शिक्षा / स्वास्थ्य
कोरियामा रहेका सुन्दरहरैंचाका युवाबाट २ लाख भन्दा बढी राहत संकलन
विराटचोकः दक्षिण कोरियामा बस्दै आएका सुन्दरहरैंचाका युवाले राहत संकलन गरिरहेका छन् । सुन्दरहरैंचा नगरपालिकामा स्थायी वा अस्थायी बसोबास गर्ने तथा हाल काम गर्ने सिलसिलामा दक्षिण कोरिया पुगेका युवाले कोरोना भाइरस प्रभावितका लागि भन्दै २ लाख १ हजार रुपैयाँ राहत संकलन गरेका छन् ।
‘सामाजिक कार्यका लागि हामी सबैको दायित्व बराबर’ भन्ने नाराका साथ स्थापना भएको सुन्दरहरैंचा नगरपालिका मोरङ समाज दक्षिण कोरियाले सहयोग संकलन गरेको कोरियामा कार्यरत सुन्दरहरैंचा ११ निवासी कमल शमसेर सुब्बाले बताए ।
सुन्दरहरैँचा नगरपालिकामा कसैलाई आपत् पेरमा वा महामारी प्रकोपमा परी कसैलाई खान लाउन समस्या भएमा सहयोग गर्ने उद्देश्यले संस्था खोलिएको सुब्बाको भनाइ छ ।
हाल कोरियामा रहेका ५८ जनाले सो रकम सहयोग गरेका हुन् । सहयोग बापत उठेको रकमले कोरियामा बसेर फर्किएका व्यक्तिहरुले नगरपालिकालाई खाद्यान्न किनेर उपलब्ध गराउने उनको भनाइ छ ।
हाल सुब्बा बस्दै आएको ठाउँ (थेगो पोहाङ) कोरोनाको उद्गम बिन्दुमा पर्दछ । उनी ९० दिनदेखि कोठाभित्र बसेका छन् । कोरिया सरकारले सबै नेपालीलाई बजार ननिस्कन अनुरोध गरेको छ । लकडाउन नगरे पनि विशेष सतर्कता अपनाइएको उनले बताए ।
आवश्यक पर्ने सबै प्रकारका सामग्री अनलाइनबाट किन्न मिल्ने हुनाले सहज भएको र हालसम्म त्यहाँ रहेका कुनै पनि नेपाली संक्रमित नभएको समेत उनले बताए ।
Facebook Comment
Banner
गोवास्थित नाइटक्लब आगलागीमा चारजना नेपालीको मृत्यु
भारत, गोवामा रहेको ‘बिर्च बाई रोमियो लेन’ नामक नाइटक्लबमा आइतबार राति भएको आगलागीमा चार नेपाली नागरिकको मृत्यु भएको छ। घटनामा ज्यान गुमाउनेहरूमा चन्द्रबहादुर पुन, विवेक कटवाल, सबिन र सुदीप रहेको गोवाका अधिकारीहरूले भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्सलाई बताएका छन्।
प्रारम्भिक जानकारीअनुसार, आगलागी ग्यास सिलिन्डर विस्फोटका कारण भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। उक्त क्लवमा कर्मचारी र पर्यटक गरी कुल २५ जनाको ज्यान गएको छ।
पक्राउमा क्लबका प्रमुख महाप्रबन्धक राजीव मोडक, महाप्रबन्धक विवेक सिंह, बार म्यानेजर राजीव सिंघानिया र गेट म्यानेजर रियांशु ठाकुर परेका छन्। साथै क्लबका मालिक र कार्यक्रम आयोजकहरूकै विरुद्ध एफआईआर पनि दर्ता गरिएको छ।
Banner
गोवास्थित नाइटक्लबमा भीषण आगलागी, २३ जनाको मृत्यु
भारतको गोवामा रहेको एक नाइटक्लबमा गएराति भएको भीषण आगलागीमा कम्तीमा २३ जनाको ज्यान गएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ग्यास सिलिन्डर विस्फोटका कारण आगलागी भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
मृतकमध्ये धेरैजसो नाइटक्लबका कर्मचारी रहेका छन् भने केही पर्यटक पनि परेका छन्। आगलागी उत्तरी गोवाको अर्पोरा क्षेत्रमा रहेको क्लबमा भएको बताइएको छ।
