Connect with us
Advertisement

विदेशमा रहेका नेपालीको लकडाउन अनुभव (शृङ्खला ६)

Published

on

विराटचोकः कोरोना भाइरसको सङ्क्रमण विश्वका २ सयभन्दा बढी देशमा फैलिएको छ । सो भाइरसको सङ्क्रमणका कारण ९५ हजार जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । साढे २ लाखभन्दा बढी मानिस निको भएर फर्किएका छन् । भाइरस फैलिएसँगै विश्वभरका मानिसमा एक किसिमको त्रास उत्पन्न भएको छ । भाइरसको सङ्क्रमण रोकथाम गर्न यतिखेर विश्वका धेरै देशमा लकडाउन, निषेधाज्ञा र कर्फ्यु लगाइएको छ । यसै क्रममा विभिन्न सिलसिलामा विदेशमा रहेका नेपालीसँग सामाजिक सञ्जालमा गरिएको कुराकानीमा आधारित रहेर यो सामग्री तयार पारिएको छ ।  

नेपालीबीच सामाजिक सञ्जालमार्फत् समन्वय भइरहेको छ
सञ्जय गौडेल, अस्ट्रेलिया

पोखरा स्थायी घर भएका सञ्जय गौडेल अस्ट्रेलिया बस्न थालेको १ वर्ष भयो । त्यसभन्दा अघि उनी साढे साढे ५ वर्ष जापानको टोकियोमा बसेका थिए ।

उनका अनुसार अस्ट्रेलियामा सरकारले आंशिक लकडाउन लगाएको छ । पब हाउस, बार, रेष्टुरेन्ट, धेरै मानिस भेला हुने ठाउँ बन्द गरिएको छ । २ जना भन्दा बढी मानिस भेला भएर हिँड्न पाइँदैन । त्यसरी हिँडेको पाइएमा १ हजार ६ सय डलर जरिवाना तिर्नुपर्छ ।

हामी सिड्नीमा छौँ । अत्यावश्यक सेवा प्रदान गर्ने पेशाअन्तर्गतको स्वास्थ्य क्षेत्रमा काम गर्ने भएका हुनाले उनी काममा गइरहेका छन् । पछिल्लो समय मानिसले सेनेटाइजरको प्रयोगलाई बढाएका छन् । सामाजिक दूरी कायम गरेका छन् । त्यति धेरै मास्कको प्रयोग गरिएको छैन ।

अस्ट्रेलियामा रहेका नेपालीबीच राम्रो समन्वय भइरहेको छ । जिम्मु, टिम्मुर, मह अदुवालगायतका वस्तुको सेवन गर्नुहोस् भनेर एक नेपालीले अर्काे नेपालीलाई सामाजिक सञ्जालमार्फत् जानकारी र अन्य सूचना दिइरहेका छन् । सार्वजनिक बसमा पनि भीड हुँदैन ।

सबै जना सेल्फ क्वारेन्टाइनमा बसेका छन्
अनिता पराजुली, पोर्चुगल

मोरङको सुन्दरहरैंचाकी अनिता पराजुली पोर्चुगल बस्न थालेको ६ वर्ष भयो । राजधानी लिस्बनपछिको ठूलो शहर पोर्त सिटीमा उनी बस्छिन् ।

उनका अनुसार पोर्चुगलमा सबै जना सेल्फ क्वारेन्टाइनमा बसेका छन् । सरकारले १७ तारिकसम्म लकडाउनको समय बढाएको छ । लकडाउन भए पनि खाने कुरा र अन्य अत्यावश्यक सामान लिन पाइन्छ । पोर्चुगलमा १३ हजार ९ सय जनाभन्दा बढी संक्रमित हुँदा २ सय ५ जना निको भएर फर्किएका छन् भने ४ सय ९ जनाको मृत्यु भएको छ ।

पहिलेको भन्दा अहिले चहलपहल केही बढ्न थालेको छ । मेट्रो चलिरहेको छ, साझा गाडी चलिरहेको छ, तर भीड छैन । खाने कुरा चाहियो भने ‘टेक वे’ (होम सर्भिस) मार्फत् मगाउनुपर्छ । यसरी खानेकुरा मगाउँदा पहिले सेवा शुल्क लाग्थ्यो लकडाउनपछि भने सेवा शुल्क छुट गरिएको छ ।

रेष्टुरेन्ट, सपिङ सेन्टर, ग्रोसरी सपमा काम गर्नेहरु अहिले पनि कार्यालयमा गइरहेका छन् । यसरी अत्यावश्यक काम गर्न जाने लगभग ५ प्रतिशत मात्रै छन् । खान र बस्नको समस्या भएको भनेर हालसम्म कुनै पनि नेपालीले भनेका छैनन् ।

