर्ण कर्मचारीलाई नियमित तलबसँगै यस वर्षको दशैं बोनससमेत उपलब्ध गराइने जानकारी दिएको छ। साथै, घटनाको दिन आफ्नै ज्यानलाई जोखिममा राखी पाहुनाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सहयोग गर्ने तथा सुरक्षाको जिम्मेवारी पूरा गर्ने कर्मचारीलाई अतिरिक्त पुरस्कृत गरिने निर्णय गरिएको छ।
कम्पनीका अध्यक्ष भोलेश्वर दुलालले संकटका समयमा कर्मचारीहरूले देखाएको साहस, समर्पण र कर्तव्यनिष्ठाप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि कर्मचारीहरूको हित र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिने बताउनुभयो।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login