गोवाका मुख्यमन्त्री प्रमोद सावन्तका अनुसार मृतकमध्ये धेरैजना क्लबको भान्छामा काम गर्ने कर्मचारी रहेका छन्। घटनापछि स्थानीय प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ।
Banner
श्रीलंकामा बाढी–पहिरोमा १३२ जनाको मृत्यु, १७६ बेपत्ता
आपतकाल घोषणा गर्दै राष्ट्रपति दिशानायकेद्वारा अन्तर्राष्ट्रिय सहयोगको आह्वान
कोलम्बो – ‘दितवा’ नामको शक्तिशाली तूफानसँगै परेको भीषण वर्षाले श्रीलंकामा व्यापक बाढी–पहिरो आएको छ। आपतकालीन निकायका अनुसार कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने १७६ जना अझै बेपत्ता छन्।
यो विपत्तिपछात् राष्ट्रपति अनुरा कुमारा दिशानायकेले देशमा आपतकाल घोषणा गर्दै अन्तर्राष्ट्रिय समुदायसँग तत्काल सहयोगको आग्रह गरेका छन्। श्रीलंकाली सरकारले विदेशमा रहेका नागरिकसँग पनि स्वदेश पैसा पठाउन अनुरोध गरेको छ।
आठ वर्षयताकै सबैभन्दा ठूलो विपत्ति
श्रीलंकामा पछिल्ला आठ वर्षमा आएको सबैभन्दा ठूलो प्राकृतिक विपत्ति यही हो। २०१७ मा आएको बाढी–पहिरोमा २०० जनाको मृत्यु भएको थियो र लाखौँ व्यक्ति विस्थापित भएका थिए।
विपद् व्यवस्थापन विभागका अनुसार यो वर्षको विपत्तिले १५ हजारभन्दा बढी घर नष्ट गरेको छ। ७८ हजारभन्दा बढी नागरिकलाई अस्थायी सरकारी शिविरमा सारिएको छ।
विभागका महानिर्देशक सम्पत कुतोवेगोदाका अनुसार,
“हाम्रोमा १३२ जनाको मृत्यु पुष्टि भएको छ भने १७६ जना बेपत्ता छन्। राहत तथा उद्धारका काममा सेना, वायुसेना र नौसेनाको सहयोग लिइएको छ।”
सडक अवरुद्ध, गाउँ छुट्टिएका
मध्य श्रीलंकास्थित बादुल्ला जिल्लामा सडक सम्पर्क कटिएका कारण राहत सामग्री पुर्याउन कठिनाइ भइरहेको छ।
सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक, मास्पान्ना गाउँका बासिन्दा समन कुमारा भन्छन् –
“हामी गाउँ छोड्न सक्दैनौँ, कोही यहाँ आउन पनि सक्दैन। पहिरोले सडक भत्किँदा खाना र पिउने पानी दुवै समस्या भएको छ।”
विद्युत्, पानी र सञ्चार सेवा ठप्प
अधिकारीका अनुसार श्रीलंकाको एक तिहाइ भूभागमा विद्युत् र पानी आपूर्ति बन्द छ। धेरै पानी शुद्धीकरण केन्द्रहरू डुबानमा परेका छन् भने केही स्थानमा इन्टरनेट सेवा समेत अवरुद्ध छ।
राजधानी कोलम्बोबाट करिब ११५ किलोमिटर पूर्व रहेको क्यान्डी क्षेत्रमा पनि पहिरोका कारण सडक भत्किएको र धेरै स्थानमा पुग्न नसकिने जनाइएको छ।
भारतको पहिलो सहयोग
विपत्तिपछि भारत पहिलो देश बन्यो जसले श्रीलंकामा राहत सामग्री पठायो।
दुईवटा विमानबाट खाद्यान्न र आवश्यक सामग्री पठाइएको छ भने कोलम्बोमा रहेको भारतीय नौसैनिक जहाजले पनि सहयोग पुर्याइरहेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै थप सहयोगको आश्वासन दिएका छन्।
भारततर्फ अघि बढ्दै ‘दितवा’
दितवा तूफान शनिबार श्रीलंका पार गर्दै भारततर्फ अगाडि बढेको छ। यसै कारण भारतको चेन्नई विमानस्थलमा ५४ उडान रद्द गरिएको छ। भारत मौसम विभागले आगामी ४८ घण्टामा तीव्र वर्षा र तीव्र हावाहुरीको चेतावनी जारी गरेको छ।

-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login