कममा नगए पनि १२ वर्षभन्दा मुनिको बच्चा छ भने तलब (बेसिक सेलरी) को ६० प्रतिशत तलब सरकारले दिने भनेको छ । त्यसमा केही पर्सेन्ट सम्बन्धित कम्पनीले बेहोर्ने भएका छन् । घरबाहिर जानेहरु एकदमै सुरक्षित साथ जाने गर्छन् ।

लकडाउन उल्लङ्घन गर्ने मानिस पाइँदैनन्
सुरेश शर्मा, भारत

सुरेश शर्मा नेपाली मूलका भारतीय नागरिक हुन् । उनी सिक्किममा बस्छन् । उनका अनुसार सिक्किममा बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म खाद्यान्न र औषधी पसल खुल्छन् । सो समयभन्दा बाहेक कुनै पनि पसल खुल्दैनन् । कसैलाई औषधी अत्यावश्यक परेमा अस्पताल गएर त्यहाँबाट सिफारिश लिएर किन्न पाइन्छ ।

सरकारले विपन्न वर्गलाई राहत दिइरहेको छ । २ जनाको परिवार भएकोलाई १० केजी चामलको साथमा दाल र अन्य खाद्यवस्तु दिएको छ । २ जनाभन्दा बढी बढीको परिवार भए २० केजी चामल दिएको उनले जानकारी दिए ।

स्वयम्सेवी युवाले पनि राहत बाँडिरहेको उनले जानकारी दिए । लकडाउन उल्लङ्घन गर्ने मानिस नभेटिने पनि उनले बताए । कसैले लकडाउन उल्लङ्घन गरेमा उसको नाम, ठेगाना र फोन नम्बर प्रहरीलाई जानकारी गराइने हुनाले उल्लङ्घन गर्ने मानिस पाइँदैनन् ।

कोरोनाको बारेमा यसो भन्छन् विदेशमा रहेका नेपाली (शृङ्खला १)

लकडाउनको समयमा विदेशमा रहेका नेपालीको अवस्था (शृङ्खला २)

विदेशमा रहेका नेपालीको कोरोना कहर (शृङ्खला ३)

विदेशमा रहेका नेपालीको कोरोना कहर (शृङ्खला ४)

लेखक, साहित्यकारको लकडाउन अनुभव (शृङ्खला ५)

Continue Reading

Facebook Comment

2 Comments

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इजरायल र दक्षिण कोरिया रोजगारी प्रक्रियामा रहेका उम्मेदवारलाई धैर्य गर्न सरकारको आग्रह

Published

on

युवा, श्रम तथा रोजगार मन्त्रालयले इजरायल र दक्षिण कोरियामा रोजगारीका लागि प्रक्रियामा रहेका नेपाली श्रमिकलाई नयाँ विज्ञापन तथा निर्धारित प्रणालीअनुसार अगाडि बढ्न आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै इजरायलतर्फ ‘लोटरी आउट’ भएका तथा दक्षिण कोरिया को रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत प्रतीक्षारत उम्मेदवारलाई संयमता अपनाउन अनुरोध गरेको हो ।

मन्त्रालयका अनुसार नेपाल र इजरायलबीच सन् २०२० मा सम्पन्न श्रम सम्झौता अनुसार केयर गिभर क्षेत्रका लागि २ हजार ११२ जना नेपाली श्रमिक छनोट भएका थिए । तीमध्ये अधिकांश श्रमिक इजरायल पुगिसकेको र बाँकीको प्रक्रिया जारी रहेको उल्लेख गरिएको छ ।

इजरायल जान प्रतीक्षारत युवाहरूले हालै माइतीघर मण्डला मा प्रदर्शन गरेपछि मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

विज्ञप्तिअनुसार इजरायली निकाय ‘पिबा’ को लटरी प्रक्रियामा छनोट हुन नसकेका १ हजार १५३ जना उम्मेदवारको विषयमा नेपाल सरकारले कूटनीतिक पहल गरेको जनाएको छ । तर इजरायल पक्षले हालको प्रक्रियाभित्र उनीहरूलाई समावेश गर्न नसकिने र आगामी दिनमा खुल्ने नयाँ आवेदन प्रक्रियामा पुनः सहभागी हुन सक्ने जानकारी दिएको मन्त्रालयले उल्लेख गरेको छ ।

