Connect with us
Advertisement

मुख्य दुवै पद कांग्रेसले जितेको पाँचथर सदरमुकाम फिदिममा यस्तो थियो गत स्थानीय तहको निर्वाचनको परिणाम

Published

on

विराटचोकः जिल्लाको एक्लो नगरपालिका तथा पाँचथरको सदरमुकाम फिदिममा गत स्थानीय तह निर्वाचनमा मुख्य दुवै पदमा नेपाली कांग्रेसले जीत निकालेको थियो । मुख्य प्रतिष्पर्धामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र देखिए पनि अन्य दलका उम्मेद्वारले भने ज्यादै कम मत ल्याएका थिए ।

यस्तो थियो गत स्थानीय तह निर्वाचनमा फिदिमको निर्वाचनको अन्तिम मत परिणामः

नगर प्रमुख पदमा
नेपाली कांग्रेसका ओनाहाङ नेम्बाङ ६९०६,
नेकपा एमालेका राजकुमार भण्डारी ५४९९
नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपाने ३८८३
राष्ट्रिय प्रजातन्त्र पार्टीकी देवी शिवाकोटी ७१०,
संघीय समाजवादी फोरमका विष्णुकुमार लावती २६४
राष्ट्रिय जनमुक्ति पार्टीका मकरसिंह तुम्बापो ११८
मधेसी जनअधिकार फोरमका नरेन्द्र भट्टराई १५

नगर उपप्रमुखतर्फ
नेपाली कांग्रेसकी उर्मिला प्रधान ६५१८
नेकपा एमालेकी मुना नेम्बाङ ५८५०
नेकपा माओवादी केन्द्रकी रमुना लकान्द्री नेम्बाङ ३५३६
राष्ट्रिय प्रजातन्त्र पार्टीका टीकाहाङ जबेगू १०१३
संघीय समाजवादी फोरमकी भावना सुब्बा २६०
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी तुलसी लोवा १३७
नेपाल कम्युनिष्ट पार्टी मालेका प्रियप्रकाश रिमाल ७८

सम्बन्धित समाचारहरुः

वडा नम्बर १ को अध्यक्षमा स्वतन्त्र उम्मेद्वार विजयी भएको कुम्मायकमा यस्तो थियो गत स्थानीय निर्वाचनको नतिजा

अध्यक्षमा १० जना उम्मेद्वार रहेको फालेलुङमा पुरुषको मात्रै थियो उम्मेद्वारी

६ जना पुरुष अध्यक्ष पदमा र ६ जना महिला उपाध्यक्ष पदमा उम्मेद्वार रहेको फाल्गुनन्दमा यस्तो थियो ०७४ मा चुनावी नतिजा

माओवादी केन्द्रले अध्यक्ष र एमालेले उपाध्यक्ष पद जितेको मिक्लाजुङमा यस्तो थियो ०७४ मा अन्तिम चुनावी नतिजा

२ दलको मात्रै प्रभाव राम्रो देखिएको पाँचथरको याङ्वरकमा यस्तो थियो गत स्थानी तह निर्वाचनको परिणाम

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक