पर्यटन
पोखरीको गाउँपालिका कानेपोखरी (विश्व पर्यटन दिवस विशेष ९)
कानेपोखरीः ऐतिहासिक महत्व बोकेको पोखरीको नामबाट गाउँपालिकाको नाम रहेको कानेपोखरी साबिकका होक्लाबारी, केरौन र बयरवन गाविस मिलेर बनेको छ ।
कानेपोखरी, भलुवा सिमसार र कालीकोशी गरी नगरमा ३ वटा मुख्य सिमसार रहेका छन् । पूर्वपश्चिम राजमार्गको कानेपोखरी चोकदेखि ४ सय मिटर दक्षिणमा कानेपोखरी– रंगेली सडकमै रहेको लगभग तीन बिघा जग्गामा रहेको पोखरीको नाम नै कानेपोखरी हो ।
पहिले पोखरीको आकार ठूलो रहेको भए पनि अहिले भने सो पोखरी पुरिँदै गएको छ । लेटाङको राजारानीमा लाग्ने ढङढङे मेला भर्न जाँदा पोखरीको ठुलो रुखको मुनि बसेर एक जना बुढी आमाले कानमा लगाउने सुन भाडामा दिने गर्थिन् रे । फर्किँदा त्यो सुन त्यहीँ बुझाएर घर आउनुपथ्र्याे रे । सोही घटनाको सम्झनामा पोखरीको नाम कानेपोखरी राखिएको बताइन्छ ।
![]()
भलुवा सिमसार: कानेपोखरी गाउँपालिकामा रहेको अर्काे सिमसार भलुवा सिमसार हो । पूर्व–पश्चिम राजमार्गको कानेपोखरी चोकदेखि करिब तीन किलोमिटर दक्षिण पूर्वमा ‘भलुवा सिमसार’ रहेको छ । ग्राभेल बाटो भएकाले यहाँ पुग्नलाई असहज छैन । कानेपोखरी–७, शुक्रबारेमा अवस्थित भलुवा सिमसार जैविक विविधताले भरिपूर्ण छ ।
वि.सं. २०२२ सालमा सिँचाइको लागि साविक बयरबनका स्थानीयले बाँध बाँधेपछि सो सिमसार क्षेत्रको निर्माण भएको थियो ।
कालीकोशी सिमसारः मोरङको कानेपोखरी गाउँपालिकाको वडा नं. ५ मा रहेको ‘कालीकोशी सिमसार’ क्षेत्र पनि क्रमश ओझेलमा पर्दै गएको छ । सिमसार क्षेत्रलाई व्यवस्थित गर्ने र प्रचारप्रसार गर्ने उद्देश्यले महापुराण पनि लगाइएको थियो । पूर्वपश्चिम राजमार्गको कानेपोखरी चोकदेखि ४ किलोमिटर दक्षिण घलेटोलबाट पश्चिम लागेपछि कालीकोशी पुगिन्छ ।
कालीकोशी खोलाको पूर्व र पश्चिममा २ वटा मुहान छन् । दुइ मुहानको बीचमा लगभग ३ बिघाको फराकिले टापु छ । खोलाको दुइ मुहान मध्ये पूर्वी तर्फको मुहानमा सातकन्या देवीमाईको थान रहेको रहेको छ । सोहि शिरको देवी थानमा स्थानीय स्तरको धार्मिक पर्यटकीय स्थल तथा सिमसार जलधारकोे विकास गर्नुका साथै प्रचार–प्रसार गर्ने उद्देश्यले हरेक वर्ष पुस मसान्तको दिन र माघे संक्रान्तिमा मेला लाग्ने गर्छ ।
देवीमाई थानमा कसैले भाकल गरेर केही मागेमा इच्छा पूरा हुने स्थानीय बताउँछन् ।
याे पनि पढ्नुहाेला
बेलबारी नगरः सिमसारै सिमसार (विश्व पर्यटन दिवस विशेष ६)
उर्लाबारीको शानः बेतिनी सिमसार (विश्व पर्यटन दिवस विशेष ७ )
पर्यटकीय क्षेत्रको खानी रहेको केराबारी गाउँपालिका (विश्व पर्यटन दिवस विशेषः ५)
विवादको भुमरीमा परेको बाघझोडा सिमसार (विश्व पर्यटन दिवस विशेष ४)
सम्भावना रहे पनि पर्यटक तान्न नसकेको सुन्दरहरैंचाको कालीखोला पोखरी (विश्व पर्यटन दिवस विशेषः ३)
महाभारतकालीन महत्व बोकेको किच्चकगढी ओझेलमा (विश्व पर्यटन दिवस विशेषः २)
Facebook Comment
Banner
भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते
उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।
Banner
सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने
झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।
गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।
Banner
एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने
नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।
मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।
बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login