यसैबीच, ईपीएसमार्फत दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका उम्मेदवारको हकमा पनि दुई देशबीचको श्रम समझदारी र स्थापित प्रणालीअनुसार नै प्रक्रिया सञ्चालन हुने मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता पीताम्बर घिमिरे द्वारा जारी विज्ञप्तिमा कोरियासम्बन्धी प्रक्रिया निर्धारित मापदण्डअनुसार नै अघि बढ्ने भएकाले अनावश्यक दबाब वा अतिरिक्त माग आवश्यक नरहेको उल्लेख गरिएको छ । मन्त्रालयले सम्पूर्ण उम्मेदवार तथा सरोकारवालालाई सहयोग र समझदारीका लागि आग्रहसमेत गरेको छ ।

Continue Reading

Banner

ओली फर्किए, भण्डारी झापा–मोरङ दौडाहामै

Published

on

विराटनगर — सत्तारूढ दल नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मोरङको कटहरीमा निर्माण भएको एक अस्पताल उद्घाटन गरेर शनिबार हेलिकोप्टरमार्फत काठमाडौं फर्किए । तर, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी भने अझै झापा–मोरङका विभिन्न कार्यक्रममा सक्रिय रहिरहेकी छन् ।

बिहीबार विराटनगर ओर्लिएकी भण्डारी झापा र मोरङका कार्यक्रममा व्यस्त छिन् । उनको तालिका सोमबारसम्म व्यस्त छ । विराटनगर ओर्लिएपछि उनी मोरङका विभिन्न पार्टी कार्यकर्तासँग भेटघाट र विविध कार्यक्रममा सहभागी भइरहेकी छन् । शुक्रबार उनले विराटनगरमा पालिकाका उपप्रमुख–उपाध्यक्षहरूको राष्ट्रिय भेलाको उद्घाटन गरेकी थिइन् ।

शनिबार उनले झापाको बिर्तामोडस्थित देवी माविमा एमाले विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी थिइन् । आइतबार नारी सञ्चार गृहद्वारा आयोजित कार्यक्रममासमेत उनी सहभागी भइन् ।

भण्डारी औपचारिक कार्यक्रम मात्र होइन, अनौपचारिक भेटघाट र स–साना भेला तथा छलफलमा पनि सक्रिय देखिएकी छन् । विशेषगरी झापाका एमाले नेता तथा कार्यकर्तासँग उनले आन्तरिक बैठकसमेत गरेकी छन् । ‘झापाका ओली निकट नेता–कार्यकर्ताहरूसँग पूर्वराष्ट्रपतिज्यूले विशेष रूपमा भेटघाट गर्नुभएको थियो,’ एक नेताले बताए ।

झापामा ओली निकट मानिने प्रदेश सांसद चिन्तन पाठक, पूर्व प्रदेश सांसद वसन्त बानियाँ, झापा एमालेका उपाध्यक्ष शिव ढुंगेलजस्ता नेताहरूसँग उनले भेटघाट गरेकी थिइन् । कोशीका पूर्व मुख्यमन्त्री शेरधन राई बिहीबारदेखि नै उनीसँगै छन् । विमानस्थलमा स्वागत गर्न देखि झापा–मोरङमा आयोजित विभिन्न सभा, सम्मेलन र छलफलमा राई सहभागी छन् ।

आइतबार विराटनगर फर्किने क्रममा भण्डारीले झापाको शिवगञ्जस्थित झापा इनर्जीको उत्पादन केन्द्र अवलोकन गर्ने कार्यक्रम तय भएको छ । त्यसपछि विराटनगर फर्केर सोमबार मोरङको इटहरास्थित पुर्ख्यौली घर अवलोकन गर्ने र त्यसपछि काठमाडौं फर्किने तयारी रहेको एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।

ओलीनिकट एमालेका एक नेताले भने, ‘पार्टीका सबै तहमा संगठन बलियो बनाउन अध्यक्ष ओली व्यापक दौडाहाको तयारीमा हुनुहुन्छ । पूर्व राष्ट्रपतिज्यूको सक्रियतालाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ ।’

एमालेभित्र केही नेताहरू भण्डारीलाई सम्भावित भावी अध्यक्षको रूपमा पनि हेरिरहेका छन् । उनको दौडाहाले राजनीतिमा पुनः सक्रिय बन्ने भण्डारीको मनसाय सतहमै देखिन थालेको छ ।

प्रकाशित : जेष्ठ २५, २०८२ १०:२१

Continue Reading

Banner

सरसफाई तथा स्वच्छ वातावरण “ गुणस्तरिय खानेपानीका लागि नै हाम्रो उम्मेरदारी, लोकतान्त्रिक समुह

Published

on

 

पारदर्शी तथा सबल नेतृत्व सहितको गुणस्तरिय खानेपानी, सरसफाई तथा स्वच्छ वातावरण सहितको हाम्रो जिन्दगानी “मुल नाराका साथ सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितीमा लोकतान्त्रीक पक्षवाट युवा श्यामप्रसादढकालले अध्यक्ष पदमा उम्मेरदारी दिनुभएको छ , कुशल नेतृत्वकर्ता ,आर्थीक रुपमा पारदर्शी,सदाचार र सालिन ढकालको समुहलाइ मतदान गर्दै अत्याधिक बहुमतका साथ बिजयी गराइदिनुहुन सम्पुर्ण खानेपानीका उपभोक्ताहरुमा उहाले अनुरोध गर्नुभएको छ ।

ढकालले लामो समयदेखी सामाजीक मुल्य र मान्यताहरुलाई आत्मसाथ गर्दै यस सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा सचिवका रुपमा काम गर्दै आफ्नो २ कार्यकाल सम्पन्न गरीसक्नुभएको छ। आफ्नो २ बर्षे कार्यकालमा एउटै वडामा २ वटा खानेपानीका टयांकी मार्फत आम सर्वसाधारणलाई खानेपानी खुवाउन सफल ढकाल अध्यक्ष पदका सबैभन्दा अब्बल र बलिया उम्मेद्वार समेत हुन।

सस्थांलाइ आर्थीक रुपमा सवल बनाउन र यसलाई दिगो रुपमा संस्थागत गर्न ढकालले सलकपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितीमा लोकतान्त्रीक समुहको तर्फबाट अध्यक्षको पदमा उम्मेदवारी दिएको बताउनु भयो । अनुभव, समर्पण र समाजसेवामा गरेको निरन्तर योगदानको मूल्यांकन गर्दै मत प्रदान गरी विजयी गराउनु हुन उहाले सम्पूर्ण आम उपभोक्ता समक्ष आग्रह गर्नुभएको छ।

 

उहाले आफ्ना कार्ययोजनाहरुमा पुराना पाईपलाईनहरुलाइ प्रतिस्थापन गरि नया पाइप लाईनहरुलाइ विस्तार गर्ने र सो का लागि सहयोग र अनुदान ब्यबस्थापन गर्ने ,यस क्षेत्रमा बसोबास गर्ने सबैमा एक घर एक धारा अनिबार्य पुर्याउने ,कमजोर आर्थिक अवस्था भएका उपभोक्ताहरुलाई नगर र वार्डमा समन्वय गरि सुलभ र सहज ढंगले खानेपानीको व्यवस्था गर्ने ,पुरानो ट्यांकी मर्मत तथा रंगरोकन गर्ने ,कम्पाउण्ड वाल लगाउने ,प्रबिधिमैत्री सस्था बनाउने ,डिजिटल ,प्रविधिको प्रयोग गरि भुक्तानी र गुनासो सुनुवईलाई छिटो छरितो बनाउने ,वास चेम्बर र फायर पोइन्ट राखी वास आउट को व्यवस्था गर्ने ,प्रत्येक आ व को पौष मसान्त सम्ममा साधारण सभा गर्ने ,कर्मचारी नीतिलाई समय सापेक्ष परिमार्जन गर्दै कार्यक्षमता बढाउदै जिम्मेवार बनाउने पानीको सुद्दता लाइ बिशेस ध्यान दिदै नियमित निरीक्षण गर्ने ,सफ्टवेयर को बिकास गरि सहज बिल भुक्तानीका लागि इ-सेवा मोबाइल बैंकिंग खल्ती बाट भुक्तानी को व्यवस्था गर्ने ,अनबिकरनिय पानीको श्रोतलाई जगेर्ना गर्न पर्यवरणीय असर र नया पानीका श्रोतहरुको खोजि गर्न विज्ञ समुहबाट परामर्श लिने लाग्य रहेका छन् , ढकालको समुहबाट उपाध्यक्षमा दिपक गुरुङ ,सचिवमा उद्दब प्रसाद अधिकारी ,कोषाध्यक्ष मा सावित्र पोख्रेल ,सहसचिवमा दिनानाथ अधिकारी ,सदस्यहरुमा बबिता कार्की अधिकारी ,लक्ष्मी भण्डारी, मकबुल मिया ,राजु बरुवाल,ज्ञान बहादुर खड्का, सिलस उराउ, त्यस्तै लेखा समिति संयोजक सरोज भट्टराई , सदस्यहरुमा कपिल पोख्रेल ,मन्दिरा थापा रहनु भएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक