Connect with us
Advertisement

शिक्षा निकेतन माविको ३३ औँ वार्षिकोत्सव सम्पन्न २ विद्यालय समायोजनका विषयमा मन्त्री कार्कीद्वारा प्रशंसा

Published

on

विराटचोकः ‘शिक्षा निकेतनको लक्ष्य, गुणस्तरीय शिक्षासहित सम्पूर्ण विद्यार्थी वर्गको उज्ज्वल भविष्य’ भन्ने नाराका साथ शिक्षा निकेतन माध्यमिक विद्यालय सलकपुरले आफ्नो ३३ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस सम्पन्न गरेको छ ।

बुधबार विद्यालयको प्राङ्गणमा विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की लगायतका अतिथिले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए । यस्तै बुधबार नै अभिभावक दिवसको अवसरमा प्रकाशित मुखपत्र २०६६ को विमोचन समेत गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले देशको परिवर्तनसँगै सम्रग विकास र समृद्धिप्रति चासो व्यक्त गरेका थिए ।

उनले सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था, सामुदायिक सुरक्षा निकाय, सामुदायिक विभिन्न संस्थाहरू जबसम्म बलियो हँुदैनन् तबसम्म विकासको कुनै परिकल्पना गर्न नसकिने धारणा व्यक्त गरे । अहिलेसम्मको अभ्यास उल्टो दिशातर्फ लागेको बताउँदै सुल्टो बाटोतर्फ हिँडाउने कोशिस गरिरहेको उनले बताए । मन्त्री कार्कीले मूलभूत विकास भनेको जनशक्तिको उत्पादन हुने बताए ।

यसका लागि राज्यसँगै स्थानीय विद्यालय लागि पर्नुपर्ने धारणा उनले व्यक्त गरेका थिए । मन्त्री कार्कीले शिक्षा निकेतन र सूर्योदय आधारभूत विद्यालय समायोजन हुनुले प्रदेशकै नमुना काम भएको बताउँदै प्रशंसा गरेका थिए । मन्त्री कार्कीले विद्यालयलाई आवश्यक रहेको भवन बनाउन प्रदेश सरकारको साथ र सहयोग हुने समेत उल्लेख गरे ।

सो कार्यक्रममा प्रदेशसभा सदस्य राजकुमार ओझा, लोकप्रसाद सङ्ग्रौला, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपाने, समाजसेवी कृष्णप्रसाद भट्टराई, उद्धव रिजाल, कृष्ण लामिछानेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वडाध्यक्ष न्यौपानेले मन्तव्य व्यक्त गर्दै विद्यालयलाई शिक्षाको क्षेत्रमा उचाइमा पु¥याउन नगरपालिकाको तर्फबाट आवश्यकता अनुसार सहयोग गर्ने बताए ।

२०४४ सालमा सेउलाको छाप्रोबाट शुरु भएको सो विद्यालय आधुनिक भवन निर्माण, पुस्तकालय, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, अहिलेको परिवेशमा सीसी क्यामेराबाट विद्यार्थी तथा विद्यालयको गतिविधि नियाल्दै प्रविधिमैत्री शिक्षामा यस विद्यालयले जोड दिएको प्रधानाध्यापक ठाकुरप्रसाद सुवेदीले बताएका छन् ।

वार्षिकोत्सवको अवसरमा गरीब तथा जेहेनदार बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको थियो । बज्रमोहन आचार्य स्मृतिबाट ५ जना, कुमार राई स्मृतिबाट ४ जना, कृष्णप्रसाद पोखरेल स्मृतिबाट ३ जना र चुडामणि ढकाल स्मृतिबाट २ जना विद्यार्थीलाई छात्रवृत्ति दिइएको थियो । यस्तै माछापुच्छ«े बैंक विराटचोक शाखाले पनि ५ जना जेहेनदार तथा गरीब विद्यार्थीलाई पुरस्कार र नगद प्रदान गरेको थियो । मङ्गलबार सञ्चालित आनन्दप्रसाद रिजाल स्मृति हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।

