Connect with us
Advertisement

गत स्थानीय तह निर्वाचनमा ताप्लेजुङमा यस्तो थियो मत परिणाम

Published

on

विराटचोकः निर्वाचन आयोगले आगामी बैशाख ३० गतेका लागि स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको छ । योसँगै विभिन्न दलहरु चुनावी रणनीति बनाउन लागि परेका छन् । यसै क्रममा हामीले गत स्थानीय तह निर्वाचनमा ताप्लेजुङमा मुख्य पदमा कस्तो प्रतिष्पर्धा थियो भनेर मत परिणाम देखाउन खोजेका छौँ ।

देशकै तेस्रो ठूलो फत्ताङलुङ गाउँपालिकासहित ८ वटा गाउँपालिका र एउटा नगरपालिका रहेको हिमाली जिल्ला ताप्लेजुङमा गत स्थानीय तह निर्वाचनमा यस्तो थियो चुनावी नतिजाः

आठराई त्रिवेणी गाउँपालिका
अध्यक्ष पदमा
नेपाली कांग्रेसका विश्वनाथ सिटौला २२२७
नेकपा एमालेका लक्ष्मीबहादुर याक्सो २२१४
नेकपा माओवादी केन्द्रका बालचन्द्र आङ्बुहाङ ५६०

उपाध्यक्ष पदमा
नेकपा एमालेकी मञ्जु पौड्याल भट्टराई २१८१
नेपाली कांग्रेसकी ममता सुब्बा आङ्बुहाङ २०३४
नेकपा माओवादी केन्द्रकी मनुकुमारी मादेन लिम्बू ५९०

फत्ताङलुङ गाउँपालिका

अध्यक्ष पदमा
नेकपा एमालेका सरोज लिम्बू १९९८
नेपाली कांग्रेसका मनिप्रसाद लिम्बू १६६५
नेकपा माओवादी केन्द्रका लक्ष्मीप्रसाद लिम्बू ८२८
उपाध्यक्ष पदमा
नेकपा एमालेकी फूलमाया लिम्बू १८८८
नेकपा माओवादी केन्द्रकी तारादेवी लिम्बू ८३३
राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन लिम्बू ६३३

फुङलिङ नगरपालिका
नगर प्रमुखमा
नेकपा एमालेका छत्रपति प्याकुरेल ३८९५
नेपाली कांग्रेसका केशवप्रसाद दाहाल ३६०६
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कीर्तिमान मादेन ७८८

नगर उपप्रमुखमा
नेकपा माओवादी केन्द्रका बमबहादुर भट्टराई ३१२९
विमला सेनेहाङ २९१५
राष्ट्रिय प्रजातन्त्र पार्टीका अमिर मादेन १३७५

मिक्वा खोला गाउँपालिका
अध्यक्षमा
नेकपा एमालेका रामकुमार साँवा १४८४
नेपाली कांग्रेसका भक्तबहादुर कार्की १४५९
नेकपा माओवादी केन्द्रका उदीत प्रेरी मदेनसङ २३१
उपाध्यक्ष पदमा
नेपाली कांग्रेसकी रुद्रकुमारी साँवा प्रङ्देन १४८९
नेकपा एमालेकी मीनाकुमारी केदेम १३८२,
नेकपा माओवादी केन्द्रकी चन्द्रकला गुरुङ २८०

मेरिङ्देन गाउँपालिका
अध्यक्ष पदमा
नेपाली कांग्रेसका गणेशबहादुर लिम्बू २३००
नेकपा एमालेका मंगलसिंह केदेम २१८५
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुपा चोङवाङ ७१
उपाध्यक्षतर्फ
नेकपा एमालेकी कल्पना तुम्बाहाम्फे २३३४
नेकपा माओवादी केन्द्रका भीमकुमार केदेम १०८१
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका करण लिम्बू ७८

मैवाखोला गाउँपालिका
अध्यक्ष पदमा
एमालेका उम्मेद्वार राजनकुमार थक्लुङ १८१८
नेपाली कांग्रेसका डम्बरबहादुर लिम्बू चोङवाङ १२१९
नेकपा माओवादी केन्द्रका नवीन वनेम ८६९,
उपाध्यक्ष पदमा
नेकपा एमालेकी कौशिला थक्लुङ लिम्बू १९५१
नेपाली कांग्रेसकी सुजता लिम्बू १०८४
नेकपा माओवादी केन्द्रकी सुस्मिता वनेम ८५८

याङ्वरक गाउँपालिका

अध्यक्ष पदमा
नेकपा एमालेका केशरकुमार सुब्बा २५१७
नेपाली कांग्रेसका रामबहादुर लिम्बू २१८१
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी मेलिना मादेन २२१

उपाध्यक्ष पदमा
नेकपा एमालेकी रनमाया गुरुङ २४७४
नेकपा माओवादी केन्द्रका नेत्रप्रसाद न्यौपाने १५४७
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका खड्गबहादुर साम्सोहाङ २६०

सिदिङ्वा गाउँपालिका
अध्यक्ष पदमा
नेपाली कांग्रेसका नरबहादुर कडरिया २५३७
नेकपा एमालेका मानबहादुर राई २२९३

उपाध्यक्ष पदमा
नेकपा माओवादी केन्द्रका जीवनकुमार ताम्लिङ २०३४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका देउबहादुर लिम्बू खुदाङ १९९२
नयाँ शक्ति पार्टीका कमलप्रसाद निरौला ४४

सिरिजङ्घा गाउँपालिका

अध्यक्ष पदमा
नेपाली कांग्रेसका टीकाराम गुरुङ २३७८
नेकपा एमालेका अनन्तबहादुर साँवा २१४७
नेकपा माओवादी केन्द्रका तेजशमशेर भट्टराई १८७८

उपाध्यक्ष पदमा
नेपाली कांग्रेसकी ज्ञानमाया चौहान २१३६
नेकपा एमालेकी लीलामाया दाहाल १८३०
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भुपेन्द्र मावो लिम्बू १५४९

सम्बन्धित समाचारहरुः

०७४ को स्थानीय तह निर्वाचनमा यस्तो थियो आठराई त्रिवेणी गाउँपालिकाको मतपरिणाम

देशकै तेस्रो ठूलो फक्ताङलुङ गाउँपालिकामा यस्तो थियो २०७४ सालको स्थानीय तहको मत परिणाम

जिल्लाको एक्लो नगरपालिका फुङलिङमा यस्तो थियो ०७४ सालको स्थानीय तह निर्वाचनको परिणाम

मेरिङ्देन गाउँपालिकामा २०७४ सालमा स्थानीय तह निर्वाचनमा यस्तो थियो उम्मेद्वारी र मतपरिणाम

अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिलामात्रै उम्मेद्वार रहेको मिक्वाखोलामा यस्तो थियो गत स्थानीय तहको निर्वाचनको मत परिणाम

अध्यक्षमा ५ जना प्रतिष्पर्धी रहेको मैवाखोला गाउँपालिकामा यस्तो थियो ०७४ सालको स्थानीय तह निर्वाचनको परिणाम

अध्यक्ष र उपाध्यक्षमा पुरुषमात्रै उम्मेद्वार खडा थिए ०७४ सालमा सिदिङ्वा गाउँपालिकामा

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेस महामन्त्रीमा डा. सुनील शर्माको उम्मेदवारी घोषणा

Published

on

नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा सुनीलकुमार शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको १५ औँ महाधिवेशन आइतबारदेखि शुरू हुँदै गर्दा शनिबार पार्टी मुख्यालयम सानेपामा पत्रकार सम्मेलन गर्दै डा शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले भने, ‘मैले महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु। मेरा अग्रजहरू, मेरा साथीहरू, मुलुकभित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईंहरूले साथ दिनु हुनेछ। हामीसँगै हातमा हात मिलाएर नेपाली कांग्रेसलाई जनतासँग जोड्ने अभियान र कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’

शर्माले कांग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेकोसमेत बताएका छन् ।

शर्माको राजनीतिक यात्रा भने लामो छ । २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिक यात्रा शुरू गरेका उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय छन्। स्पष्ट रूपमा आफ्ना धारणा राख्ने, सार्वजनिक सरोकारका विषयमा बोल्ने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा उनको परिचय बनेको छ।

स्वास्थ्य र शिक्षाको क्षेत्रमा उनको सक्रियता बढी चर्चित भए पनि शर्माको सार्वजनिक भूमिकाको दायरा त्यतिमै सीमित छैन। सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकका पक्षमा काम, संगठनमा कार्यकर्तासँगको सम्बन्ध र सार्वजनिक विषयमा स्पष्ट धारणा राख्ने शैली उनका राजनीतिक पहिचानका अन्य पाटा हुन्।

पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनको सामाजिक सक्रियता थप फराकिलो बनाउने प्रयास अघि बढेको छ।

फाउन्डेसनको नेतृत्व सम्हालेसँगै शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा जोडिएको उनको यो पहललाई समर्थकहरूले राजनीतिलाई जनजीवनसँग जोड्ने अभ्यासका रूपमा व्याख्या गर्दै आएका छन्।

महामन्त्री कांग्रेसको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँग प्रत्यक्ष समन्वय गर्ने महत्वपूर्ण पद हो। त्यसैले १५औँ महाधिवेशनमा यो पदका आकांक्षीबीचको बहस व्यक्ति केन्द्रित मात्र छैन। पार्टीलाई कुन दिशामा लैजाने, संगठनलाई कसरी चलाउने र जनतासँगको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषय पनि महामन्त्रीको प्रतिस्पर्धासँग जोडिएको छ।

Continue Reading

Banner

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

Published

on

नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ ।

असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ ।

महाधिवेशनको बन्दसत्र र बाँकी कार्यक्रमहरू असोज १९ र २० गते हुनेछ भने निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गतेका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।

निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने छन् ।

महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ। प्रतिनिधिहरूले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।

Continue Reading

Banner

सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित

Published

on

सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै ८२ दशमलव २८ प्रतिशत मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

शर्माले प्राप्त गरेको मतले कांग्रेसको १५औँ महाधिवेशनमा उनको राजनीतिक सक्रियता र नेतृत्वसम्बन्धी चासोलाई थप बलियो बनाएको छ। वडा अधिवेशनबाटै उनको महाधिवेशन यात्रा सर्वसम्मत रूपमा अघि बढेको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत भएका थिए।

यसअघि नै डा. शर्मा कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा हुँदै आएको छ। पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्। स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा पछिल्लो समय पार्टीभित्र नेतृत्वको भूमिकामा पनि चर्चामा छन्।

शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी अहिले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका हुन्। वडा तहबाट सर्वसम्मत रूपमा सुरु भएको उनको महाधिवेशन यात्रा अब केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको छ।

१५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षीका रूपमा शर्माको नाम चर्चामा रहेका बेला मोरङ–३ बाट प्राप्त ६५० मतले उनको राजनीतिक यात्राप्रति थप चासो बढाएको छ। नेता र कार्यकर्ताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा जनतासँग जोडिएर राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने शर्मा आफूलाई जनतासँग निरन्तर जोडिने नेताका रूपमा स्थापित गर्दै आएका छन्। राजनीति जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र जनताका समस्या तथा आवश्यकतासँग नजिक रहेर काम गर्नुपर्ने उनको धारणा छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक