विराटचोकः विश्वमा कोरोना संक्रमणको दर बढ्दै जाँदा एकै दिन झण्डै ४ लाख जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणलाई कम गराउँदै लगेका देशमा पनि फेरि संक्रमणको दर बढ्दै जान थालेको छ ।
फ्रान्समा गत २४ घण्टामा ३० हजार ६ सय २१ जना संक्रमित थपिएपछि संक्रमितको संख्या ८ लाख ९ हजार ६ सय ८४ जना पुगेको छ । थप ८८ जनाको मृत्युसँगै त्यहाँ मृत्यु हुनेको संख्या ३३ हजार १ सय २५ जना पुगेको छ । १ लाख ४ हजार ८२ जना निको भएका छन् । ८ लाखभन्दा बढी कोरोना संक्रमित हुने देशको संख्या १० पुगेको छ ।
इजरायलमा कोरोना संक्रमितको संख्या ३ लाख २ सय १ जना पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ७ सय १ जना संक्रमित थपिएका छन् । थप २९ जनाको मृत्युसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार १ सय २७ जना पुगेको छ । २ लाख ५७ हजार २ सय २६ जना संक्रमित निको भएका छन् ।
उता, नेदरल्याण्डमा संक्रमितको संख्या २ लाख नाघेको छ । गत २४ घण्टामा ७ हजार ७ सय ९१ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २ लाख ३ हजार ९ सय ५४ जना पुगेको हो । थप २९ जनाको मृत्युसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ६ सय ९२ जना पुगेको छ ।
सम्बन्धित थप समाचारः
कोलम्बियामा ९ लाख, फ्रान्समा ७ लाख र इराकमा ४ लाख कोरोना संक्रमित
रुसमा १२ लाख, फ्रान्समा ६ लाख र जर्मनीमा ३ लाख कोरोना संक्रमित
इजरायलमा कोरोना संक्रमितको संख्या २ लाख
इजरायलमा कोरोना संक्रमितको संख्या १ लाख, ३० देशमा लाखबढी संक्रमित
नेदरल्याण्डमा कोरोना संक्रमितको संख्या १ लाख, ३८ देशमा १ लाख भन्दा बढी संक्रमित
You must be logged in to post a comment Login