सो हाजिरीजवाफ प्रतियोगितामा ११ विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा सुकुना माध्यमिक विद्यालय प्रथम भएको छ । यसैगरी, साजीलाल मावि दोस्रो, पञ्चायत मावि तेस्रो र महेन्द्र मावि चौथो भएका थिए । हाजिरीजवाफमा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान ल्याउने विद्यालय तथा सहभागी विद्यालयलाई नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।

 

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष रिजालले समाजको नेतृत्व वर्ग राजनीतिकर्मी, शिक्षाप्रेमलगायतको सहयोगले विद्यालय आजको अवस्थामा आएको बताए ।

वर्तमान जनप्रतिनिधिहरूको सक्रियता, लगनशीलता र दूरदर्शिताले शिक्षामा आमूल परिवर्तन ल्याउन सहयोग पुगेको समेत बताए । अध्यक्ष रिजालले विद्यालयका उल्लेख्य कार्यहरू समेत अवगत गराएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक घनश्याम ढकालले गरेका थिए ।

यो पनि पढ्नुहाेस्

सुन्दरहरैंचाका २ विद्यालयको समायोजन गर्ने नगरकार्यपालिकाको बैठकको निर्णय

सुन्दरहरैंचामा शिक्षा क्षेत्रको अवस्था भयावह : एउटा कक्षामा १ जना विद्यार्थी

एउटा कक्षामा २ विद्यार्थीका भरमा पढाइ हुँदैछ सुन्दरहरैंचामा

 

मन्त्री कार्कीले यसरी गरे समायोजन हुने विद्यालयको प्रशंसा भिडियो

 

Continue Reading

Facebook Comment

1 Comment

Banner

विद्यार्थीको रोजाइ विदेश मात्रै !

Published

on

व्यावहारिक रूपमा शिक्षा मूलतः व्यक्तिले भावी जीवनमा पाउन सक्ने वा गर्ने अपेक्षाबाट निर्देशित हुन्छ । भविष्यमा राम्रो रोजगारी पाइएला, स्वरोजगार बन्न सकिएला, जीविकोपार्जन थप सहज बन्ला, भौतिक सुख, सुविधा पाइएला जस्ता अपेक्षाबाट उच्च शिक्षा निर्देशित हुन्छ । यो अवधारणा सबैको हकमा लागु नहोला तर अधिकमा लागु हुन्छ ।

विद्यालय शिक्षा पूरा गरेका सबै जना उच्च शिक्षामा भर्ना हुन्छन् भन्ने जुन मान्यता बोकेका छौँ, यो सही छैन । अहिले उच्च शिक्षामा भर्ना भएका मध्ये कति चाहनाले र कति बाध्यताले मात्र भर्ना भएका छन्, यकिन नगरिकन भर्ना भएका सबै जना चाहनाले मात्र भर्ना भएका हुन् भन्नु वास्तविकतालाई नबुझ्नु हो । भर्ना भई अध्ययन गर्ने समूह विदेश जान थालेपछि सर्वत्र चर्चा, चिन्ता र चासो व्यक्त हुन थालेको छ, जुन स्वाभाविकै छ ।

समस्या र कारण 

कक्षा १२ अर्थात् विद्यालय शिक्षासम्म पढ्न सबैले आवश्यक ठान्न सक्छन् किनकि यो पूरा नगरीकन कामको संसारमा प्रवेश गर्ने ढोका खुल्दैन । विद्यालय तह पूरा गरेपछि अधिकांश व्यक्तिको चाहना काम गर्ने, रोजगारीमा प्रवेश गर्ने हुन सक्छ । यस समूहका लागि काम अर्थात् आयआर्जन पहिलो र भर्ना एवं पढाइ दोस्रो हुन पुग्छ ।

विद्यालय शिक्षाको तह पूरा गरी विदेश जान चाहनेहरूका अगाडि तीन वटा चाहना वा बाध्यताले काम गरेको हुन सक्छ । पहिलो, बाध्यताले बिदेसिनु पर्नेहरू । उनीहरूसँग यसभन्दा अर्को विकल्प नहुनु सक्छ । दोस्रो, मध्यम वर्गका, जसलाई अझ माथि उक्लने चाहना छ । उनीहरू पढाइ र कमाइसँगै बढाउनका लागि बिदेसिने सोच बनाएका हुन सक्छन् । तेस्रो, आफ्नै चाहनाका कारण बिदेसिएकाहरू । उनीहरूलाई विदेश जानु पर्ने बाध्यता त छैन तर समाजमा हैसियत बढाउने वा अझ प्रतिस्पर्धी बन्नका लागि पनि उनीहरूले विदेशी शैक्षिक संस्था खोजेका हुन सक्छन् ।

यसरी अध्ययनका लागि भनेर बिदेसिएकाहरूको अध्ययन प्रवृत्ति हेर्दा उनीहरूलाई तीन स्वभावमा वर्गीकरण गर्न सकिन्छ । पहिलोमा सानो सङ्ख्याका विद्यार्थीहरूले स्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थामा भर्ना भई अध्ययनरत भएका हुन सक्छन् । यीमध्ये कतिले आफ्नै क्षमतामा शुल्क तिरेका होलान् भने कतिलाई छात्रवृत्ति प्राप्त भएको पनि हुन सक्छ । यस्ता विद्यार्थीको सङ्ख्या सानो हुन सक्छ ।

दोस्रो समूहका विद्यार्थीले काम र अध्ययनलाई सँगसँगै लगेका हुन सक्छन् । यस समूहमा पर्नेहरूको रोजाइ विदेशको उत्कृष्ट शिक्षण संस्थाभन्दा पनि औसत स्तरका शिक्षण संस्था हुन्छन्, जसमा पाठ्यवस्तु र समयमा पनि लचकता पाइयोस् । तेस्रो समूहका विद्यार्थीहरूको चाहना काम गर्ने र आयआर्जन गर्ने हो । यस समूहका विद्यार्थीमा अध्ययनको भन्दा पनि काम र आयआर्जनको चिन्ता बढी हुनु स्वाभाविक नै हो ।

समाधान के त ?

समस्या त सबैले उल्लेख गरेकै छन् । यस्ता समस्या के कति तथ्य र प्रमाणका आधारमा पहिचान गरिएका छन् वा के कति आफूलाई लागेकै आधारमा उल्लेख गरिएका छन् भन्ने निरूपणका लागि थप अध्ययन चाहिन्छ तर जे होस् समस्याहरू छरपस्ट छन् । मूल प्रश्न अब के गर्ने भन्ने हो ? एकले अर्कोलाई दोष देखाउनेभन्दा पनि अब कसरी जाने भन्ने तय गर्न ढिला भइसकेको छ । अबका दिनमा कुन उपाय अवलम्बन गर्ने हो ? के कस्ता कार्यहरू कार्यान्वयन गर्ने हो ?

नेपालमा अहिले धेरैले उच्च शिक्षाको गुणस्तर खस्किएर विद्यार्थी बाहिर गए भनेका छन् । के वास्तविकता यही हो त ? यहाँको पढाइ स्तरीय नभएर मात्र विद्यार्थीहरू बाहिर जान लालायित भएका होलान त ? मुलुकको उच्च शिक्षामा सुधार चाहिन्छ, यसलाई स्तरीय बनाउनु पर्छ भन्ने शायदै दुई मत होला । समग्र उच्च शिक्षाको गभर्नेन्स प्रभावकारी बनाउनु पर्छ नै । के यसले मात्र कामको खोजीमा र काम एवं अध्ययनको खोजीमा गएकालाई मुलुकभित्र राखी राख्न सकिएला त ?

जसलाई रोजगारीको चिन्ता छ, आय आर्जनको चिन्ता छ, घरपरिवारको चिन्ता छ, आफ्ना बालबालिकाको भविष्यको चिन्ता छ, उनीहरूको प्राथमिकतामा काम अर्थात् रोगजारी र आय आर्जन पर्छ नै । यस्ता समूहका विद्यार्थीको पढाइ त दोस्रो प्राथमिकतामा पर्छ । यिनलाई मुलुकभित्रै राख्ने हो भने यहाँ नै रोजगारी सिर्जना गर्नु पर्छ । मुलुकभित्र केही हुन्छ भन्ने आशा जगाउनु पर्छ । मुलुकभित्र पनि केही हुन्छ, केही गर्न सकिन्छ भन्ने भाष्य निर्माण गर्न सक्नु पर्छ ।

जब मुलुक भित्रै यस्तो अनुकूल वातावरण सिर्जना गरिन्छ, बाध्यताले बिदेसिएका वा विदेश जाने चाहनामा रहेकाहरू मुलुक भित्रै रहनका लागि सकारात्मक बन्न सक्छन् । जो चाहनाले मात्र बिदेसिएका छन्, उनीहरूलाई यसले खासै प्रभाव नपार्न सक्छ, जुन उच्चवर्ग र माथिल्लो मध्यमवर्गका घरपरिवारका व्यक्तिहरू हुन् । उनीहरूलाई मुलुकभित्रको सुधारले केही असर त गर्न सक्छ तर सारभूत रूपमा खासै फरक नपार्न सक्छ तर माथि उल्लेख गरिएका पहिलो र दोस्रो समूहका लागि भने यसले उल्लेख्य मात्रामा असर गर्न सक्छ ।

हामीले मनन गर्नुपर्ने अर्को विषय भनेको विद्यालय शिक्षाको तह पूरा गरेका सबै उच्च शिक्षाका लागि होइनन् । यस तह पूरा गर्नेहरूको अगाडि कामको संसार र उच्च शिक्षा गरी दुई मार्ग हुन्छन् नै । कामको संसारमा प्रवेश गर्नेहरूका लागि कामको अवसर सिर्जना गर्ने, एडभान्स डिप्लोमा तहका कार्यव्रmम सञ्चालन गर्ने, उच्च शिक्षाका संस्थाहरूले काम गर्दै अध्ययन गर्न पाउने खालका शैक्षिक कार्यव्रmम सञ्चालन गर्नु पर्छ ।

उच्च शिक्षा प्रणालीलाई सबल बनाउन विद्यार्थी भर्ना, पाठ्यव्रmम, शिक्षण सिकाइ, परीक्षा र मूल्याङ्कन प्रणालीमा साझा मापदण्ड तय गर्नु पर्छ । बहुविश्वविद्यालय भएको स्थानमा साझा मापदण्डको अभावमा अस्वस्थ प्रतिस्पर्धा देखिएको छ । विद्यार्थी भर्ना र शिक्षक भर्नामा मेरिट प्रणाली अवलम्बन गर्नु पर्छ । यस्तो मेरिट स्वदेशमा अध्ययन गर्नेका लागि मात्र नभएर विदेश अध्ययन गर्न जानेका लागि पनि तोकिनु पर्छ । राज्यबाट सटहीलगायतका सुविधा लिएर विदेश अध्ययन गर्न जानेका लागि अध्ययन गर्न जानका लागि मात्र नभएर शैक्षिक संस्था छनोटका लागि पनि उपयुक्त पद्धति र मापदण्ड तोक्नै पर्छ ।

उच्च शिक्षामा अहिले व्यवस्था भई आएको निरपेक्ष ढङ्गको निःशुल्क वा छात्रवृित्त प्रणालीमा पुनरवलोकन चाहिन्छ । अबका दिनमा उच्चतम मेरिटकालाई छात्रवृत्ति र अध्ययन गर्न चाहना राख्ने बाँकीलाई शैक्षिक ऋणको प्रावधान लागु गर्नु पर्छ । शैक्षिक ऋणको समयावधि र मोडालिटीमा गहन अध्ययन गरेर उपयुक्त ढाँचा अवलम्बन गर्न सकिन्छ । छात्रवृत्ति र शैक्षिक ऋणमा अध्ययन गर्नेहरूका लागि निश्चित समयमका लागि सरकारले खटाएको स्थानमा काम गर्ने गरी अनुबन्ध गर्ने पद्धति अवलम्बन गर्नु पर्छ । यसले अनुबन्ध गर्न नचाहनेहरूले छात्रवृत्ति वा शैक्षिक ऋणबाट अलग रहन सक्छन्, यी प्रावधानलाई लक्षित वर्गसम्म लैजान पनि थप सहयोग पुग्न सक्छ ।

उच्च शिक्षामा हाल कायम रहेको निरपेक्ष अनुदान मोडललाई अन्त्य गरेर विद्यार्थी र शैक्षिक संस्थालाई थप जवाफदेही बनाउने मोडल अवलम्बन गर्नु पर्छ । कार्यसम्पादनमा आधारित ढाँचा उपयुक्त हुन सक्छ ।

मुलुकभित्र राम्रा अवसर सिर्जना गरे पनि अहिलेको वैश्विक युगमा विद्यार्थीहरू बाहिर जान सक्छन्, बाहिर जाने चाहना राख्न सक्छन्, यसलाई पूर्ण रूपमा रोक्न पनि नसकिएला । मुलुकभित्र र बाहिरका विश्वविद्यालयका बिचमा सहकार्य गर्ने ढाँचाले राम्रा शैक्षिक संस्थाको खोजीमा बिदेसिन चाहने विद्यार्थीलाई यहाँ रहन थप आकर्षित गर्न सकिन्छ । संयुक्त डिग्री वा शैक्षिक योग्यता यसको विकल्प पनि हुन सक्छ । विश्वविद्यालयबिच गरिने सहकार्यले लागतमा पनि किफायत हुन सक्छ ।

यसै गरी हामीले बुझ्नुपर्ने अर्को महìवपूर्ण विषय भनेको निश्चित स्थानका शैक्षिक संस्थामा निश्चित कार्यव्रmम सञ्चालन गर्ने नीति अवलम्बन गर्नु पर्छ । स्वायत्तताका नाममा जसले जुन शैक्षिक कार्यव्रmम सञ्चालन गर्न चाह्यो सो पाउने अहिलेको प्रावधानले सबै शैक्षिक संस्था डुब्ने चरणमा छन् ।

मुलुकका उच्च शिक्षाका शैक्षिक संस्थामा शैक्षिक स्तर घट्नुको एउटा प्रमुख कारण यो पनि हो । अस्वस्थ प्रतिस्पर्धाले पूर्वाधार, जनशक्ति, पुस्तकालय, प्रयोगशाला र सामग्री बिना शैक्षिक कार्यव्रmम सञ्चालन गर्ने परिपाटी भिœयाइयो । यसलाई तत्काल अन्त्य गर्नु पर्छ ।

प्रदेशहरूलाई पनि उच्च शिक्षाका कार्यव्रmम सञ्चालन गर्ने संवैधानिक अधिकार भएको सन्दर्भमा अब सङ्घ एवं प्रदेश र मुलुकभित्रका शैक्षिक संस्थाको बिचमा सन्तुलित विकास, सहअस्तित्व एवं सहकार्यको सिद्धान्त अवलम्बन गरेर अगाडि बढ्ने समन्वयकारी मोडल विकास गरी कार्यान्वयनमा ल्याउनु आवश्यक छ । नेपाल जस्तो मुलुकका लागि उच्च शिक्षाको उच्चस्तरको शैक्षिक एवं प्राज्ञिक स्वायत्त निकाय बनाई त्यसबाट निर्देशित स्वायत्तता आवश्यक देखियो । निरपेक्ष स्वायत्तता होइन कि सापेक्षित स्वायत्तता चाहिने रहेछ ।

अन्त्यमा, धेरैभन्दा धेरै विद्यार्थीहरू स्वदेशकै विश्वविद्यालय अध्ययन गरून् भन्नका लागि सर्वप्रथम मुलुकभित्रका शिक्षक, कर्मचारी, नीति निर्माताहरू थप जिम्मेवार बन्नु पर्छ । यसबाट मात्र उच्च शिक्षा प्रणाली स्तरीय बन्न सक्छ । उच्च शिक्षालाई जवाफदेही बनाउने भनेको यही नै हो । शिक्षालाई जीवनजगत् र बजारसँग जोड्न सक्नु पर्छ । शिक्षालाई बढीभन्दा बढी व्यावहारिक बनाउन यसलाई अनुसन्धानमा आधारित बनाउन सक्नु पर्छ ।

(gorkhapatra)

Continue Reading

Banner

हिमालय आधारभूत विद्यालयका अति विपन्न परिवारका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक वितरण

Published

on

विराटचोकः सुन्दरहरैंचाको हिमालय आधारभूत विद्यालयका विपन्न परिवारका विद्यार्थीहरुलाई दाताहरुले विद्यालय पोशाक, झोला र शैक्षिक सामग्री वितरण गरेका छन् ।

शुक्रबार सहयोगी हातहरुद्वारा आयोजित कार्यक्रममा ४० जना असहाय तथा विपन्न परिवारका बालबालिकालाई स्वीटर, झोला तथा कपी, कलम, पेन्सिल आदि प्रदान गरिएको हो ।

सुन्दरहरैंचाका दाताहरु भीमादेवी घिमिरे, माधव घिमिरे, खेम गौतम, जमुना तिम्सिना र ज्ञाननाथ ढकालले विद्यार्थीलाई सहयोग गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक होमप्रसाद खनालका अनुसार विद्यालयमा ४० जना विपन्न परिवारका विद्यार्थी छन् । कतिपय विद्यार्थी आमाबुबाविहीन हुँदा अर्काको घरमा बसेका छन् ।

विपन्न बालबालिकालाई सहयोग गर्न सक्रिय रूपमा अघि सर्ने भीम अधिकारीले दाताहरूसँग समन्वय गरी बालबालिकालाई आवश्यक सामान प्रदान गर्ने गरेका छन् ।

 

Continue Reading

Banner

मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा सुकुना बहुमुखी क्याम्पसमा हाजिरीजवाफ

Published

on

विराटचोकः पठन संस्कृतिको विकास गर्ने उद्देश्यले ४ वर्ष अघि लकडाउनको समयमा स्थापित मार्क्सवादी ज्ञान केन्द्रले बिहीबार सुकुना बहुमुखी क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ ।

अखिल क्रान्तिकारी सुकुना बहुमुखी क्याम्पस इकाइको समन्वयमा भएको कार्यक्रममा सो क्याम्पसका विभिन्न तह र विषयमा अध्ययनरत ८ टोली सहभागी थिए । जम्मा १७ टोलीमध्ये दोस्रो चरणमा पुगेका ८ टोलीबीच बिहीबार अन्तिम प्रतिष्पर्धा गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा पाथीभरा एजुकेसन हब प्रालि विराटचोक सहयोगी संस्थाको रुपमा रहेको थियो ।

केन्द्रकी उपाध्यक्ष मनिता न्यौपानेको प्रमुख आतिथ्यता तथा केन्द्रका कोशी प्रदेश अध्यक्ष दुष्यान्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन सत्रको सञ्चालन केन्द्रका कोशी प्रदेश सचिव छत्र गुरुङले गरेका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक