स्थानीय तह
सुन्दरहरैंचाका यी नमूना काम र सेवा (नगर स्थापना दिवस विशेष १०)
विराटचोकः साबिकका ५ वटा गाविस मिलाएर सुन्दरहरैंचा नगरपालिकाको घोषणा नेपाल सरकारले ४ वर्ष अघि २०७३ साल फागुन २७ गते गरेको हो । त्यसअघि सुन्दरपुर र दुलारी गाविस मिलाएर बनेको सुन्दरदुलारी तथा मृगौलिया, हरैंचा र इन्द्रपुर मिलाएर बनेको कोशीहरैंचाबीच एकीकरण भएर बनेको सुन्दरहरैंचामा केही काम नमूनायोग्य छन् ।
घरदेखि घाटसम्म
नगरपालिकाले घरदेखि घाटसम्म सेवा अन्तर्गत एउटा शववाहन सञ्चालनमा ल्याएको छ । नगरभित्र कसैको देहावसान हुँदा शवलाई मृतकको घरदेखि घाटसम्म निःशुल्क पुर्याउनका लागि सो वाहनको व्यवस्था गरिएको हो । हालसम्म सुन्दरहरैंचा र अन्य छिमेकी पालिकाका सहित लगभग १ हजार २ सय घरमा सो सेवा दिइएको नगरपालिकाले जनाएको छ । नगरपालिका स्रोतका अनुसार मोरङका स्थानीय तहमा सबैभन्दा शुरुमा सुन्दरहरैंचाले यो सेवा दिएको हो ।
वाकिङ स्ट्रिट
सुन्दरहरैंचा नगरपालिकाले वडा नम्बर १२ मा विराटचोक– विराटनगर सडक खण्डको दुवैतर्फ वाकिङ स्ट्रीट बनाएको छ । साँझ र बिहान प्रात भ्रमण तथा सन्ध्या भ्रमणमा निस्कने तथा दिउँसो पैदलयात्रीको सहजताको लागि सो स्ट्रिट बनाइएको हो ।
सो स्ट्रिट निर्माणको योजना दूरदर्शी र फरक किसिमको भए पनि त्यसको सही व्यवस्थापन र रेखदेख नहुँदा भने सडकको सौन्दर्य नै बिग्रिएको देखिन्छ । यस विषयमा जिज्ञासा राख्दा मेयर शिवप्रसाद ढकाल विराटचोक–घिनाघाट–विराटनगर सडकको काम सकिनासाथ वाकिङ स्ट्रिट बनाइसकेर त्यसको प्रयोग गर्ने बताउँछन् ।
पुस्तकालयसहितको सार्वजनिक शौचालय
नगरपालिकाभित्र एकै डिजाइनका ८ वटा अत्याधुनिक सार्वजनिक शौचालय बनाउने गरी काम भइरहेको छ । व्यवसायी भोलेश्वर दुलालको अग्रसरतामा शौचालय निर्माण शुरु भएर विराटचोक र सलकपुरमा सञ्चालनमा आइसकेका छन् । हालै मुख्यमन्त्री शेरधन राईले ती शौचालयको उद्घाटन गरे ।
ती शौचालय भवनको तल्लो तलामा आधुनिक प्रविधिका शौचालयका साथै स्मोकिङ जोन, सैलुन, विश्राम कक्ष लगायत रहेका छन् । दोस्रो तलामा अत्याधुनिक पुस्तकालय रहेको छ भने कार्यक्रम गर्नको लागि सेमीनार हलको व्यवस्था गरिएको छ । तेस्रो तलामा शौचालय सफाइ गर्ने श्रमिकको आवास रहेको छ ।
हरैंचा र खोर्सानेमा निर्माणाधीन अवस्थामा रहेका यस्ता शौचालय निर्माणको अन्तिम चरणमा रहेका छन् । मृगौलिया, गोठगाउँ, गछिया, दुलारी र बलियामा भने जग्गाको व्यवस्थापन हुन नसक्दा यस्ता शौचालय बन्न सकेका छैनन् ।
सम्बन्धित थप समाचारहरुः
स्थानीय मिडियालाई प्रवर्द्धन गर्ने दिशामा सुन्दरहरैंचाको प्रयास (नगर स्थापना दिवस विशेष ९)
मुख्य बजारमा शक्तिशाली तथा नाइट भिजन क्यामेरा राख्ने सुन्दरहरैंचाको तयारी (नगर स्थापना दिवस विशेष ७)
स्वास्थ्यको क्षेत्रमा यसरी अघि बढ्दैछ सुन्दरहरैंचा नगरपालिका (नगर स्थापना दिवस विशेष ५)
नगर गौरवका योजनाअन्तर्गत पर्यटकीय क्षेत्रमा काम गर्दै सुन्दरहरैंचा (नगर स्थापना दिवस विशेष २)
फलफूल र बीउबिजनमा नगरलाई आत्मनिर्भर बनाउँदै सुन्दरहरैंचा (नगर स्थापना दिवस विशेष १)
Banner
नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह
शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















Pingback: मजदुरका लागि आवासीय तालीम केन्द्र निर्माणसहित यी हुन् सुन्दरहरैंचाका आगामी योजना - निष्पक्षखब