कला / साहित्य
हिपप डान्सर हुँदै मिस लिम्बू हुने सपना बोकेकी नुमा (बाल दिवस विशेष १२)
सबैको एउटा लक्ष्य हुन्छ । त्यो लक्ष्यसम्म पुग्न धेरै मिहिनेत गरी पसिना बगाउँदै गरेकी नुमा लिम्बू सुन्दरहरैंचा–१० मा बस्छिन् । ५ वर्षको उमेरमा गाउँका दिदीदाजु नाच्नका लागि गएको देखेर उनको मनमा पनि जाउँजाउँ लागेर आयो । अनि उनको रहर पूरा गर्न ५\७ दिनको लागि विराटकला समूहमा पठाएको नुमाकी आमा प्रीति लिम्बू बताउँछिन् ।
विराटकलामा गएर नृत्य सिक्न थालेको केही दिनमै तिहार आयो । उनका लागि त्यो अवसर थियो । सानै उमेरमा नाच्न खप्पिस उनलाई सिकाउन शिक्षकले धेरै मिहिनेत गर्नुपर्दैनथ्यो । १÷२ पटक नाच हेरेपछि सिकिहाल्ने उनी पढाइमा पनि अब्बल थिइन् ।

तिहार सकिएपछि छोरीलाई नाच्न नपठाउने भन्ने परिवारमा थियो । तर नाच्न असाध्यै रहर गरेकाले फेरि उनलाई नाच्न जान दिनका लागि परिवार सहमत भयो । नच्दै जाँदा पढाइमा पनि अघि बढ्दै गइन् । अरु भन्दा राम्रो नाच्न जान्नेको रुपमा आफ्नो नाम राख्दै जाँदा उनलाई थप अवसरहरु आए ।
त्यतिखेर उनी बालप्रतिभा स्कुल खोर्सानेमा पढ्थिन् । विद्यालयका हरेक प्रतियोगितामा भाग लिन्थिन् । त्यहाँ उनको एउटा जीत निश्चित बन्न थाल्यो । त्यसपछि विभिन्न क्षेत्रमा हुने प्रतियोगितामा भाग लिनका लागि नृत्य प्रशिक्षक राजु बस्नेत, सन्तोष मगर र शिव तामाङले डोर्याउन थाले । उनी भन्छिन्, ‘मैले धेरै समय विराटकलामा सिकेँ । त्यसपछिे एरिना डान्स सेन्टरमा जाँदैछु । त्यहाँ शिव सरले सिकाउँदै हुनुहुन्छ ।’
परिवारकी जेठी छोरी नुमा परिवार, समाज र राष्ट्रमा आफ्नो नाम स्थापित गर्न बिहान ५ बजेदेखि राती ७ बजेसम्म नृत्यमै समय बिताउँदै आएकी छिन् ।

विभिन्न प्रतियोगितामा भाग लिएर उनले पुरस्कार पनि जितेकी छिन् । पूर्वाञ्चल डान्स सुपर स्टार धनकुटामा टप १५ मा पुगे पनि दर्शकको भोट नपुगेका कारण बाहिरिइन् । त्यस्तै पोखरामा भएको ए वान डान्स सुपरस्टारमा सेमीफाइनलमा पुगे पनि सो प्रतियोगिताका निर्णायकको सवारी दुर्घटनामा परी निधन भएपछि प्रतियोगिता नै रद्द भयो । विराटकला समूहको आयोजनामा भएको लिटल च्याम्प डान्स विराटचोकमा तेस्रो भइन् । बालप्रतिभा स्कुल आइडल डान्समा प्रथम, हिमशिखर आइडलमा तेस्रो भएर पुरस्कार हात पारिन् । नुमा अहिले दमकमा हुन लागेको एउटा प्रतियोगिताको तयारीमा लागेकी छिन् । उनी त्यहाँ केही स्टेपहरुमा प्रतिभा नदेखाई छानिइसकेकी छिन् ।
नुमाको सपना भनेको राम्रो पप डान्सर हुने र लिम्बू आइडल बन्ने रहेको छ । उनी भन्छिन् मेरो सपना भनेको डान्स हो र त्यसपछि लिम्बू आइडल बन्ने रहर छ । ९ कक्षामा अध्ययनरत उनी एसईई नदिएसम्म पढाइलाई पनि ध्यान दिने बताउँछिन् ।
अहिले उनी गाउँका सानासाना भाइबहिनीलाई नृत्य समेत सिकाउँछिन् । लकडाउनका कारण विद्यालय बन्द भएपछि त्यो मौका जुरेको उनको भनाइ छ । नुमालाई परिवारले १ वर्षसम्म नृत्यका लागि कतै जान दिएन । परिवारका कारण उनी एक वर्ष कतै गइन् । तर घरमा धेरै मिहिनेत गरेकाले उनको प्रतिभालाई रोक्न नहुने भन्दै पुनः पठाउन थालेको उनकी आमा बताउँछिन् । नृत्यमा उनको कला देखेर धेरै लोभिने गरेका छन् ।
सम्बन्धित समाचार
सानो कक्षामा हुँदा विभिन्न प्रतियोगितामा भाग लिने मौकै नपाएकी कृतिका (बाल दिवस विशेष ११)
क्वीज मास्टर क्रस्मा (बाल दिवस विशेष १०)
दौड र बुद्धिचालमा असामान्य प्रतिभा भएकी जेस्मिना (बाल दिवस विशेष ९)
मेकानिकल इञ्जिनियर बन्ने सपना बोकेका बाल चित्रकार अंकित (बाल दिवस विशेष ८)
अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच बनेका सुमन (बाल दिवस विशेष ७)
स्वरुप खतिवडा: शास्त्रीय गीत गाउन मन पराउने सुन्दरहरैंचा आइडल (बाल दिवस विशेष ६)
आफ्नै आवाजमा गजल रेकर्ड गरिसकेका आयुष (बाल दिवस विशेष ५)
उत्कृष्ट चित्रकार बन्ने सपना कोरोनाले खाइदियो (बाल दिवस विशेष ४)
ज्याब्लिङ थ्रोका अब्बल देवान (बाल दिवस विशेष ३)
जादुमयी स्वरका कारण अघि बढ्दै गरेका दियोग (बाल दिवस विशेष २)
मोडलिङ र नृत्यमा आफ्नो भविष्य देखेकी खुस्बु (बाल दिवस विशेष १)
Banner
जापानविरुद्ध सन्दीप जोराको अर्धशतक, नेपाल बलियो स्थितिमा
एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका सन्दीप जोराले अर्धशतक बनाएका छन् । वर्षाका कारण १५ ओभरमा छोट्याएको खेलमा तेस्रोक्रममा ब्याटिङ गरेका सन्दीपले २८ बलमा अर्धतक बनाएका हुन् ।
सन्दीपले २५ बलमा पाँच चौका र तीन छक्काको मद्तमा ५३ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् । जापानले टस जितेर फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको हो । १२ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १०५ रन बनाएको छ ।
जापानविरुद्ध नेपालका लागि ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बल खेलेर चार रन बनाउँदै आउट भए । कुशल मल्ल र गुल्सन झा दुईदुई रनमा आउट हुँदा पाँचौक्रममा आएका लोकेश बलमा आक्रामक ब्याटिङ गरे ।
Banner
बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध
अविरल बर्षापछि आएको पहिरो र लेदोले काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक निकिता कुमारी मिश्राका अनुसार बीपी राजमार्गको नमोबुद्ध–६ को चौकीडाँडा, रोशी–७ को चारसयवेशी, रोशी–८ को गिम्दीवेशी र रोशी ११ माम्तीमा पहिरो खसेकाले बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
उनका अनुसार वर्षा भइरहेकाले पहिरो हटाउन समय लाग्ने छ । त्यसैले यात्रुहरूलाई सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
त्यस्तै काभ्रेपलाञ्चोकको पनौती हुँदै बग्ने रोशी खोलामा पनौती जलमापन केन्द्रको जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरुमा सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बाढी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचना अनुसार पनौतीमा रोशी खोलाले सतर्कता तह पार गरेको हो ।
Banner
नेप्से उकालो लाग्दा उत्पादन समूहमा लगानीकर्ताको आकर्षण
बिहीबार अर्थात साताको अन्तिम कारोबार दिन बजार बढेर बन्द भएको छ। यसदिन बजार ११.७७ अंकले बढेर बन्द भएको हो।
बिहीबार नेप्से परिसूचक ११.७७ अंक बढेर २६२९.८१ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५५ अंक बढेको छ।
यस दिन सूचक बढेतापनि कारोबार रकम भने घटेको छ। आजको बजारमा २७८ कम्पनीको एक करोड ७२ लाख ७० हजार ४४९ कित्ता शेयर पाँच अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर खरिद बिक्री भएको थियो।
बिहीबारको बजारमा नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक बढेर कारोबार भएको छ। यसदिन नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी सोनापुर मिनरल्स, कुमारी सवल योजना र घोराही सिमेन्ट्को शेयर मूल्य ७ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको हो। त्यस्तै, आजको बजारमा मिड सोलु हाईड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक घटेर कारोबार भएको हो। यस कम्पनीको शेयर ११.५८ प्र्रतिशतले घटेरका शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको ३५ कारोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटा उपसमूह कारोबारमा आएका छन् । जसमध्येमा १२ उप परिसूचक बढेको छ भने निर्जीवन बीमा उपमूहको सूचक घटेको हो । बिहीबारको बजारमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेर कारोबार भएको हो। जीवन बीमा, बैकिङ, विकास बैंक, फाइनान्स, जलविद्युत, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक बढेर बन्द भएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















Pingback: स्कलर्स होमकी गहना एलिसा याख्खा - निष्पक्षखबर