अर्थ
नारी दिवस ब्यानर र औपचारिकतामा मात्र सीमित हुनु दुःखद हो (नारी दिवस विशेष– ६)
फागुन २५ गते अर्थात् ८ मार्चको दिन ११० औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । यस पटकको नारा ‘म समानताको उत्पादक हुँ, महिलाको अधिकार अनुभूति गर्दैछु’ भन्ने रहेको छ । नारी दिवसको अवसर पारी निष्पक्ष खबरले फागुन २५ गतेसम्म हरेक दिन विभिन्न क्षेत्रमा सङ्घर्षशील सुन्दरहरैंचाका केही नारीको अनुभव र सङ्घर्षको कथा पाठकसामु पस्कन लागेको छ ।
त्यसै क्रममा सुन्दहरैंचा नगरपालिका वडा नम्बर ७ की सफल किसान भगवती पराजुलीको सङ्घर्ष र सफलताको अंश यहाँ प्रस्तुत गरिएको छ ।
विवाह गरेको २ वर्षमै श्रीमान् गुमाएकी पराजुली एक सफल किसान बनिन् । उनको परिचय किसानमा मात्रै सीमित नभएर सफल नेतृ र सफल सहकारी अभियन्तामा समेत जोडिएको छ ।
पराजुली २०३९ सालमा भोजपुरमा जन्मिइन् । २ वर्षको उमेरमा बुबाआमाको काखमा बसेर मोरङको पथरीशनिश्चरे नगरपालिकामा उनी आइन् । पथरीबाटै एसएलसी दिएकी उनको घर परिवारमा हजुरबुबा सेना र बुबा बन कार्यालयको रेञ्जर भएकाले घरमा छोराछोरीमा विभेद थिएन । सबैलाई बराबरी शिक्षा दिनुपर्छ भन्ने मान्यता थियो त्यसकै प्रभावले उनले राम्रोसँग पढ्न पाइन् ।
२०५७ सालमा माघ २ गते उनको विवाह सुन्दरहरैंचा–७ का पदम पराजुलीसँग भयो । श्रीमान् पदम नेपाल प्रहरीका जागिरे थिए । श्रीमान् जागिरे भएकाले भगवतीले आयआर्जन, सामाजिक कार्य आदिमा सोच नपुग्दै छोरीको जन्म भयो । तर त्यो खुशीयाली साट्न नपाउँदै अर्को कहालीलाग्दो परिस्थितिको समना उनले गर्नुप¥यो । श्रीमान् पदम सधैँका लागि बिदा भए ।
२०५९ साल पुस २४ गते घटनाको समाचार आउनासाथ उनी मूर्छा परिन् । २० वर्षकै उमेरमा एकल भइन्, साथमा थिइन् ६ महिनाकी छोरी । पदमको सवारी दुर्घटनामा परी मोरङको हरंैचामा दुखद निधन भयो । त्यो दिन सम्झँदा अझै उनका आँखामा आँशु रसाउँछन् ।
तर आँशुलाई हटाएर समाजमा केही गर्नुपर्छ भनी उनको मन परिवर्तन हुन थाल्यो । श्रीमान्को कमाइमा आश्रित उनलाई छोरीको लालनपालनसँगै घरव्यवहार र आयआर्जनको बाटो खोज्नुपर्ने चुनौती देखा प¥यो ।
‘श्रीमान्को मृत्युपछि महिलामा डिप्रेसन हुने, पीडा हुने, आत्तिने, अनि आफ्नो जिन्दगी नै सकियो जस्तो लाग्ने धेरैलाई हुन्छ’, उनले भनिन्, ‘तर आफँैले आफैँलाई सहज बनाएर जानुपर्छ ।’ २०६४ सालमा संविधान सभाको चुनावमा भोट हाल्न निस्किएपछि केही व्यक्तिको उत्प्रेरणालाई लिएर उनी अघि बढ्दै आइन् ।
राजनीतिक र सामाजिक चेतनाको विकास भयो । गाउँ विकास कार्यक्रम शुरु भयो र एउटा समूह निर्माण भयो । समूहमा पैसा जम्मा हुन थाल्यो । २०६९ सालमा मोरङको तत्कालीन सुन्दरपुर गाविसमा हेफर इन्टरनेशनलको कार्यक्रम आयो । त्यो समूहमा २१ जना पिछडिएका महिला भएको समूहको लिडर भएर अघि गइन् । खोलामा काम गर्ने महिलालाई लिएर उनी तालीममा गएकी थिइन् । ४ दिनको सो तालीमबाट ल्याप्चे लगाउने १५ जना महिलालाई लेख्न सिकाइन् । त्यो ल्याप्चे त्यसपछि फालिदिएको उनले स्मरण गरिन् ।
२०७० सालमा समूह बनाएर ६ ओटा बाख्राबाट बाख्रापालन शुरु गरिन् । त्यसको दर्ता २०७१ सालमा हुँदा २५ ओटा बाख्रा थिए । अहिले ४० ओटा बाख्रा छन् । शुरुका दिनमा १ लाख रुपैयाँसम्म वार्षिक आम्दानी गरेको उनले बताइन् ।
सफल कार्य गरेबापत उनले जीटीए अवार्ड पाइन् । त्यसपछि २ बिघा जग्गा भाडामा लिएर केरा खेती गरिन् । वार्षिक ८ लाख रुपैयाँ उनी केरा खेतीबाट कमाउँछिन् ।
पछि सबै समूहलाई हेफरले सहकारीको अवधारणामा लग्यो । सुरक्षा समाजिक उद्यमी सहकारी बनाएर महिलालाई आर्थिक आयआर्जनमा माथि लैजान उनी सफल भइन् ।
उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचाको वडा नम्बर ७ मा सदस्य पदमा उम्मेद्वारी दिए पनि पराजित भइन् । उद्यमीले व्यापारभन्दा कृषि क्षेत्रलाई नै अगाडि बढाउनुपर्ने उनको धारणा छ । २ हजार ७ सय महिला सदस्य भएको सुरक्षा महिला उद्यमी सहकारी संस्थाको उनी सचिवको रुपमा पनि कार्यरत छिन् ।

अहिले बोयर, जमुनापारी र लोकल बाख्रा पालन गरी वार्षिक २ लाख आम्दानी गर्ने उनी पछिल्लो समय कृषिबीमाले किसानलाई धेरै राहत दिएको बताउँछिन् । सरकारी अनुदान पाउन किसानले झण्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने उनको अनुभव छ ।
किसान दिदीबहिनीलाई उनी आत्मनिर्भर हुने सल्लाह दिन्छिन् । आफू को हो भनेर चिन्नुपर्ने बताउँदै आफू जङ्गल छेउमा बस्ने हुनाले बाख्रा पालेको बताउँदै चोकमा बस्ने महिलाले बाख्रा पाल्नुभन्दा पनि त्यहाँ के गर्दा उपयुक्त हुन्छ त्यस्तै काम वा व्यवसाय गर्नुपर्ने बताइन् ।
पहिले आफूले टेक्ने धरातल बुझ्नुपर्ने उनको सुझाव छ । सामाजिक क्षेत्रमा लाग्न पैसा पनि आवश्यक हुने हुनाले आत्मनिर्भर हुन अपरिहार्य रहेको उनको बुझाइ छ । सधैँ कामलाई विभाजन गरेर समय निर्धारण गरेर अघि बढ्नुपर्छ भन्ने उनले बुझेकी छिन् ।
नारी दिवस ब्यानर र औपचारिकतामा मात्र सीमित हुनु दुःखद भएको उनको भनाइ छ ।
सम्बन्धित थप समाचार
अध्यात्ममार्फत् नेतृत्व र क्षमताको विकास गराउँदै (नारी दिवसः विशेष १)
केही गर्छु भनेर आफैँ अगाडि नआएसम्म परिवर्तन असम्भव छ (नारी दिवस विशेष– २)
यसरी मिल्यो शिक्षाप्रति ऊर्जा (नारी दिवस विशेष-३)
६८ वर्षको उमेरमा पनि स्वास्थ्य चेतना फैलाइरहेकी ‘शोभा दिदी’ (नारी दिवस विशेष–४)
बुबाको हौसला र साथीको प्रेरणाले अघि बढेकी नृत्यकार नीलम (नारी दिवस विशेष–५ )
Facebook Comment
Banner
नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह
शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
बढ्यो ग्यासको मूल्य
सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना पकाउने ग्यासको मूल्य बढाइएको छ। धादिङको कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमको सहमतिमा उद्योगीले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका हुन् ।
निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।
१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login